ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर
Showing posts with label Real Estate. Show all posts
Showing posts with label Real Estate. Show all posts

Wednesday, December 9, 2009

घरजग्गा कारोबार बढेपछि बैंकमा रकम अभाव

चितवन (नयाँ पत्रिका)

जिल्लामा सेवा दिँदै आएका बैंकहरूमा घरजग्गा खरिदबिक्री व्यवसाय बढेपछि रकमअभाव देखिएको छ । रकमअभावकै कारण चितवनका बैंकहरूमा खातामा भएको रकम निकाल्न दिनभर कुर्नुपर्ने बाध्यता छ । जग्गा कारोबारमा करोडौं रकम नगद कारोबार हुने भएकाले बैंकमा पैसा अभाव भएको जग्गा कारोबारमा संलग्न व्यवसायीले बताएका हुन् । बैंकहरूले तत्काल नगद प्रवाह गर्न नसकेपछि सेवाग्राही मर्कामा परेका छन् । मालपोत कार्यालय चितवनको तथ्यांकमा जिल्लामा दैनिक ३ करोड हाराहारी जग्गा कारोबार हुने गरेको देखिए पनि अधिकांश व्यवसायीले राजस्व छल्ने हुँदा चारगुणा बढी कारोबार हुँदै आएको स्रोतको दाबी छ । 'जग्गा कारोबारीलाई ठूलो रकम आवश्यक पर्ने भएकाले बंैकहरूले तत्कालै नगद प्रवाह गर्न सकेका छैनन्,' चितवन भूमि समन्वय समाजका अध्यक्ष दिनेश चुकेले भने, 'बैंकले तत्काल रकम दिन नसकेपछि व्यवसायीले नगद घरमै राख्न थालेका छन् ।'

Wednesday, November 4, 2009

उत्पादनशील जग्गाको बिक्री वितरण रोक्नु पर्छः प्रधानमन्त्री नेपाल

काठमाडौ- 

प्रधानमन्त्री माधवकुमार नेपालले उत्पादनशील जग्गामा बस्ती बढ्दै गएपछि खाद्य संकट बढेको उल्लेख गर्दै त्यस्ता क्षेत्रको बिक्रीबितरणमा रोक लगाउनुपर्ने बताएका छन् । 'राम्रो उत्पादन हुने ठाउँमा बस्ती बढ्दै गएको छ । यो क्रम जारी रहेमा भविष्यमा उत्पादन हुने ठाउँमा बस्ती बढ्नेछ' उनले खाद्य सुरक्षा सम्बन्धी एक गोष्ठीमा बुधबार भने, 'यसलाई नियन्त्रण गर्नका लागि हामीले राष्ट्रिय स्तरमा सही भू-उपयोग नीति तयार गर्नुपर्छ ।' उनले हालको वस्ती-आवासको व्यवस्थामा परिवर्तन गर्नुपर्ने उल्लेख गर्दै छुट्टाछुट्टै प्लटमा छुट्टाछुट्टै घर बनाउने वा एउटै प्लटमा धेरै घर बनाउने बारे पनि नीतिको आवश्यकता रहेको बताए । 

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by