Saturday, December 5, 2009
कङ्ग्रेस र माओवादीसँग एमालेको अन्तरविरोध छैन : झलनाथ
भद्रपुर (नागरिक)-
नेकपा (एमाले) का अध्यक्ष झलनाथ खनालले नेपाली कङ्ग्रेस र माओवादीसँग एमालेको अन्तरविरोध नभएको धारणा व्यक्त गरेका छन्। मुलुकमा राजनीतिक र सामाजिक क्षेत्रमा एकताबद्ध कायम राख्न त्यसो गरेको भनाइ उनको थियो। संविधानसभाको निर्वाचनपछि एमालेले विचारलाई समसामयिक बनाउँदै सङ्गठनलाई पुनःगठन गरेको जानकारी पनि उनले दिए। खनालले समयअनुकूल वर्गीय अन्तरविरोधलाई बदल्न नै एमालेले लोकतान्त्रिक गणतन्त्र मुलुकमा ल्याउने प्रयास गरेको बताएका छन्। नेकपा (एमाले), मेची अञ्चल समन्वय समितिद्वारा झापाको धुलाबारीमा आयोजित मेची अञ्चलस्तरीय दुई दिने कार्यकर्ता प्रशिक्षणको उदघाटन गर्दै उनले मुलुकमा लोकतान्त्रिक गणतन्त्र ल्याउनका लागि राजतन्त्र हटाउन कार्यदिशा तय गरेको र माओवादीलाई द्वन्द्वबाट शान्ति प्रक्रियामा ल्याएको स्पष्ट पारे। उनले पार्टीको आठौँ राष्ट्रिय महाधिवेशनबाट विश्व परिस्थितिअनुरुप सिर्जनात्मक ढङ्गबाट जनताको बहुदलीय जनवाद कार्यान्वयन गराउन दलको सिद्धान्त, कार्यक्रम र नीति अगाडि सारेको विचार पनि प्रकट गरे।
सुकुम्वासीहरुले जंगल छाडे/छाप्रा जलाउने र भत्काउने क्रम जारी
धनगढी (कान्तिपुर)-
सुकुम्वासीहरुले डुडझारीको जंगल छाडेपछि प्रहरीले उनीहरुले बनाएर छाप्रालाई जलाउने र भत्काउने क्रम जारी छ । शुक्रबार प्रहरीसंगको झडपमा छ जनाको हाताहाति र ३० जना भन्दा बढि घाइते भएपछि उनीहरुले अतिक्रमण गरेर बसेको जंगल क्षेत्र छाडेका हुन् । सुकुम्वासीहरु लम्की, चिसापानीलगायत आसपासको क्षेत्रमा छरिएर रहेका छन् ।
काठमाडौ (कान्तिपुर)-
राष्ट्रिय मानव अधिकार आयोगले कैलालीमा सुकुम्वासी र प्रहरीबीच भएको झडपप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ । आयोगले आवश्यकताभन्दा बढी बल प्रयोग नगर्न तथा यस घटनाका घाइतेहरूको निःशुल्क र प्रभावकारी उपचार गर्न सरकारलाई आग्रह गरेको छ । साथै जथाभावी आगजनी, तोडफोड लगायतका कानुन विपरीत कार्यहरू नगर्न प्रदर्शनकारीहरूलाई पनि आग्रह गरेको छ । 'सुकुम्वासी भनिएका व्यक्तिहरू र सुरक्षाकर्मीबीच भएको झडप र विभत्स हत्याका घटनाहरूप्रति चिन्ता प्रकट गर्दछ'-शनिबार आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ । आयोगले घटनास्थल र आसपासका क्षेत्रमा आगजनी, तोडफोड र कुटपिटका घटनाले तनाव कायम रहेको र कुनै पनि बेला थप झडपको सम्भावना रहेको जनाएको छ । घटनामा कम्तीमा चारको मृत्यु र तीन दर्जन व्यक्ति घाइते भएको आयोगले उल्लेख गरेको छ ।
