ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर
Showing posts with label Chitwan. Show all posts
Showing posts with label Chitwan. Show all posts

Wednesday, December 9, 2009

घरजग्गा कारोबार बढेपछि बैंकमा रकम अभाव

चितवन (नयाँ पत्रिका)

जिल्लामा सेवा दिँदै आएका बैंकहरूमा घरजग्गा खरिदबिक्री व्यवसाय बढेपछि रकमअभाव देखिएको छ । रकमअभावकै कारण चितवनका बैंकहरूमा खातामा भएको रकम निकाल्न दिनभर कुर्नुपर्ने बाध्यता छ । जग्गा कारोबारमा करोडौं रकम नगद कारोबार हुने भएकाले बैंकमा पैसा अभाव भएको जग्गा कारोबारमा संलग्न व्यवसायीले बताएका हुन् । बैंकहरूले तत्काल नगद प्रवाह गर्न नसकेपछि सेवाग्राही मर्कामा परेका छन् । मालपोत कार्यालय चितवनको तथ्यांकमा जिल्लामा दैनिक ३ करोड हाराहारी जग्गा कारोबार हुने गरेको देखिए पनि अधिकांश व्यवसायीले राजस्व छल्ने हुँदा चारगुणा बढी कारोबार हुँदै आएको स्रोतको दाबी छ । 'जग्गा कारोबारीलाई ठूलो रकम आवश्यक पर्ने भएकाले बंैकहरूले तत्कालै नगद प्रवाह गर्न सकेका छैनन्,' चितवन भूमि समन्वय समाजका अध्यक्ष दिनेश चुकेले भने, 'बैंकले तत्काल रकम दिन नसकेपछि व्यवसायीले नगद घरमै राख्न थालेका छन् ।'

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by