काठमाडौं, २०६६ पुस २१ - सरकारले झण्डै चार महिनाभित्र सेना समायोजन सम्पन्न गर्न सेना समायोजन विशेष समितिमा प्रस्ताव राखेको छ । मंगलबार बसेको विशेष समितिको बैठकमा प्रधानमन्त्री माधवकुमार नेपालले सेना समायोजनका लागि तीन महिना बाइस दिनको समयावधि प्रस्ताव गरेको समिति प्रवक्ता तथा मुख्य सचिव माधवप्रसाद घिमिरेले जानकारी दिए । माओवादीले भने उक्त प्रस्तावमाथि विस्तृत अध्ययन गरेर मात्र सहमति वा असहमति जनाउने समिति सदस्य जनार्दन शर्माले बताए । बैठकमा भारतीय स्थल सेनाका प्रमुख दीपक कपुरले माओवादी सेनालाई नेपाली सेनामा समायोजन गर्नु हुदैन भनेर दिएको अभिव्यक्तिप्रति सरकारको कुनै भनाइ नआएको प्रति शर्माले आपत्ति प्रकट गरेका थिए । प्रत्युत्तरमा प्रधानमन्त्री नेपालले कसले के-के भन्छ त्यसको खण्डन गर्न सरकारले नसक्ने बताए । प्रत्येक आइतबार समितिको बैठक बस्ने भनिएपनि लगातार तीन वटा बैठक बस्न सकेको थिएन । यसबीचमा प्रधानमन्त्री माधवकुमार नेपाल कोपेनहेगन र चीन भ्रमणमा व्यस्त रहेका कारण बैठक बस्न नसकेको हो ।
Showing posts with label Madhav Nepal Govt.- Maoist. Show all posts
Showing posts with label Madhav Nepal Govt.- Maoist. Show all posts
Tuesday, January 5, 2010
'सक्रिय उपराष्ट्रपति' का पक्षमा मधेसवादी-माओवादी सहमति
उपराष्ट्रपतिलाई सक्रिय गराउन सहयोग गर्छौः प्रकाश
भुवन शर्मा/नयाँ पत्रिका
काठमाडौं, २० पुस
शपथप्रकरणलाई लिएर उपराष्ट्रपति परमानन्द झाको चर्को विरोध गर्दै आएको एकीकृत माओवादी उपराष्ट्रपतिलाई सक्रिय बनाउन मधेसवादी दललाई सघाउन तयार भएको छ । एकीकृत माओवादी र मधेसवादी दलका नेताबीच सोमबार भएको छलफलमा उपराष्ट्रपति पदलाई सक्रिय बनाउन दुई पक्षबीच सहकार्यको सहमति भएको हो । हिन्दी भाषामा शपथ लिएर विवादमा तानिएका उपराष्ट्रपति झा सर्वाेच्च अदालतको आदेशले निष्त्रिmय छन्, पदीय हैसियतले उनले प्राप्त गरेका सैनिक सुरक्षा, सवारीमा राष्ट्रिय झन्डालगायत सुविधासमेत खोसिएका छन् । मधेसवादी दलका नेतासँगको छलफलमा एकीकृत माओवादी उपराष्ट्रपतिलाई सक्रिय बनाउन व्यवस्थापिका संसद्मा राजनीतिक प्रतिबद्धतासहित संकल्प-प्रस्ताव ल्याउन मौखिक रूपमा सहमत भएको हो । 'साँच्चकै उपराष्ट्रपतिलाई सक्रिय बनाउने हो भने राजनीतिक निर्णयसहित संकल्प-प्रस्ताव ल्याऔँ भन्ने हाम्रो भनाइ हो,' बैठकपछि एकीकृत माओवादी नेता नारायणकाजी श्रेष्ठ प्रकाशले भने । उपराष्ट्रपतिलाई सक्रिय गराउने सवालमा एकीकृत माओवादीले व्यवस्थापिका संसद्मा प्रस्तुत विधेयक पास गराउन सहयोग गर्ने उनले जानकारी दिए । यसअघि माओवादीले व्यवस्थापिका संसद्मा प्रस्तुत विधेयकको विरोध गर्दै आएको थियो ।