कोइराला ब्रान्ड
मातृकाका छोरा विमल, कमल, डा. अजय, विजय र सञ्जय हुन् । कमल कोइरालाले एमालेबाट राजनीति गरेर अहिले कूटनीतिक निकायमा छन् । एमाले केन्द्रीय सदस्यसमेत भइसकेका कमल अहिले एमालेको कोटामा राजदूत भएका छन् ।
काठमाडौं (नयाँ पत्रिका)
नेपाली राजनीतिमा कोइराला वंश एउटा 'ब्रान्ड' नै बनिसकेको छ । यद्यपि, यस ब्रान्डको ठूलो हिस्सा राजनीतिबाहिर छ, र राजनीतिमा भित्रिन उत्सुक पनि छैन । कोइराला परिवारका हाँगा चिकित्सा क्षेत्रदेखि चलचित्र उद्योगसम्म फैलिएका छन् । ८६ वषर्ीय कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला अझै देशको राजनीति आफ्नो सेरोफेरो घुमाउने हैसियत राख्छन् ।
Labels:
Girija P Koirala,
Naya Patrika,
Sujata,
Sushil Koirala
माओवादी क्रियाकलापप्रति अमेरिका चिन्तित
काठमाडौ (कान्तिपुर)-
माओवादीले गैरप्रजातान्त्रिक क्रियाकलापलाई निरन्तरता दिएको भन्दै अमेरिकाले गम्भीर चिन्ता जनाएको छ । माओवादीले सदन अवरोध,जमीन तथा खाद्य कब्जा जस्ता क्रियाकलाप जारी राखेको भन्दै कार्यवाहक अमेरिकी राजदूत र्याण्डी बेरीले प्रधानमन्त्री माधवकुमार नेपाललाई भेटी त्यस्तो चिन्ता व्यक्त गरेको हो । शुक्रबार भएको भेटबारे काठमाडौंस्थित अमेरिकी दूतावासले शनिबार जारी गरेको वक्तव्य अनुसार गणराज्य घोषणा गर्ने माओवादीको कार्यक्रम प्रति समेत बेरीले गम्भीर चिन्ता जनाएका थिए । हाल जारी राजनीतिक गतिरोधले शान्ति प्रक्रियालाई कमजोर पार्ने चिन्ता जनाउँदै उनले सहमतिका लागि रचनात्मक प्रयास गर्न सुझाव दिएको दूतावासले जनाएको छ ।
Labels:
Ekantipur,
Madhav Nepal Govt.- Maoist,
Nepal-America
Friday, December 4, 2009
समयमा संविधान बन्दैन : उपसभापति पौडेल
स्याङ्जा (कान्तिपुर)-
काङ्ग्रेस उपसभापति रामचन्द्र पौडेलले तोकिएको समयमा संविधान बन्न नसक्ने बताएका छन् । नेपाल प्रेस युनियन, स्याङ्जाले शुक्रबार वालिङमा गरेको पत्रकार सम्मेलनमा उनले तोकिएको समयमा संविधान नबन्ने अब निश्चित भइसकेकोे बताएका हुन् । पार्टीको संसदीय दलका नेतासमेत रहेका पौडेलले शान्ति प्रक्रिया टुङ्गोमा पुर्याउने काम र संविधान निर्माणका कामहरु दुबै सँगसँगै गर्नुपर्ने भएकोले निर्धारित समयमा संविधान नबन्ने पक्कापक्की भैसकेको बताएका हुन् ।
सुरेन्द्र पौडेल/काठमाडौं (नागरिक)-
