Saturday, October 24, 2009
बायोडिजेल कम्पनी स्थापना
काठमाडौ, २०६६ कार्तिक ७ -
आयातित खनिज डिजेलको परनिर्भरता घटाउँदै लैजाने लक्ष्यसहित एभरेस्ट बायोडिजेल कम्पनी स्थापना भएको छ । उपलब्ध जैविक स्रोत, विषेशगरी सजिवनको तेल प्रसोधनबाट बायोडिजेल उत्पादन गर्ने कम्पनीले जनाएको छ । बायोडिजेल नयाँ नेपालको दिगो इन्धनु भन्नेमा यस कम्पनी प्रतिबद्ध रहने छ, विज्ञप्तिमा भनिएको छ । कम्पनीको चुक्ता पुँजी एक करोड र जारी पुँजी १५ करोड रुपैयाँ रहेको विज्ञप्तिमा उल्लेख छ ।
कम्पनीले चितवनको चुम्लिङटारमा झन्डै २ विगाह जमिन खरिदगरी बायोडिजेल उत्पादन तथा सजिवन अनुसन्धान केन्द्र स्थापना गरेको जनाएको छ ।
गाँजाको ठाउँमा तरकारी/एकै बर्ष २ करोड आम्दानी
हेटौडा, २०६६ कार्तिक ७ -
वर्षौदेखि गाँजाको वोट लहलहगाउदै आएको दुम्सीखर्कको खेतवारी अहिले काउली, मूला र वन्दाकोपीले ढाकेको छ । सरकारी भय र त्रासले उनीहरुले गाँजा खेती गर्न छाडेका होइनन् । गाउँमा मोटर वाटो पुगेपछि उनीहरुले गाँजा खेती गर्न छाडेका हुन् । यो वर्षमात्र गोगने गाविस-७ दुम्सीखर्क, भकुण्डेलगायत यस क्ष्ाेत्रका वासिन्दाले करिब २ करोड मुल्य वरावरको तरकारी विक्री गरिसकेका छन । अझै खेतवारीमा मूला, काउली र बन्दाकोपी फुल्दैछ । मोटरवाटो पुगेपछि उनीहरुले विगत लामो समयदेखि गर्दै आएको गाँजा खेती चटक्क छोडिदिएका छन ।
'आन्दोलनको भाषाले द्वन्द्व र मुठभेड'
काठमाडौ, २०६६ कार्तिक ७ -
प्रधानमन्त्री माधवकुमार नेपालले धम्कीपूर्ण भाषाले सहमतिमा अवरोध पुग्ने भन्दै देशलाई मुठभेड र द्वन्द्वमा नधकल्न माओवादीसँग आग्रह गरेका छन् । सहमति नभए कार्तिक १५ गतेदेखि आन्दोलन गर्ने माओवादीले निर्णय गरेको भोलिपल्ट राजधानीमा शनिबार सर्बेश्वर निमाविको नवनिर्मित भवनको उदघाटन गर्दै उनले आन्दोलन गर्ने माओवादी निर्णयले सहमतिमा अप्ठ्यारो पर्ने बताए ।
'आन्दोलनले मुठभेट र द्वन्द्व निम्त्याउछ । सहमतिको बाटोमा अवरोध गर्छ ।' उनले भने, 'माओवादीलाई आन्दोलन र धम्कीको भाषा सुहाउदैन ।'
कर्णाली क्षेत्रको बिकाशमा कर्णाली राजमार्गमा
राजमार्गका नाममा सरकार र ठेकेदारले जनतालाई ठगेको
काठमाडौं, ७ कातिक (दैनिकी)
कर्णाली राजमार्गलाई व्यवस्थित बनाएमात्र कर्णाली क्षेत्रलाई वर्षेनी हुने भोकमरीबाट छुट्कारा दिलाउन सकिने सरोकारवालाहरुले औल्याएका छन । आज वीरेन्द्रनगरमा भएको एक कार्यक्रमका सहभागीले वर्षेनी हुने खाद्यान्न संकटबाट जोगाउन कर्णाली राजमार्गलाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिएका हुन । राजमार्गलाई व्यवस्थित बनाई पुग्नेजति खाद्यान्न ढुवानी गर्नसके मात्र कर्णालीले भोकमरीको चपेटाबाट छूटकारा पाउने उनीहरुको ठम्याई छ ।
मातृका यादवले जनसेना कम्पनी परिचालन गरे
सञ्जीव चापागाई कातिक ७ झापा।
मातृका यादव नेतृत्वको नेकपा माओवादीले झापामा जनसेना कम्पनी गठन गरी परिचालन गरेको छ।