Monday, December 21, 2009
आन्दोलन नजिते संविधानसभा भंग हुन्छ: भट्टराई
काठमाडौँ (नागरिक)-
एकीकृत नेकपा माओवादीका उपाध्यक्ष बाबुराम भट्टराईले अहिलेको आन्दोलन जसरी पनि जित्नुपर्ने बताएका छन्। संविधानसभा भंग गर्ने षड्यन्त्रमा दलहरु लागेको आरोप लगाउँदै उनले आन्दोलन नजिते संविधानसभा भंग हुने ठोकुवा गरे। 'यो आन्दोलन हामीले जितनौं भने संविधानसभा भंग हुनेवाला छ', नयाँ वानेश्वरको कोणसभालाई सम्बोधन गर्दै भट्टराईले भने, 'त्यसैले यो संघर्ष हामीले जित्नैपर्छ।' हड्तालको पहिलो दिन तनावग्रस्त बनेको नयाँ बानेश्वरमा माओवादीले सोमबार कोणसभा आयोजना गरेको हो। सभालाई सम्बोधन गर्दै नेता भट्टराईले राष्ट्रिय सरकार अहिलेको आवश्यकता भएको बताए। '१४ जेठसम्म संविधान निर्माण राष्ट्रपति शासनको षड्यन्त्र हुँदैछ' भट्टराईले चेतावनी दिँदै भने- '१४ जेठमा संविधानसभा भंग भए सरकार र राष्ट्रपति पनि त्यतिबेलै सकिनेछन्, त्यसपछि जनताले सडकबाट संविधान जारी गर्नेछन्।'
Sunday, December 20, 2009
जातीय युद्ध निम्त्याएको मन्त्री श्रेष्ठको आरोप
भक्तपुर (नयाँ पत्रिका)
सामान्य प्रशासनमन्त्री रवीन्द्र श्रेष्ठले जातीय आधारमा स्वायत्त गणराज्य घोषणा गर्ने अधिकार एकीकृत माओवादीलाई कसैले नदिएको बताएका छन् । एमाले बागेश्वरी गाउँ अधिवेशन उद्घाटनमा उनले गणराज्य घोषणा गर्ने अधिकार संविधानसभालाई मात्र भएको बताए । संविधानसभाबाहेक अरूलाई गणराज्य घोषणा गर्ने अधिकार कसैमा नभएको उनको दाबी थियो । मन्त्री श्रेष्ठले माओवादीले शान्तिसम्झौता, कानुन र संविधानसभालाई समेत मिचेर गणराज्य घोषणा गरेको आरोपसमेत लगाए ।माओवादीले जातीय गणराज्य घोषणा गरेर जातीय युद्ध निम्त्याएको उनले बताए । माओवादीले निम्त्याएको जातीय युद्धको भुमरीमा ऊ आफैँ फस्ने मन्त्री श्रेष्ठको भनाइ थियो । मन्त्री श्रेष्ठले सरकारले दिएको सम्पूर्ण सुरक्षा प्रयोग गरेर प्रचण्ड संविधानसभाविरुद्ध लागेको बताउँदै उनले शान्तिको बाटोमा आउनुपर्ने कि क्रान्तिको बाटो रोजेर फेरि जंगल जानुपर्ने बताए । सरकारी र व्यक्तिको जग्गा कब्जा गरेर सुकुम्बासीको नाममा माओवादीले जग्गा बाँडेर गैरकानुनी कार्य गरेको उनको आरोप छ ।
बन्द अराजक ठाउँठाउँमा आगजनी र तोडफोड
झडपमा घाइते भएका डीएसपी दीलिप चौधरीको अवस्था चिन्ताजनक
काठमाडौं (दैनिकी)