इन्टरनेसनल बिजनेस मेसिन्स (आइबिएम) कर्पोरेसनले नेपालका सूचना प्रविधि (आइटी) विद्यार्थीलाई आइटी क्षेत्रको प्रयोगात्मक अनुसन्धानमा सघाउने भएको छ। आइबिएमले बनेपास्थित आइटी पार्कमा रहेको आइबिएम ओपन टेक्नोलोजी रिसोर्सेज सेन्टर मार्फत नेपाली विद्यार्थीलाई अनुसन्धानमा सघाउने भएको हो। आइटी उद्योगलाई आवश्यक जनशक्ति तयार पार्न आइबिएमले यो अवसर नेपाली विद्यार्थीलाई दिन लागेको हो। सूचना प्रविधि उच्चस्तय आयोगले रिसोर्सेज सेन्टर सञ्चालन गर्न आइटी पार्कमा स्थान उपलब्ध गराएको छ। 'आइटी उद्योगलाई जस्तो जनशक्ति चाहिन्छ त्यस्तो जनशक्ति हाम्रा कलेजबाट निस्कंदैनन्,' सूचना प्रविधि उच्चस्तय आयोगका उपाध्यक्ष मनोहरकुमार भट्टराई भने, 'आइबिएमले शिक्षा क्षेत्र र आइटी उद्योग बिचको दू घटाउन खोजेको हो।'
११ रुपैयाँ युनिटमा विद्युत् खरिद
काठमाडौं (नयाँ पत्रिका)
नेपाल विद्युत् प्राधिकरणले भारतको पश्चिमबंगालबाट प्रतियुनिट ११ रुपैयाँमा १५ मेगावाट बिजुली खरिद गर्ने भएको छ । सो बिजुली टनकपुर नाकाबाट आयात हुनेछ । बिजुली खरिदबारे छलफल गर्न भारत गएका प्राधिकरण अधिकारीले १ जनवरीबाट १५ मेगावाट बिजुली किन्ने सहमति गरेका हुन् । टनकपुरमा बिजुली मूल्य प्रतियुनिट ६ रुपैयाँ ७० पैसा भारु अर्थात् १० रुपैयाँ ७२ पैसा रहेको छ । टनकपुरबाट वितरण केन्द्रमा आउँदा प्राविधिक चुहावट हुने भएकाले वास्तविक मूल्य अझ महँगो पर्ने प्राधिकरणले जनाएको छ । सो मूल्य उपभोक्ता मूल्यभन्दा अत्यधिक उच्च हो । यसअघि नै सरकारले भारतबाट आयात गर्दा प्राधिकरणलाई नोक्सान हुने रकम अनुदान दिने निर्णय गरेको छ ।
हतियारसहित पक्राउ परेका माओवादी कमाण्डर रिहा
नेपालगन्ज (नागरिक)-
शान्ति सुरक्षामा खलल पुर्याएको आरोपमा जेल चलान गरिएका माओवादी सेनाका बिग्रेड कमाण्डर दीपेन्द्रबहादुर शाही शुक्रबार रिहा भएका छन्। बन्दी प्रत्यक्षीकरणको मुद्दामा पुनरावेदन अदालत नेपालगन्जले उनलाई रिहा गर्न आदेश दिएको थियो। व्यक्तिगत कामको सिलसिलामा कोहलपुरमा आएको बेला स्थानीयसँग विवाद गर्दै गरेको आरोपमा पक्राउ परेका शाहीलाई बाँके प्रशासनले सार्वजनिक सुरक्षा ऐन २०४६ अन्तर्गत पाँच दिनअघि जेल चलान गरेको थियो। प्रशासनका अनुसार स्थानीयसँग विवाद भइरहेका बेला प्रहरीले परिचय पत्र माग्दा उल्टै पेस्तोल देखाएपछि उनलाई पक्राउ गरिएको थियो। माओवादी कार्यकर्ता तथा अधिवक्ता तीर्थ ज्ञवालीले शाहीलाई गैरकानुनी थुनामा राखेको माग दाबी गर्दै दर्ता गराएको निवेदनको आधारमा पुनरावेदन अदालतका मुख्य न्यायाधीश हरिराम कोइराला र न्यायाधीश टङ्कबहादुर मोक्तानको इजलासले थुनामा राख्न नमिल्ने भन्दै शाहीलाई मुक्त गर्ने आदेश दिएको थियो।
'अब भौतिक आक्रमण’
दाङ (नयापत्रिका)
