ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Thursday, November 5, 2009

नेपाली माओवादीका कारण भारतीय नेताबीच 'झगडा'

काठमाडौँ- 

नेपालका माओवादीहरुसँगको सम्बन्धलाई लिएर भारतीय नेताहरुबीच चर्को आरोप प्रत्यारोप भएको छ। यो विवादको सुरुवात तृणमुल कंग्रेस पार्टीकी प्रमुख ममता बेनर्जीले हिजो आयोजित एउटा सभामा गरेको भाषणबाट सुरु भएको हो। भारतीय पत्रिका आउटलुकका अनुसार सभामा उनले भनेकी थिइन्, "भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) ले नेपालबाट माओवादीहरु आयात गर्दै उनीहरुलाई हतियार दिएर जनतालाई आतंकित पार्ने काम गरिरहेको छ। भाकपा मार्क्सवादी र माओवादी जुम्ल्याहा हुन्। दुवै हत्यारा हुन् र दुवैलाई पश्चिम बंगालको भूमिमा कुनै स्थान छैन"

चिनियाँ बैंकद्वारा १५ अर्ब ऋण प्रदान


सहुलियत ऋणमध्ये १२ करोड अमेरिकी डलर माथिल्लो त्रिशूली जलविद्युत् परियोजना 'ए’ मा र ८ करोड अमेरिकी डलर पोखरा विमानस्थल सुधारमा खर्च गर्नुपर्नेछ । दुवै परियोजना निर्माणमा चिनियाँ ठेकेदारले काम गर्ने सहमति भएको छ ।

यदु देवकोटा/ नयाँ पत्रिका

चीनको एक्सपोर्ट-इम्पोर्ट (एक्जिम) बैंकले नेपाललाई २० करोड अमेरिकी डलर (१४ अर्ब ९७ करोड रुपैयाँ) सहुलियत ऋण प्रदान गरेको छ । नेपालले विदेशी बैंकसँग ऋण लिएको यो पहिलोपटक हो । यसअघि एसियाली विकास बैंक, विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषजस्ता अन्तर्राष्ट्रिय वित्तीय संस्थाबाट मात्र सहुलियत ऋण लिँदै आएको थियो । वाषिर्क एक दशमलब ७५ प्रतिशत ब्याजमा प्रदान गरेको सो ऋण माथिल्लो त्रिशूली जलविद्युत् 'ए' परियोजना निर्माण र पोखरा विमानस्थल सुधारमा खर्चिने कार्यक्रम छ ।

पहिला लडाकुलाई निशस्त्र बनाउः गच्छेदार



सेना, हतियार र अर्धसैनिक दस्तालाइ पहिला व्यवस्थापन गर्नुपर्यो 
काठमाडौ -

उपप्रधानमन्त्री विजयकुमार गच्छेदारले माओवादीसंग जुनसकै सहमति गर्नुपूर्व लडाकुलाई निशस्त्र गर्नुपर्ने शर्त अघि सारेका छन् । 'सेना, हतियार र अर्धसैनिक दस्तालाइ पहिला व्यवस्थापन गर्नुपर्यो' गच्छेदारले विहीवार राजधानीमा आयोजित कार्यक्रममा भने 'त्यस पछि मात्रै उनीहरुसंग कुनै प्रकारको सहमति हुन्छ ।' 

'अन्तर्राष्ट्रिय चाहना राष्ट्रिय सहमतिको सरकार'




राष्ट्रसङ्घीय महासचिव वान की मुनले राष्ट्रसङ्घीय सुरक्षा परिषद्मा दिएको राजनीतिक प्रतिवेदनमा नेपालमा राष्ट्रिय सहमतिको सरकार बनोस् भन्या छ', दाहालले बुधबार भद्रपुर विमानस्थलमा सञ्चारकर्मीसाग भने, 'त्यो र हाम्रो भनाइ मिल्छ, मुनले बोलेको एउटा व्यक्तिले बोलेको होइन, अन्तर्राष्ट्रिय समुदायको धारणा हो ।' 

नेपालमा चाइनिज वेश्यालय




नयाँ पत्रिका/ काठमाडौं

काठमाडौंको ठमेलमा विदेशी पयर्टक मात्र होइन, विदेशी यौनकर्मी पनि सक्रिय रहेछन् । फाट्टफुट्ट होइन, बकाइदा कोठी खोलेरै यौन व्यवसायमा संलग्न चाइनिज युवती र तिनका नेपाली ग्राहकलाई प्रहरीले बुधबार बेलुका पक्राउ गरेको छ । ठमेलको शिक्षा मन्त्रालयपछाडि तीनतले भव्य बंगला भाडामा लिएर चाइनिज दम्पतीले कोठी चलाउँदै आएका थिए ।