माओवादीको तीन दिने आमहड्तालको पहिलो दिन ठाउँठाउँमा झडप भएको छ । माओवादी कार्यकर्ताहरुले बन्दको अवज्ञा गरेको भन्दै देशका विभिन्न स्थामा सवारीमाथि तोडफोड गरेका छन् भने केही जलाइदिएका छन्। काठमाडौंको बानेश्वरमा माओवादी कार्यकर्ता र प्रहरीबीच झडप हुँदा प्रहरी नायव उपरीक्षक दिलिप चौधरी सभासद यशोदा सुवेदीसहित केही प्रहरी र प्रदर्शनकारी गम्भीर घाइते भएका छन्। घाइते डीएसपी चौधरीको अवस्था चिन्ताजनक छ । नयाँ बानेश्वरमा करिब तीन घण्टा झडप भएको थियो। झडपमा घाइते भएका डीएसपी दीलिप चौधरीको अवस्था चिन्ताजनक छ। नयाँ बानेश्वरमा झडपका क्रममा लडेपछि प्रदर्शनकारीहरुले घेरेर उनलाई कुटपिट गरेका थिए। चौधरी कै कमान्डमा रहेको प्रहरीले दोस्रो चरणको आन्दोलनका क्रममा सिंहदरबार घेराउ गर्ने क्रममा हनुमानथान नजिक प्रदर्शनकारीमाथि बल प्रयोग गरेको भन्दै माओवादी पत्रिका जनदिशाले उनको नाम पनि ‘जनताको निगरानीमा’ भनी छापेको थियो।
संविधानसभा विघटन भए बन्दूक हुनेले शासन गर्छ
काठमाडौ (कान्तिपुर) -
माओवादी उपाध्यक्ष बावुराम भट्टराईले संविधानसभा विघटन भए मुलुकमा बैधानिक संस्था समाप्त हुने भन्दै त्यसपछि बन्दूक हुनेहरुले शासन गर्ने बताएका छन् । उनले जेठ १४ गते संविधानसभाको अस्तित्व समाप्त पारेर दलहरुले राष्ट्रपति मात्र बैधानिक संस्थाको रुपमा रहन्छन भनि गरेको प्रचार भ्रामक भएको टिप्पणी गरे । 'बैधानिक ढंगले राष्ट्रपति शासन लागू गर्न अहिलेको संविधानले नदिने भएकाले उहाँहरुले जेठ १४ गते संविधानसभालाई मर्न दिने र त्यसपछि कु गर्ने अनि त्यो अवस्थामा राष्ट्रपतिमात्र बैधानिक संस्था रहन्छन भन्ने भ्रामक प्रचार गरिरहनुभएको छ ।' रेडियो कान्तिपुरलाई आइतबार दिएको अन्र्तवार्तामा उनले भने, 'संविधानसभा विघटन भए राष्ट्रपति पनि रहदैनन । यहाँ बैधानिक संस्था भन्ने केही हुदैन । देश पूरै अराजकतातिर जान्छ । जसको शक्ति उसको भक्ति भनेजस्तै जसको हातमा बन्दुक छ । त्यसैले यहाँ शासन गर्छ ।'
Wednesday, December 16, 2009
माओवादी गणराज्य घोषणाप्रति राष्ट्रपति चिन्ता यथावत/हामी प्रतिकार गछौं: गच्छेदार
काठमाडौं (कान्तिपुर) -
राष्ट्रपति रामवरण यादवले माओवादीको गणराज्य घोषणा कार्यक्रम फिर्ता नलिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । राष्ट्रपतिभवन पुगेका कार्यवाहक प्रधानमन्त्री विजयकुमार गच्छेदारसँग उनले त्यसलाई रोक्न सरकारले पर्याप्त काम गर्न नसकेको भन्दै असन्तुष्टि जनाएका थिए । 'राष्ट्रपतिज्यूले माओवादीले गणतन्त्र घोषणा कार्यक्रम स्थगित नगरेकोमा चिन्ता व्यक्त गर्नुभयो' गच्छेदारले राष्ट्रपतिसंगको भेटपछि संवाददाताहरुसंग भने, 'म माओवादीसंग अन्तरिम संविधानविरोधी र संविधनसभालाई वाइपास गर्ने यो कार्य बन्द गर्न आग्रह गर्दछु ।' गच्छेदारले सत्तारुढ मधेसवादी तीन दलले माओवादीको कार्यक्रमबिरुद्ध गरेको निर्णयको जानकारी राष्ट्रपतिलाई गराएका थिए । मधेसी जनअधिकार फोरम -लोकतान्त्रिक), तराई मधेस लोकतान्त्रिक पार्टी र सदभावना पार्टीको बैठक बसी बुधबार नै माओवादीले घोषणा गरेको गणराज्य र कैलालीलगायतका स्थानमा गरिएको बन अतिक्रमणका कार्यक्रमको कडा विरोध गरेका थिए ।
