ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर
Showing posts with label Nepal-America. Show all posts
Showing posts with label Nepal-America. Show all posts

Saturday, December 5, 2009

माओवादी क्रियाकलापप्रति अमेरिका चिन्तित

काठमाडौ (कान्तिपुर)- 

माओवादीले गैरप्रजातान्त्रिक क्रियाकलापलाई निरन्तरता दिएको भन्दै अमेरिकाले गम्भीर चिन्ता जनाएको छ । माओवादीले सदन अवरोध,जमीन तथा खाद्य कब्जा जस्ता क्रियाकलाप जारी राखेको भन्दै कार्यवाहक अमेरिकी राजदूत र्‍याण्डी बेरीले प्रधानमन्त्री माधवकुमार नेपाललाई भेटी त्यस्तो चिन्ता व्यक्त गरेको हो । शुक्रबार भएको भेटबारे काठमाडौंस्थित अमेरिकी दूतावासले शनिबार जारी गरेको वक्तव्य अनुसार गणराज्य घोषणा गर्ने माओवादीको कार्यक्रम प्रति समेत बेरीले गम्भीर चिन्ता जनाएका थिए । हाल जारी राजनीतिक गतिरोधले शान्ति प्रक्रियालाई कमजोर पार्ने चिन्ता जनाउँदै उनले सहमतिका लागि रचनात्मक प्रयास गर्न सुझाव दिएको दूतावासले जनाएको छ ।

Monday, November 30, 2009

चिट्ठा ठगी/ठगी अमेरिकामा, खोजी नेपालमा

केदार ओझा/काठमाडौ(कान्तिपुर)- 

अमेरिकाको टेक्सास राज्यबाट चिट्ठाको रकम ठगी गरी फरार एक युवाको काठमाडौंमा नेपाल प्रहरीले खोजी थालेको छ । प्रहरीका अनुसार, रकम ठगी गर्ने डिल्लीबजार निवासी २५ वषर्ीय पंकज जोशी हुन् । प्रहरीले जोशीको खोजी गर्न उनको काठमाडांैस्थित घर, आवातजावत गर्ने सम्भावित स्थानमा निगरानी बढाएको छ ।जोशीले ६७ वषर्ीय अमेरिकी महिला विलिजलाई परेको चिट्ठा झुक्याई ७ लाख ५० हजार अमेरिकी डलर -पाँच करोड पैंसट्ठी लाख) आफ्नो हात पारी बैंकमार्फत् नेपाल पठाएका थिए । पछि आफू पनि अमेरिकाबाट बाहिरिएका थिए । मेगा मिलियन्स, मेगा पिलर नामको चिट्ठाको विजेताले दस लाख डलर (सात करोड ५० लाख) पाउने गर्छन् । जोशी युनिभर्सिटी अफ टेक्सासमा पढ्दै लक्की फुड स्टोरमा विगत पाँच वर्षदेखि अफिस क्लर्क पदमा कार्यरत थिए । उनले स्टोरमा बसिरहेको बखत चिट्ठा पर्‍यो परेन भनी जाँच गर्न आएकी अमेरिकी महिलालाई जोशीले कप्म्युटरमा जाँच गर्दा प्रथम उपहार परेको देखेपछि उनलाई नपरेको जानकारी दिँदै चिट्ठा फुत्काउन सफल भएका थिए ।

Tuesday, November 3, 2009

नेपाल र अमेरिकाबीच व्यापारिक सन्धिको तयारी

विज्ञान अधिकारी-

नेपाल अमेरिकाबीच द्विपक्षीय व्यापार सम्झौता गर्न प्रक्रिया अगाडि बढेको छ। दुई मुलुकबीचको व्यापार बढाउन व्यापार तथा लगानी ढाँचा सम्वन्धी सम्झौता (टिफा) प्रक्रिया अगाडि बढाइएको हो। सम्झौताको मस्यौदा दुबै मुलुकबीच आदान प्रदान भइसकेको छ। द्धिपक्षीय व्यापार मुद्धा हेर्ने युनाइटेड स्टेट ट्रेड प्रिजिन्टेटिभ (यूएसटीआर) को दक्षिण एसिया प्रतिनिधित्व गर्ने एडीना एडलरले केही महिना अघि सम्झौताको मस्यौदा नेपाल ल्याएकी थिइन्। सम्झौतामा टेकेर द्धिपक्षीय व्यापार सन्धी गर्न सकिने सरकारको विश्वास छ। 'हामीले अमेरिकाले दिएको मस्यौदालाई केही परिमार्जन गरेर पठाएका छौ,' वाणिज्य तथा आपूर्ति सचिव पुरुषोत्तम ओझाले नागरिकसँग भने।

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by