राष्ट्रसंघले हस्तक्षेप गर्यो : २२ दल

सरकारलाई समर्थन दिएका २२ दलले संयुक्त राष्ट्रसंघले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको निष्कर्ष निकाल्दै राष्ट्रसंघ समक्ष लिखित प्रस्ताव पठाउने निर्णय गरेका छन्। प्रधानमन्त्री कार्यालयमा बसेको २२ दलीय संयन्त्रको बैठकले यस्तो निर्णय गरेको हो। 'राष्ट्रसंघले हस्तक्षेप गरेको २२ दलको निष्कर्ष निकालेको छु'- नेपाली कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले भने, 'यो नेपालको आन्तरिक मामिला हो। के गर्नुपर्ने नपर्ने हाम्रो कुरा हो।' 

Wednesday, November 4, 2009

आजको कार्टून !


नेता र मन्त्रीहरुको अनावश्यक दवाव : एसपी खरेल

मनोज अधिकारी/ पोखरा- 

कास्कीका प्रहरी प्रमुख एसपी रमेश खरेलले जिल्लाको शान्ति सुरक्षा बहाल गर्ने क्रममा आफुलाई केन्द्रबाट दलका नेता र मन्त्रीहरुको धेरै दवाव आईरहेको खुलासा गरेका छन्। अपराधीलाई पक्राउ गर्दा स्थानीयस्तरबाट भन्दा केन्द्रबाट धेरैपटक अनावश्यक दवाव आए पनि आफुले कसैको दवाव नटेरेको उनले दावी गरे। 'शान्ति सुरक्षा बहाल गर्ने क्रममा पक्राउ परेका अपराधीलाई छुटाउन केन्द्रबाट दलका नेतादेखि मन्त्रीसमेतले धेरै दवाव दिने गरेका छन्' सुशासनका लागि प्रहरी प्रशासनको भूमिका विषयक अन्तरक्रियामा खरेलले भने। उनले जोसुकैको दवावलाई बेवास्ता गर्दै आफ्नै ढंगले काम गरिरहेको बताए। 'कसैको दवावमा काम गर्ने मेरो बानी छैन' उनले भने,...हवस् हजुर हेरौंला भन्छु, आफ्नो ढंगले काम गर्छु।'

सेना हाइएलर्ट


खगेन्द्र पन्त/नयाँ पत्रिका-काठमाडौं

सरकारले नेपाली सेनासहित चारैवटा सुरक्षा-अंगलाई ँहाइएलर्ट’ मा रहन आदेश दिएको छ । माओवादी आन्दोलनबारे रणनीति बनाउन मंगलबार प्रधानमन्त्री माधवकुमार नेपालले चारैवटा सुरक्षा-निकायका प्रमुखसँग बैठक गरी सेनालाई समेत ँएलर्ट’ रहन निर्देशन दिएका हुन् ।  

एक हप्तामा ४४ जना बालबालिका हराए

काठमाडौ‌- 

राजधानीमा एक हप्तामा करिब ४४ जना बालबालिका हराएका छन्। बालबालिका खोज तलास समन्वय केन्द्रका अनुसार कात्तिक ७ गतेदेखि १३ गतेसम्म हराएका ती बालबालिकामध्ये ३२ जना भने फेला परिसकेका छन्। हराएकामध्ये २५ जना बालक छन् भने १९ जना बालिका रहेका छन्। तीमध्ये १५ जना बालक र १७ जना बालिका फेला परिसकेको सो केन्द्रले जनाएको छ। सो केन्द्रका प्रमुख प्रहरी निरीक्षक मालती शाहीले चाड पर्वका बेला धेरै बालबालिका हराउने गरेको जानकारी बताए।

हेटौडा कपडा सञ्चालन नगरिने

काठमाडौं-(दैनिकी)

सरकारले हेटौडामा बन्द रहेको कपडा उद्योग संचालन गर्न नसकिने निश्कर्षसहित त्यसलाई खारेज निर्णय गरेको छ। आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो। यसअघिको सरकारले उद्योग पुनः सञ्चालन गर्ने निर्णय गरेपछि ८ करोड रुपियाँ निकासा गरेको थियो भने पछिल्लोपटक उद्योगमा करिब ६५ जना कर्मचारी पनि नियुक्त भएको थियो । यो उद्योग लामो समयदेखि बन्द रहेको छ । निरन्तर घाटामा गएका कारण यसअघिनै खारेजीमा लाने निर्णय गरिएको यो उद्योग गएको असार १५ गतेदेखि सन्चालनमा ल्याउने हल्ला चलाइएको थियो । मेसिनहरुको मर्मत गरेर आवश्यक कपासका लागि टेण्डर पनि भएको थियो । उद्योग खारेज निर्णयपछि हेटौँडाको आर्थिक कारोबारमा पनि गम्भीर असर पर्ने भएको छ ।

