ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर
Showing posts with label Sukumbasi. Show all posts
Showing posts with label Sukumbasi. Show all posts

Saturday, December 5, 2009

सुकुम्वासीहरुले जंगल छाडे/छाप्रा जलाउने र भत्काउने क्रम जारी

धनगढी (कान्तिपुर)-

सुकुम्वासीहरुले डुडझारीको जंगल छाडेपछि प्रहरीले उनीहरुले बनाएर छाप्रालाई जलाउने र भत्काउने क्रम जारी छ । शुक्रबार प्रहरीसंगको झडपमा छ जनाको हाताहाति र ३० जना भन्दा बढि घाइते भएपछि उनीहरुले अतिक्रमण गरेर बसेको जंगल क्षेत्र छाडेका हुन् ।  सुकुम्वासीहरु लम्की, चिसापानीलगायत आसपासको क्षेत्रमा छरिएर रहेका छन् ।
काठमाडौ (कान्तिपुर)-

राष्ट्रिय मानव अधिकार आयोगले कैलालीमा सुकुम्वासी र प्रहरीबीच भएको झडपप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ । आयोगले आवश्यकताभन्दा बढी बल प्रयोग नगर्न तथा यस घटनाका घाइतेहरूको निःशुल्क र प्रभावकारी उपचार गर्न सरकारलाई आग्रह गरेको छ । साथै जथाभावी आगजनी, तोडफोड लगायतका कानुन विपरीत कार्यहरू नगर्न प्रदर्शनकारीहरूलाई पनि आग्रह गरेको छ ।  'सुकुम्वासी भनिएका व्यक्तिहरू र सुरक्षाकर्मीबीच भएको झडप र विभत्स हत्याका घटनाहरूप्रति चिन्ता प्रकट गर्दछ'-शनिबार आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ । आयोगले घटनास्थल र आसपासका क्षेत्रमा आगजनी, तोडफोड र कुटपिटका घटनाले तनाव कायम रहेको र कुनै पनि बेला थप झडपको सम्भावना रहेको जनाएको छ । घटनामा कम्तीमा चारको मृत्यु र तीन दर्जन व्यक्ति घाइते भएको आयोगले उल्लेख गरेको छ । 

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by