Wednesday, December 9, 2009
प्रधानमन्त्रीद्वारा गतिरोध अन्त्यका लागि पहल गरिदिन कोइरालालाई आग्रह
काठमाडौ (कान्तिपुर)-
प्रधानमन्त्री माधवकुमार नेपालले काँग्रेस सभापति गिरिजाप्रसाद कोइराललाई राजनीतिक गतिरोध अन्त्यका लागि पहल गरिदिन आग्रह गरेका छन् । महारानगञ्जस्थित कोइराला निवासमा भेटवार्ताका लागि बुधबार साँझ पुगेका प्रधानमन्त्री नेपालले पाको नेता तथा अभिभावकको रुपमा गतिरोध अन्त्यका लागि पहल गरिदिन आग्रह गरेका हुन् । 'सहमति र सहकार्यबाट नै सबै समस्याको समाधान निस्कन्छ भन्ने कुरामा उहाँहरु सहमत हुनुहुन्छ' भेटका बेलासंगै रहेका काँग्रेस नेता कृष्ण सिटौलाले संवाददाताहरुसंग भने, 'प्रधानमन्त्रीजीले गिरिजावावुलाई अभिभावकको रुपमा गतिरोध अन्त्यको पहल गरिदिन आग्रह गर्नुभयो ।' गत शुक्रबार कैलालीको डुडेझारीमा बन अतिक्रमण गरिबसेका सुकुम्वासीहरु हटाउने क्रममा प्रहरीले बल प्रयोग गर्दा आधा दर्जनको ज्यान गएपछि राजनीतिक गतिरोध अन्त्यका प्रधानमन्त्रीले पहल थालेका छन् । यही क्रममा प्रधानमन्त्री नेपालले तीन पटक माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई भेटवार्ता गरिसकेका छन् ।
Monday, December 7, 2009
कैलाली घटनामा मरेका भनिएका विक जिउँदै !
कलेन्द्र सेजुवाल, सुर्खेत (नागरिक)-
जनमुक्ति सेना छैटौँ डिभिजनले कैलाली घटनामा मारिएको भनिएका नरेन्द्र विक जिउँदै रहेको जनाएको छ। उनलाई वीरेन्द्रनगरमा आजै सार्वजनिक पनि गरियो। कैलालीमा भेटिएको परिचयपत्र नं. ३६८२ का सक्कली व्यक्ति छैटौँ डिभिजनमै कार्यरत् रुद्रप्रसाद चपाईँलाई पनि सार्वजनिक गरियो। डिभिजनले सोमबार पत्रकार सम्मेलन गरी बिक र चपाईँलाई परिचयपत्रसहित सार्वजनिक गरेको हो। डिभिजन कमाण्डर महेन्द्रबहादुर शाहीले डिभिजनमा सेक्सन भाइस कमाण्डरका रुपमा कार्यरत् सुर्खेत तातापानी–६ का नरेन्द्र बिकको परिचयपत्र नं. ३७९५ रहेको जानकारी दिए। साथै कैलालीमा सार्वजनिक गरिएको परिचयपत्र नं. ३६८२ का सक्कली व्यक्ति सुर्खेत साटाखानी–५ का रुद्रप्रसाद चपाईँ रहेको उनले बताए। डिभिजनका अनुसार चपाईँ डिभिजनको जीत स्मृति ब्रिगेडमा सेक्सन कमाण्डर छन्।
Sunday, December 6, 2009
'माओवादीले उक्साएर घटना गरायो'
काठमाडौं (नागरिक)-
