सुरेन्द्र पौडेल/काठमाडौं (नागरिक)-
इन्टरनेसनल बिजनेस मेसिन्स (आइबिएम) कर्पोरेसनले नेपालका सूचना प्रविधि (आइटी) विद्यार्थीलाई आइटी क्षेत्रको प्रयोगात्मक अनुसन्धानमा सघाउने भएको छ। आइबिएमले बनेपास्थित आइटी पार्कमा रहेको आइबिएम ओपन टेक्नोलोजी रिसोर्सेज सेन्टर मार्फत नेपाली विद्यार्थीलाई अनुसन्धानमा सघाउने भएको हो। आइटी उद्योगलाई आवश्यक जनशक्ति तयार पार्न आइबिएमले यो अवसर नेपाली विद्यार्थीलाई दिन लागेको हो। सूचना प्रविधि उच्चस्तय आयोगले रिसोर्सेज सेन्टर सञ्चालन गर्न आइटी पार्कमा स्थान उपलब्ध गराएको छ। 'आइटी उद्योगलाई जस्तो जनशक्ति चाहिन्छ त्यस्तो जनशक्ति हाम्रा कलेजबाट निस्कंदैनन्,' सूचना प्रविधि उच्चस्तय आयोगका उपाध्यक्ष मनोहरकुमार भट्टराई भने, 'आइबिएमले शिक्षा क्षेत्र र आइटी उद्योग बिचको दू घटाउन खोजेको हो।'