सुन मूल्य हालसम्मकै उच्च

काठमाडौ- 

विवाह मौसम सुरु हुनै लागेकाले सुन मूल्य आकासिँदै गएको छ । यसको मूल्य मंगलबार उच्च बिन्दुमा पुगेर नयाँ रेकर्ड कायम भएको छ । अन्तर्राष्ट्रिय मूल्य पछ्याउँदै स्थानीय बजारमा सुन मूल्य तोलामा ३० हजार रुपैयाँ नाघेको सुनचाँदी व्यवसायी संघले जनाएको छ । नेपाली रुपैयाँ अमेरिकी डलरको दाँजोमा कमजोर भएकाले पनि मूल्य वृद्धि भएको हो । 

उत्पादनशील जग्गाको बिक्री वितरण रोक्नु पर्छः प्रधानमन्त्री नेपाल

काठमाडौ- 

प्रधानमन्त्री माधवकुमार नेपालले उत्पादनशील जग्गामा बस्ती बढ्दै गएपछि खाद्य संकट बढेको उल्लेख गर्दै त्यस्ता क्षेत्रको बिक्रीबितरणमा रोक लगाउनुपर्ने बताएका छन् । 'राम्रो उत्पादन हुने ठाउँमा बस्ती बढ्दै गएको छ । यो क्रम जारी रहेमा भविष्यमा उत्पादन हुने ठाउँमा बस्ती बढ्नेछ' उनले खाद्य सुरक्षा सम्बन्धी एक गोष्ठीमा बुधबार भने, 'यसलाई नियन्त्रण गर्नका लागि हामीले राष्ट्रिय स्तरमा सही भू-उपयोग नीति तयार गर्नुपर्छ ।' उनले हालको वस्ती-आवासको व्यवस्थामा परिवर्तन गर्नुपर्ने उल्लेख गर्दै छुट्टाछुट्टै प्लटमा छुट्टाछुट्टै घर बनाउने वा एउटै प्लटमा धेरै घर बनाउने बारे पनि नीतिको आवश्यकता रहेको बताए । 

'भगवान’ बन्दै गएको भारत


नयां पत्रिका
नेपालमा राष्ट्रिय सरकार आवश्यक रहेको राष्ट्रसंघीय महासचिव बान कि मुनको विश्लेषणबाट सरकार असन्तुष्ट भएको र त्यसलाई हस्तक्षेपका रूपमा गम्भीर ढंगले लिएको भन्दै प्रधानमन्त्रीका एक सल्लाहकारको सार्वजनिक टिप्पणी आएकै दिन नेपालका लागि भारतीय राजदूतले प्रधानमन्त्री माधवकुमार नेपाल स्वयं उपस्थित कार्यक्रममा वर्तमान सरकारप्रति भारतको समर्थन मात्र दोहर्‍याएनन्, यही सरकारले संविधान बनाउने भविष्यवाणी पनि गरे । मुनभन्दा निकै कदम अघि बढेर सुदले गरेको टिप्पणीबारे भने सरकारको मौनताले विदेशी हस्तक्षेपबारे उसको दोहोरो मापदन्ड नै उजागर भएको छ । 

रुपन्देहीमा राष्ट्रिय औद्योगीक ब्यापार मेला

भैरहवा कार्तीक १८ श्याम शंकर पाण्डे

नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठन जिल्ला कार्यसमीती रुपन्देहीले आगामी माघ २२ गते देखी फागुन २ गतेसम्म भैरहवामा राष्ट्रिय औद्योगीक ब्यापार मेला तथा पर्यटन महोत्सव २०६६ आयोजना गर्ने भएको छ । संगठन भैरहवामा पत्रकार सम्मेलन गरी स्वाधीन अर्थतन्त्रका लागी औद्योगीकरण तथा ब्यापार विविधीकरण भन्ने मुल नाराकासाथ स्थानीय शिद्धार्थ रगंशालामा महोत्सवको आयोजना गर्न लागेको जानकारी गराएको हो । पर निर्भर अर्थतन्त्रलाई आत्म निर्भर अर्थतन्त्रमा रुपान्तरण गरी साना तथा घरेलु उद्योग र ब्यापारलाई प्रोत्साहन गर्न महोत्सवको आयोजना गरीएको संगठनका अध्यक्ष मनीस कुमार जोसीले जानकारी दिनुभयो ।