एकीकृत माओवादीले जनता उक्साएर कैलाली डुडेझाडी घटना घटाई शान्ति प्रक्रियामा आघात पुर्याएको सरकारले आरोप लगाएको छ। कैलाली बलिया गाविसको घटनाको सबै जिम्मेवारी माओवादी हुने सरकारले बताउँदै गृहमन्त्रीले घटनालाई ढाकछोप गर्न नेपाल बन्दको आह्वान गरिएको आरोप लगाए। डुडेझाडी घटना बारे जानकारी दिन आइतबार गृहमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री भीमबहादुर रावलले सत्य, तथ्य ढाकछोप गर्न माओवादीले नेपाल बन्द गरिएको बताए। 'शान्ति सम्झौतामा गरिएको प्रतिबद्धता र कानुन विपरित बन क्षेत्र अतिक्रमण गर्न सर्वसधारणलाई उक्साउनेहरू नै डुडेझाडीमा घटेको घटनाका लागि जिम्मेवार भएको स्पष्ट छ', रावलले भने- 'आफैँ उक्त प्रकारको स्थिति सृजना गर्ने र सत्य तथ्यमाथि ढाकछोप गर्न आफै नेपाल बन्द गर्ने कार्यले समग्र शान्ति प्रक्रिया नै आघात पुगेको छ।'
Saturday, December 5, 2009
माओवादी क्रियाकलापप्रति अमेरिका चिन्तित
काठमाडौ (कान्तिपुर)-
माओवादीले गैरप्रजातान्त्रिक क्रियाकलापलाई निरन्तरता दिएको भन्दै अमेरिकाले गम्भीर चिन्ता जनाएको छ । माओवादीले सदन अवरोध,जमीन तथा खाद्य कब्जा जस्ता क्रियाकलाप जारी राखेको भन्दै कार्यवाहक अमेरिकी राजदूत र्याण्डी बेरीले प्रधानमन्त्री माधवकुमार नेपाललाई भेटी त्यस्तो चिन्ता व्यक्त गरेको हो । शुक्रबार भएको भेटबारे काठमाडौंस्थित अमेरिकी दूतावासले शनिबार जारी गरेको वक्तव्य अनुसार गणराज्य घोषणा गर्ने माओवादीको कार्यक्रम प्रति समेत बेरीले गम्भीर चिन्ता जनाएका थिए । हाल जारी राजनीतिक गतिरोधले शान्ति प्रक्रियालाई कमजोर पार्ने चिन्ता जनाउँदै उनले सहमतिका लागि रचनात्मक प्रयास गर्न सुझाव दिएको दूतावासले जनाएको छ ।
Labels:
Ekantipur,
Madhav Nepal Govt.- Maoist,
Nepal-America
Friday, December 4, 2009
'अब भौतिक आक्रमण’
दाङ (नयापत्रिका)
एकीकृत माओवादीका पोलिटब्युरो सदस्य एवं वाइसिएल इन्चार्ज कुलप्रसाद केसी सोनामले चौथो चरणको आन्दोलन भौतिक आक्रमणमा केन्दि्रत हुने चेतावनी दिएका छन् । क्रान्तिकारी पत्रकार संघ दाङले बिहीबार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा सोनामले भने, 'तेस्रो चरणमा ढुंगामुढा भयो, अब भौतिक आक्रमण हुन्छ ।' वाइसिएल दाङको प्रथम जिल्ला सम्मेलन उद्घाटन गर्न दाङ आएका सोनामले माधव नेपाल नेतृत्वको वर्तमान सरकारलाई कठपुतली र विदेशी इशारामा चलेको आरोप लगाए । 'कठपुतली सरकार दमनमा उत्रिए भौतिक आक्रमण गरेर ब्याक गराउँछौँ,' उनले भने । उनले वर्तमान सरकार विघटनको मागसमेत गरे ।
युद्धको घोषणा गर्नेहरु पतन भएर जान्छन् : बिजु्क्छे