पार्टीका जिल्ला इञ्चार्ज सुजनले पत्रकारसँग कुराकानी गर्दै सो जानकारी दिएका हुन्। जनसेना कमाण्डरको जिम्मेवारी सुर्यलाइ दिएको बताइएको छ।
मातृका यादव नेतृत्वको नेकपा माओवादीले झापामा जनसेना कम्पनी गठन गरी परिचालन गरेको छ।
पार्टीका जिल्ला इञ्चार्ज सुजनले पत्रकारसँग कुराकानी गर्दै सो जानकारी दिएका हुन्। जनसेना कमाण्डरको जिम्मेवारी सुर्यलाइ दिएको बताइएको छ।
जापानी लगानी भित्र्याउन एनआरएनले पहल गर्ने
काठमाडौं, कात्तिक ७ (नागरिक)-
ठूला परियोजनामा जापानी लगानी ल्याउन भित्र्याउन गैर आवासीय नेपाली संघ(एनआरएनए)ले जापान सरकारलाई आग्रह गर्ने भएको छ। जापानले नेपालको ठूला परियोजनालाई मद्दत गर्न चाहेको छ- एनआरएनएका नवनिर्वाचित अध्यक्ष देवमान हिराचनले भने। विगत ३६ वर्षदेखि जापानमा व्यवसाय गर्दै आएका हिराचनले जापानी लगानीकर्ताहरु नेपालको सूचना प्रविधि, जलविद्युत र पर्यटनमा लगानी गर्न इच्छुक रहेको बताए। वैदेसिक लगानी भित्र्याउन दोहोर कर प्रणाली खारेज गर्नुपर्ने र लगानीको वातावरण राम्रो हुनुपर्ने हिराचनले बताए। मलेसिया, चीन र सिंगापुरमा वैदेसिक लगानीका लागि दोहोरो कर प्रणाली छैन। नेपालमा पनि त्यस्तै प्रावधान हुनुपर्छ, हिराचनले भने।
माओवादी लडाकूको तलबभत्ता रोक्ने प्रमको चेतावनी
काठमाडौं, ७ कातिक (दैनिकी)
प्रधानमन्त्री माधवकुमार नेपालले माओवादीलाइ धम्कीको भाषा प्रयोग नगर्न र सहमतिको राजनीतिमा आउन आग्रह गरेका छन । उनले राष्ट्रपतिलाइ गम्भीर आक्षेप लगाएर कुनै पनि प्रस्ताव अघि नसार्न भन्दै सहमतिमा आउन आग्रह गरे । राजधानीको कोटेश्वरस्थित सर्वेश्वर मावि पाल्पाकोटको भवन हस्तान्तरण कार्यक्रममा उनले संसदको गतिरोध जारी राखेर बजेट पारित गर्नका लागि अवरोध गरे माओवादीका लडाकूको पनि तलबभत्ता रोकिने चेतावनी दिए । प्रधानमन्त्री नेपालले एकीकृत माओवादीका कारण राजनीतिक गतिरोध अन्त्य हुन नसकेको भन्दै संसदीय गतिरोध जारी राखे सरकारलाई मात्र नभई माओवादीलाई पनि अप्ठेरो पर्ने बताए ।
मन्त्रीले फुटाइन् आफ्नै गाडीको सिसा
काठमाडौं, कात्तिक ७ (नागरिक)- खेलकूद सहायक मन्त्री चन्दा चौधरीले आफूले चढ्ने गरेको सरकारी गाडीको सिसा फुटाएकी छन्। शनिबार साँझ उनलाई लिएर मन्त्री क्वाटर पुल्चोकतिर हुइँकिएको बा १ झ ४६३४ को झन्डावाला गाडी कुपन्डोल पुगेपछि बिग्रिएर रोकियो। त्यसपछि आक्रोसित बनेको सहायकमन्त्री चौधरीले गाडीको सिसामा मुक्का प्रहार गरिन्। मन्त्री चौधरीको मुक्का लागेर गाडीको पछाडिको सिसा फुट्यो। गाडीको सिसा फुटेपछि उनी कुपन्डोलबाट हिँड्दै मन्त्रीक्वार्टरतिर लागेकी थिइन्।
Friday, October 23, 2009
नेपाली आकाशमा भारतीय युद्धविमान
नेपालको राष्ट्रिय सम्प्रभुता अपमानित हुने गरी भारतले दार्चुलाको सदरमुकाम खलंगामा दिउँसै युद्धविमान उडाएको छ
नयाँ पत्रिका/ महेन्द्रनगर, ५ कात्तिक