एकीकृत माओवादीका पोलिटब्युरो सदस्य एवं वाइसिएल इन्चार्ज कुलप्रसाद केसी सोनामले चौथो चरणको आन्दोलन भौतिक आक्रमणमा केन्दि्रत हुने चेतावनी दिएका छन् । क्रान्तिकारी पत्रकार संघ दाङले बिहीबार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा सोनामले भने, 'तेस्रो चरणमा ढुंगामुढा भयो, अब भौतिक आक्रमण हुन्छ ।' वाइसिएल दाङको प्रथम जिल्ला सम्मेलन उद्घाटन गर्न दाङ आएका सोनामले माधव नेपाल नेतृत्वको वर्तमान सरकारलाई कठपुतली र विदेशी इशारामा चलेको आरोप लगाए । 'कठपुतली सरकार दमनमा उत्रिए भौतिक आक्रमण गरेर ब्याक गराउँछौँ,' उनले भने । उनले वर्तमान सरकार विघटनको मागसमेत गरे ।
तान्त्रिक विद्या सिक्न बालिकामाथि चरम यातना
मनोज अधिकारी/पोखरा (नगारिक)-
स्वस्थ्य अवस्थाकी एक बालिकालाई तीन दिनसम्म डेरामा थुनेर चरम यातना दिने दुईजनालाई प्रहरीले ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा चलाएको छ। लमजुङ्को हिलेटक्सार घर भई पोखरा-१२ बस्ने ९ वर्षकी बालिका एलिजा गुरुङलाई तातो त्रिशुल, पन्यू लगायत साधनले शरीरका विभिन्न भागमा डामेर अर्धचेत बनाउने सोही ठाउँका सञ्चिता गुरुङ र सागर गुरुङविरुद्व प्रहरीले मुद्दा चलाएको हो। उनीहरुले बालिका गुरुङलाई मंसिर ७ गते आफ्नो डेरामा लगी तीन दिनसम्म चरम यातना दिँदै शरीरका विभिन्न संवेदशनशिल भागमा डामेका थिए। 'चिनजानका छिमेकी भएको आधारमा ती बालिकालाई डेरामा लगेर तातो त्रिशुल, पन्यूले डामेर बेहोस बनाएको उजुरी परेपछि गुरुङद्वयलाई पक्राउ गरिएको हो' जिल्ला प्रहरीका डिएसपी तुलसी अधिकारीले भने,'यस्तो जघन्य अपराध गर्ने दुवैजनालाई ज्यान मार्ने उद्योगमा मुद्दा चलाएका छौं।'
युद्धको घोषणा गर्नेहरु पतन भएर जान्छन् : बिजु्क्छे
विजय नेपाल/पोखरा
नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजु््क्छेले युद्धको घोषणा गर्नेहरु आफै पतन भएर जाने बताएका छन्। एकीकृत नेकपा माओवादीको आन्दोलनप्रति लक्षित गर्दै उनले भने, “हामीहरुले हिटलर र मुसोलिनीको उदाहरण देखेका छौ, युद्धको घोषणा गर्नेहरु आफै पतन भएर जान्छन्।” संवाद नेपालले शुक्रबार पोखरामा आयोजना गरेको खुल्ला अन्तर्क्रिया कार्यक्रममा बोल्दै नेता बिजु्क्छेले सबैभन्दा ठूलो दल माओवादीले अहंकार, हठ र विध्वशंकारी नीति त्यात्नुपर्ने बताए। “माओवादी संवेदनशील बन्नुपर्छ, मुलुकको शान्तिप्रक्रिया र संविधान निर्माणमा उसको जिम्मेवार बढी छ”(नेता बिजुक्छेले भने। एक अर्को प्रसंगमा उनले जातीय र भाषीय आधारमा संघियतामा जान नहुने सुझाए। नागरिकसर्वोच्चताको मुद्दामा तेस्रो चरणको आन्दोलनमा रहेको माओवादीले स्वायत्त गणराज्य घोषणा गर्ने कार्यक्रम अन्तरिम संविधानको मर्मविपरीत रहेको टिप्पणी गरे।
Thursday, December 3, 2009
