काठमाडौ, (नागरिक)-
पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकरी दुर्गाप्रसाद भण्डारीलाइ हातपात गर्ने कृषि राज्यमन्त्री करिमा बेगमलाई प्रक्रउ गर्न उपत्यकका सबै प्रहरी युनिटलाई प्रहरी प्रधान कार्यलयले निर्देशन दिएको छ। पर्सा प्रहरीको अनुरोधमा प्रधान कार्यलयले यस्तो निर्देशन दिएको हो। प्रहरी प्रवक्ता विज्ञान राज शर्माले भने पर्सा प्रहरीको अनुरोधमा प्रक्राउ गर्न निर्देशन दिएको हो। बेगमलाई पर्सा प्रहरीले वुधवार सार्वजनिक ऐन अन्तर्गत मुद्दा दयार गरेको हो। सरकारी अधिकारीलाई अभद्र व्यवहार र गालिगलौज गरेकोले सार्वजनिक अपराधमा हदैसम्म कारवाही गर्न माग गरीएको छ।