विजय नेपाल/पोखरा
नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजु््क्छेले युद्धको घोषणा गर्नेहरु आफै पतन भएर जाने बताएका छन्। एकीकृत नेकपा माओवादीको आन्दोलनप्रति लक्षित गर्दै उनले भने, “हामीहरुले हिटलर र मुसोलिनीको उदाहरण देखेका छौ, युद्धको घोषणा गर्नेहरु आफै पतन भएर जान्छन्।” संवाद नेपालले शुक्रबार पोखरामा आयोजना गरेको खुल्ला अन्तर्क्रिया कार्यक्रममा बोल्दै नेता बिजु्क्छेले सबैभन्दा ठूलो दल माओवादीले अहंकार, हठ र विध्वशंकारी नीति त्यात्नुपर्ने बताए। “माओवादी संवेदनशील बन्नुपर्छ, मुलुकको शान्तिप्रक्रिया र संविधान निर्माणमा उसको जिम्मेवार बढी छ”(नेता बिजुक्छेले भने। एक अर्को प्रसंगमा उनले जातीय र भाषीय आधारमा संघियतामा जान नहुने सुझाए। नागरिकसर्वोच्चताको मुद्दामा तेस्रो चरणको आन्दोलनमा रहेको माओवादीले स्वायत्त गणराज्य घोषणा गर्ने कार्यक्रम अन्तरिम संविधानको मर्मविपरीत रहेको टिप्पणी गरे।
Thursday, December 3, 2009
गणराज्य घोषणामा शंका नगरः दाहाल
काठमाडौं (कान्तिपुर) -
माओवादी अध्यक्ष पुष्पकमल दाहालले गणराज्य घोषणा गर्ने आफ्नो पार्टीको योजनाप्रति शंका नगर्न आग्रह गरेका छन् । लामो समयदेखि गणराज्यको अभ्यास आफूहरुले गर्दै आएको बताउँदै उनले त्यसलाई राजनीतिक रुपमा जनतामाझ स्थापित गर्न मात्र घोषणा कार्यक्रम ल्याएको बताए । नेपाल एफएमको बार्षिकोत्सव कार्यक्रममा बिहीबार दाहालले संघीयताबारे संवैधानिक व्यवस्था भएकाले त्यसको प्रचार गर्नु संविधानको मर्म विपरित हुने बताए । संघीयतामा जान नचाहनेहरुले आफूहरुको योजनाको विरोध गरेको जिकिर गर्दै उनले अन्य दललाई पनि गणराज्य घोषणा गर्न चुनौति दिए । गणराज्य घोषणालगायतका बिषयलाई अनावश्यक उचालेको टिप्पणी गर्दै माओवादी अध्यक्ष दाहालले परिवर्तन नचाहने शक्तिहरुले आफूहरुलाई दोषि देखाएर एक्ल्याउन खोजेको आरोप लगाए । माओवादीको बाहुल्यता रहेकाले संविधानसभालाई बिघटन गर्न संघीयता विरोधी शक्ति लागिरहेको दाहालको आरोप छ ।
Wednesday, December 2, 2009
संविधानसभा विघटनको षडयन्त्रः भट्टराई
दीपेन्द्र विष्ट/काठमाडौं (कान्तिपुर)-
माओवादी उपाध्यक्ष बाबुराम भट्टराईले कांग्रेस र एमालेका नेताहरुले संविधानसभा बिघटन गर्ने षडयन्त्र गरिरहेको आरोप लगाएका छन् । बुधबार वाइसीएल नेपालद्वारा नेपालमा बेरोजगारी समस्या र युवा स्वरोजगार विषयक विचार गोष्ठीमा नेता भट्टराईले एमाले कांग्रेसका केही नेताहरुको पछिल्लो पटक सार्वजनिक भइरहेको अभिव्यक्तिले शान्ति सम्झौता भंग गरेर संविधानसभा विघटन गर्न चाहेको स्पष्ट भएको उल्लेख गरे । उनले ति एमाले, कांग्रेसका केही नेताहरुको नाम भने उल्लेख नगरिकन संविधानसभा भडुवाहरुले यस्तो गर्न लागेको दाबी गरे ।