कङ्ग्रेस नेताको गोप्य बैठक जारी

सहभागीद्वारा बोल्ने क्रम निरन्तर
काठमाडौं, कात्तिक १८ (नागरिक)- महासमिति बैठकको अन्तिम दिन आज कङ्ग्रेस नेता शेरबहादुर देउवा, रामचन्द्र पौडेलगायत् गोप्य वार्तामा जुटेका छन्। बिहान पार्टी सभापति गिरिजाप्रसाद कोइरालासँगको भेटपछि उनीहरु गोप्य स्थानमा गोप्य बैठक गरिरहेका छन्। कङ्ग्रेस केन्द्रीय समिति विधान संशोधनबारे टुङ्गोमा पुग्न नसकेको आरोप बैठकका सहभागीले लगाइरहेका बेला उनीहरु छुट्टै सहमतिको प्रस्ताव तयारीका लागि यसरी बसेका हुन। महासमिति बैठकबाट विधान संशोधनबारे आएका राय, सुझाव समेटेर छुट्टै सहमति प्रस्ताव तयार हुँदै गरेको जानकारी स्रोतले दिएको छ।

Tuesday, November 3, 2009

आजको कार्टून !


माओवादीले शान्ति सम्झौता उल्लंघन गरेको निष्कर्ष/सेना सहित सबै सुरक्षा अंग उच्च सतर्कतामा

काठमाडौ - सरोजराज अधिकारी

माओवादीले बृहत शान्ति सम्झौताको उल्लंघन गरेको निष्कर्ष निकाल्दै सेनासहित सबै सुरक्षा अंगहरुलाई उच्च सतर्कतामा रहन सरकारले निर्देशन दिएको छ ।  मंगलबार मन्त्रिपरिषद्को बैठकमा प्रधानसेनापति, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका महानिरीक्षक तथा गुप्तचर विभागका प्रमुखसमेतलाई बोलाएर निर्देशन दिइएकेा हो ।  साथै माओवादीले आन्दोलनको घोषणा गरी स्थानीय निकाय कब्जा गरेर आफै पदाधिकारी घोषणासमेत गरेको अबस्थामा शान्ति प्रकृयाको अनुगमन गरिरहेको राष्ट्रसंघीय मिसन (अनमिन) लाई पनि सचेत गर्ने निर्णय मन्त्री परिषद्ले गरेको छ । 

धनकुटा 'नगर जनसरकार' घोषणा

धनकुटा/

एकीकृत माओवादीले धनकुटा नगरपालिकामा समानान्तर स्थानीय सरकार घोषणा गरेको छ । दोस्रो चरणको आन्दोलनअन्तर्गत नगरपालिका घेराउको कार्यक्रम राखिएकै दिन सोमबार 'नगर जनसरकार' घोषणा गरिएको हो । संघीय लिम्बुवान स्वायत्त गणराज्यको नीतिअनुसार जनप्रतिनिधि घोषणा गरेको एकीकृत माओवादी धनकुटाका सहइन्चार्ज पुष्प ढुंगानाले बताए । घोषित जनप्रतिनिधिमा नगरप्रमुख गणेश बिष्ट, उपप्रमुख कविता (विष्णुमाया) राई रहेका छन् । बिष्ट ०६० मा राजाद्वारा मनोनीत वडाध्यक्ष हुन् ।

नेपाल र अमेरिकाबीच व्यापारिक सन्धिको तयारी

विज्ञान अधिकारी-

नेपाल अमेरिकाबीच द्विपक्षीय व्यापार सम्झौता गर्न प्रक्रिया अगाडि बढेको छ। दुई मुलुकबीचको व्यापार बढाउन व्यापार तथा लगानी ढाँचा सम्वन्धी सम्झौता (टिफा) प्रक्रिया अगाडि बढाइएको हो। सम्झौताको मस्यौदा दुबै मुलुकबीच आदान प्रदान भइसकेको छ। द्धिपक्षीय व्यापार मुद्धा हेर्ने युनाइटेड स्टेट ट्रेड प्रिजिन्टेटिभ (यूएसटीआर) को दक्षिण एसिया प्रतिनिधित्व गर्ने एडीना एडलरले केही महिना अघि सम्झौताको मस्यौदा नेपाल ल्याएकी थिइन्। सम्झौतामा टेकेर द्धिपक्षीय व्यापार सन्धी गर्न सकिने सरकारको विश्वास छ। 'हामीले अमेरिकाले दिएको मस्यौदालाई केही परिमार्जन गरेर पठाएका छौ,' वाणिज्य तथा आपूर्ति सचिव पुरुषोत्तम ओझाले नागरिकसँग भने।

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by