काठमाडौं (नागरिक)-
माओवादी नेता नारायणकाजी श्रेष्ठले राष्ट्रपतिको कदमले देश गृहयुद्धको खतरामा परेको दाबी गरेका छन्। केही समयअघि सुरु भएको व्यवस्थापिका संसदको बैठकमा बोल्दै उनले भने- राष्ट्रपतिको कदमबाट देशमा प्रतिक्रान्ति सुरु भयो। नागरिक सर्वोच्चता कायम गर्न र माओवादीको नेतृत्वमा सरकार गठन गर्न नदिइए राजा ज्ञानेन्द्रको हालत हुने चेतावनी पनि उनले दलहरुलाई दिए। तेस्रो चरणको आन्दोलन घोषणा भइसकेको र त्यसले ठूलो उथलपुथल ल्याउने दाबी पनि उनको थियो। बजेट पारित गर्ने प्रयोजनका लागि मात्र यो संसद खोल्न दिएको र तीन दिनभित्र बजेटसम्बन्धी काम सक्न पनि उनले भने। निर्धारित समयभन्दा १ घन्टा ३५ मिनेट ढिलो अर्थात १२:३५ बजे शुरु भएको सो बैठकको प्रारम्भमा बोल्दै श्रेष्ठले दलहरुबीच उच्चस्तरको राजनीतिक सहमतिका निम्ति माओवादी सदैव प्रयत्नशील रहेको बताए।