Sunday, November 29, 2009
सरकारलाई 'रेड सिग्नल'
पोखरा(नागरिक)-
माओवादीका स्यायी समिति सदस्य टोपबहादुर रायमाझीले वर्तमान सरकारलाई अघि नबढ्न 'रेड सिग्नल' आएको दाबी गरेका छन्। 'अहिलेको सरकार गठनका लागि जुन जुन विदशीले सहयोग पुर्याएका थिए, उनीहरुबाट नै सरकारलाई आगामी कदम नचाल्न भनेका छन्', उनले भने- माधव नेपाल नेतृत्वको सरकारले 'रेड सिग्नल' पाएको छ, अब अघि बढ्दैन। 'सत्ता साझेदार दलबीच भएको टीकाटिप्पणीले पनि सरकारलाई अघि नबढ्न सङ्केत गरिरहेको रायमाझीले बताए। 'त्यसकै परिणामस्वरुप अहिलेको सरकार अन्तर्राष्ट्रिय निकायबाट नाङ्गिदै गएको छ'- उनले भने। एकिकृत नेकपा माओवादी तमुवान राज्य समितिको आइतबारदेखि पोखरामा सुरु भएको चौथो पूर्ण बैठकमा सहभागी हुन आएका रायमाझीले भने- 'अहिलेको सरकारलाई हटाएर कुन दलको नेतृत्वमा नयाँ सरकार गठन गर्ने विषयमा समेत छलफल सुरु भइसकेको छ।'
Friday, November 27, 2009
रा्ष्ट्रपति र प्रधानमन्त्री हटाउन प्रचण्ड र कोइरालाबीच सहमति
काठमाडौं (दैनिकी)
कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला सिंगापुरमा उपचारमा छँदा माओवादी अध्यक्ष प्रचण्डको भ्रमण शिष्टाचार मात्र नभई सत्तापलटमा केन्द्रित रहेको तथ्य खुलासा भएको छ । आज प्रकासित राजधानीका अनुसार सिंगापुर भेटवार्तामा राष्ट्रपति डा. रामवरण यादवलाई सके पदबाट हटाउने नत्र राजनीतिक संकट खडा गरेर राजीनामा गर्न बाध्य बनाउने तथा प्रधानमन्त्री माधवकुमार नेपाललाई समेत पदबाट हटाएर नयाँ सहमति गरी सत्ता लिने सहमति कोइराला र प्रचण्डबीच भएको छ । सिंगापुरबाट फर्केपछि कोइराला र प्रचण्डले आफ्ना अत्यन्तै निकटस्थहरूसँग गरेको परामर्शका क्रममा चुहिएको सूचनाअनुसार राष्ट्रपति यादव र नेपाल नेतृत्वको सरकारविरुद्ध माओवादीले चाल्ने अभियानमा भने कोइराला मौन बस्ने सहमति भएको छ । उनले माओवादी अभियानको विरोध र र्समर्थन दुवै गर्नेछैनन् । निकटस्थहरूसँग प्रचण्डको वार्तालाप उद्धृत गर्दै स्रोत भन्यो, 'सरकार र राष्ट्रपतिविरुद्धको हाम्रो अभियानको रूप हेरेर कोइराला मौन बस्ने वा लोकलज्जाका लागि मात्र विरोध गर्ने नीति लिनेछन् ।'
माओवादी लडाकुलाई राज्यले भत्ता दिन नमिल्ने अर्थमन्त्रीको भनाइ
मनोज बस्नेत/काभ्रे(कांतिपुर)-
अर्थमन्त्री सुरेन्द्र पाण्डेले माओवादीले डर धम्की देखाई आगामी संसदीय चुनाव जित्नको लागि सेना समायोजन विशेष समितिको मातहतमा आफ्ना लडाकुलाई ल्याउन नचाहेको आरोप लगाउँदै राज्यले माओवादी लडाकुलाई भत्ता दिन नमिल्ने बताएका छन् ।