नेपाली उत्पादनलाई सहुलियत दिन माग • डब्लुटिओ मन्त्रीस्तरीय बैठक
गोकर्ण अवस्थी/जेनेभा (स्विट्जरल्यान्ड) (कान्तिपुर) -
वाणिज्य तथा आपूर्तिमन्त्री राजेन्द्र महतोले विकसित मुलुकमा नेपाली उत्पादनको सहुलियतपूर्ण र भन्साररहित बजार पहुँच दिन माग गरेका छन् । उनले यो सुविधा दिएर नेपालको शान्ति र विकासमा सहयोग गर्न विश्व व्यापार संगठन (डब्लुटिओ) र सदस्य राष्ट्रलाई आग्रह गरेका हुन् । जेनेभामा बुधबार डब्लुटिओको सातौं मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै महतोले दोहा विकास एजेन्डा (डिडिए) सम्बन्धी चाँडै निष्कर्ष निकाली कार्यान्वयन भए अति कम विकसित मुलुक (एलडिसी) हरूलाई आफ्नो व्यापार बढाउन सहयोग पुग्ने बताए । 'व्यापार प्रवर्द्धन जनतामा शान्ति र विकासको लाभ पुर्याउन महत्त्वपूर्ण माध्यम हुने हामीले ठानेका छौं,' उनले भने । डिडिए खासगरी व्यापारका लागि आर्थिक सहायता, विकसित मुलुकमा भन्साररहित पहुँच र अन्य सहयोगलगायत विकासोन्मुख मुलुकका चासोसँग सम्बन्धित छ । यसबाहेक डिडिएमा विकसित मुलुकले कृषिमा दिँदै आएको अनुदान र अन्य औद्योगिक उत्पादनको भन्सार घटाउनुपर्ने विवादस्पद विषय छन् ।
मुलुक विखण्डनतर्फ : कमल थापा
'राजसंस्थालाई असंवैधानिक तरिकाले पाखा लगाइयो'
दिलबहादुर छत्याल, धनगढी (नागरिक)-
राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुक विखण्डनतर्फ गइरहेको बताएका छन्। राजनीतिक दलबीचको असमझदारीले तोकिएको समयमा संविधान बन्ने सम्भावना क्षीण हुँदै गएको पनि उनले बताए। संविधान निर्माण प्रक्रिया माओवादी, कङ्ग्रेस र एमालेको गलत नियतका कारण ढिलाई भएको अरोप पनि उनले लगाए। राप्रपा नेपाल कैलालीको चौथो जिल्ला अधिवेशनमा बोल्दै उनले राजनीतिक दलबीच बढेको असमझदारीले मुलुक भयाबह स्थितिमा गुज्रिरहेको बताए। राजनीतिक दलले जनतामाथि खेलवाड गरिरहेको उनको भनाइ थियो। 'संविधानसभामा जनताले भोट दिएर पठाएका दलका प्रतिनिधिले जनताको अभिमतको कदर गर्नुको सट्टा जनतामाथि खेलवाड गरिरहेका छन्'- उनले भने
गणराज्य घोषणामा शंका नगरः दाहाल
काठमाडौं (कान्तिपुर) -
माओवादी अध्यक्ष पुष्पकमल दाहालले गणराज्य घोषणा गर्ने आफ्नो पार्टीको योजनाप्रति शंका नगर्न आग्रह गरेका छन् । लामो समयदेखि गणराज्यको अभ्यास आफूहरुले गर्दै आएको बताउँदै उनले त्यसलाई राजनीतिक रुपमा जनतामाझ स्थापित गर्न मात्र घोषणा कार्यक्रम ल्याएको बताए । नेपाल एफएमको बार्षिकोत्सव कार्यक्रममा बिहीबार दाहालले संघीयताबारे संवैधानिक व्यवस्था भएकाले त्यसको प्रचार गर्नु संविधानको मर्म विपरित