Wednesday, November 25, 2009
माओवादी यही सरकारमा आउनुपर्छ : देउवा
दिलबहादुर छत्याल, धनगढी(नागरिक)-
नेपाली कङ्ग्रेसका वरिष्ठ नेता तथा पूर्व प्रधान मन्त्री शेरबहादुर देउवाले सरकार परिवर्तन नहुने उल्लेख गर्दै माओवादी यही सरकारमा आउनुपर्ने बताएका छन्। 'यो सरकार परिवर्तन हुँदैन, माओवादीलाई पनि समावेश गराएर यही सरकारलाई राष्ट्रिय सरकार बनाउनुपर्छ'- उनको भनाइ थियो। नेपाली कङ्ग्रेसका नेता टेकबहादुर चोख्यालको १३ औं पुण्यतिथिका अवसरमा धनगढीमा आयोजित श्रद्धान्जली सभामा भाग लिन आएका देउवाले विमानस्थलमा पत्रकारसँगको भेटघाटमा माओवादीलाई यही सरकारमा ल्याउन कोसिस गर्नुपर्ने बताए।उनले भने- माओवादीलाई सरकारमा ल्याउन कोसिस गर्नुपर्छ। बजेट पारितका लागि सदन चल्न दिएको कुरा सकारात्मक भएको बताउँदै यसले सहमतिका लागि सहज वातावरण बनेको उनले बताए।
Monday, November 23, 2009
बजेट पारित गर्न २२ दल सहमत, संसद बैठक जारी
काठमाडौ(कान्तिपुर)-
गठबन्धनका २२ दलले मंगलबार सदनबाट बजेट पारित गराउन आफ्ना सभासदहरुलाई अनिवार्य उपस्थिति गराउने निर्णय गरेका छन् । सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका २२ दलको बैठकले बजेट पारित गराउन आफ्ना दलका सभासदहरुलाई उपस्थित गराउने सहमति गरेका हुन् । ती दलहरुले आफ्ना सभासदहरुलाई मंगलबार हुने मतदानमा अनिवार्य उपस्थित हुन निर्देशन दिने गर्ने निर्णय गरेको एमाले प्रमुख सचेतक भीमप्रसाद आचार्यले बताए । माओवादीले बजेट पारित गर्न तीन दिनका लागि सदन अवरोध हटाउने निर्णय गरेपछि लामो समयदेखि अवरुद्ध व्यवस्थापिका संसदको बैठक सोमबारदेखि सुरु भएको छ ।जारी बैठकमा विनियोजित विद्येयक मध्ये छलफल हुन बाँकी १६ वटा मन्त्रालयका लागि विनियोजित खर्चबारे सोमबार छलफल हुने कार्यक्रम छ । यसअघि साउन २३ देखि संसद अवरोध भएपछि ती मन्त्रालयमा छुट्याइएको खर्चबारे छलफल हुन बाँकी थियो । बाँकी मन्त्रालयका लागि विनियोजित रकमबारे छलफल सकिएपछि सभासदहरुले उठाएका प्रश्नको सम्बन्धित मन्त्रीहरुले मंगलबार जवाफ दिने कार्यक्रम छ ।
मन्त्रीहरुले जवाफ दिएपछि मंगलबार नै विनियोजित विधेयक पारित हुने एमाले सचेतक आचार्यले जनाए । मंगलबार नै आर्थिक बिधेयक, ऋण तथा जमानत विधेयक र राष्ट्रिय ऋण उठाउने विधेयक पारित गर्न प्रकृया थालिने छ । बुधबार बस्ने बैठकले तीन वटै विधेयक पारित भएपछि चालू आर्थिक बर्षको बजेट औपचारिक रुपमा पारित भएको मानिने छ ।
Labels:
Ekantipur,
Madhav Nepal Govt.- Maoist,
Yearly Budget
Subscribe to:
Posts (Atom)