हुने बताए । संघीयतामा जान नचाहनेहरुले आफूहरुको योजनाको विरोध गरेको जिकिर गर्दै उनले अन्य दललाई पनि गणराज्य घोषणा गर्न चुनौति दिए । गणराज्य घोषणालगायतका बिषयलाई अनावश्यक उचालेको टिप्पणी गर्दै माओवादी अध्यक्ष दाहालले परिवर्तन नचाहने शक्तिहरुले आफूहरुलाई दोषि देखाएर एक्ल्याउन खोजेको आरोप लगाए । माओवादीको बाहुल्यता रहेकाले संविधानसभालाई बिघटन गर्न संघीयता विरोधी शक्ति लागिरहेको दाहालको आरोप छ ।
गणराज्य घोषणा कार्यक्रम फिर्ता लिन देउवाको आग्रह
वीरगन्ज (कान्तिपुर)-
पूर्व प्रधानमन्त्री एवम् नेपाली काङ्ग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले स्वायत्त गणराज्य घोषणा कार्यक्रम फिर्ता लिएर सहमतिको राजनीतिमा आउन माओवादीलाई आग्रह गरेका छन् । पर्साको निचुटा गाविसमा बिहीबार आयोजित स्वास्थ्य चौकी शिलान्यास समारोहलाई सम्बोधन गर्नेक्रममा उनले स्वेच्छिकरुपमा गणराज्य घोषणा गर्नु शान्ति सम्झौता र संविधान विपरित कुरा हो भन्दै गणराज्य घोषणा गरेर माओवादीले मुलुकमा द्वन्द्व, अस्थिरता र जातीय युद्ध निम्त्याउन खोजेको आरोप लगाए । विभिन्न बहानामा ठाउँठाउँमा सर्वसाधारणको सम्पत्ति खोस्ने, बाली लुट्ने र मान्छे मार्नेजस्ता माओवादीको गैरजिम्मेवार र गैरलोकतान्त्रिक क्रियाकलापका कारण सो पार्टी अझै जिम्मेबार हुन नसकेको देउवाको भनाइ छ । उनले यस्ता कार्यक्रमबाट मुलुकमा कुनै दुर्घटना भयो भने त्यसको सम्पूर्ण जिम्मेबारी एनेकपा माओवादीले नै लिनुपर्ने बताए ।
रकम लुट्ने भारतीय पक्राउ
कपिलवस्तु (नगारिक)
बैंकमा आउने ग्राहकलाई विभिन्न समस्या देखाई रकम लुटपाटको घटनामा संलग्न रहेको आरोपमा कपिलवस्तु प्रहरीले दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जोगवनी भारतका राजीव तेली साह र गोरखपुरका मङ्गल साह तेली छन्। वाणिज्य बैंक, तौलिहवा शाखाका कर्मचारीको आग्रहमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरुको साथबाट प्रहरीले नेपाली एक लाख रुपैयाँ बरामद गरेको छ। उनीहरुलाई विशेष सुराकीका आधारमा दशगजाक्षेत्रबाट नेपाल आउँदै गर्दा कृष्णनगरबाट पक्राउ गरेको प्रहरी निरीक्षक कृष्ण केसीले जनाए। प्रहरी उपरीक्षक विक्रमसिंह थापाले आरोपितद्वयलाई जिप्रका, तौलिहवामा राखेर अनुसन्धान सुरु गरिएको बताएका छन्। आरोपितद्वयले पत्रकारसितको संक्षिप्त कुराकानीमा आफूहरु अपराधमा संलग्न भएको स्वीकार गरे। भगवानपुरका स्थानीय गणेश ठकुरीले गत १९ कात्तिकमा रकम निकाल्न आएको समयमा लामो लाइनमा बसेर चेक साटे लगत्तै रु. ५० हजार हराएको बताएका थिए।
Subscribe to:
Posts (Atom)