भारतीय वायुसेनाले लगातार दुई दिन नेपाली आकाशमा सुपरसोनिक जहाज उडाएपछि सर्वसाधारण त्रसित भएका छन् । सुपरसोनिक जहाज मंगलबार र बुधबार पटक-पटक नेपाली आकाशमा प्रवेश गरे पनि नेपाल सरकारले कुनै प्रतिक्रिया जनाएको छैन । मंगलबार पहिलोपटक बिहान १० बजे ठूलो आवाज र धुवाँको मुस्लोसहित सुपरसोनिक दार्चुला सदरमुकाम खलंगामाथिको आकाशमा देखिएको थियो । केही क्षणमै विमान भारतीय सीमाक्षेत्र धार्चुलातिर हान्निएर दृश्यबाट हराएको थियो । स्रोतका अनुसार वायुसेनाको जहाजले भारतको पिथौरागढबाट उडान भरेको थियो । जहाज महाकाली नदीको किनारैकिनार कहिले नेपाली आकाशमा त कहिले भारतीय आकाश हुँदै उडिरहेको थियो ।
बेलायतमा ठगिँदै नेपाली विद्यार्थी
नवीन पोखरेल, लन्डन, कात्तिक ६-
उच्च शिक्षा लिन बेलायत आइपुगेका नयाँ विद्यार्थी काम नपाएर छटपटिइरहेका बेला उनीहरूमाथि थप प्रहार भएको छ। उनीहरूलाई यसपटक मर्माहत बनाउनेमा छन् कलेज। नेपालीद्वारा सञ्चालित केही कलेजको लापरबाहीका कारण हजारौं नेपालीको शैक्षिक भविष्य अन्यौल छ। परिधि नाघेर कोटाभन्दा बढी विद्यार्थी झिकाइदिँदा सरकारको कारबाहीमा परेका त्यस्ता कलेजले लाइसेन्स त गुमाउँदैछन्, लाखौं खर्चेर बेलायत टेकेका विद्यार्थीलाई अब अर्को कलेज खोज्न त्यति नै रकम जोहो गर्नुपर्ने बाध्यता आइपरेको छ। भर्खरमात्र होम अफिसले नेपालीद्वारा सञ्चालित लन्डन कलेज अफ इञ्जिनियरिङ एन्ड म्यानेजमेन्ट, उलबीच लन्डनको लाइसेन्स 'सस्पेन्ड' गरिदिएपछि त्यहाँ पढ्न आएका सयौं विद्यार्थीको विचल्ली हुने भएको छ।
'सहमति हुने विश्वासमा १५ गतेसम्मको समयसीमा'
'नागरिक सर्वोच्चता, राष्ट्रिय स्वाधिनता, शान्ति र संविधानको सुनिश्चितता गरेर राष्ट्रिय सहमतिको सरकार नबने १५ गतेपछि सशक्त आन्दोलनमा जानेछौ', उनले भने, 'सहमति हुनेमा मलाई विश्वास छ । त्यसो नभए कुनै पनि तागतले, विदेशी प्रभुहरुले नेपाली जनताको विजय अभियान रोक्नसक्ने छैनन ।' 
काठमाडौ, २०६६ कार्तिक ६ - माओवादी अध्यक्ष पुष्पकमल दाहालले सहमति हुने विश्वासमा १५ गतेसम्म पर्खन लागेको बताएका छन् । नेवाः मुक्ति मोर्चाले शुक्रवार ललितपुरमा आयोजना गरेको चियापानमा उनले निर्धारित समयमा पनि सहमति हुन नसके त्यसपछि हुने आन्दोलनलाई 'विदेशी प्रभुहरु'ले समेत रोक्न नसक्ने दाबी गरे । शुक्रबार बसेको माओवादी स्थायी समितिको बैठकले दलहरुसँग सहमति कायम गर्न १५ गतेसम्म पर्खने निर्णय गरेको थियो । 'नागरिक सर्वोच्चता, राष्ट्रिय स्वाधिनता, शान्ति र संविधानको सुनिश्चितता गरेर राष्ट्रिय सहमतिको सरकार नबने १५ गतेपछि सशक्त आन्दोलनमा जानेछौ', उनले भने, 'सहमति हुनेमा मलाई विश्वास छ । त्यसो नभए कुनै पनि तागतले, विदेशी प्रभुहरुले नेपाली जनताको विजय अभियान रोक्नसक्ने छैनन ।'
माओवादी नाटकलाई विराम नदिए देशमा गम्भीर संकट उत्पन्न
हतियारको बलमा राजनीति गर्ने माओवादीले नागरिक सर्वोच्चताको कुरा गर्न सुहाउदैन
विजेता सिंह/जनकपुर,६ कार्तिक
भौतिक योजना तथा निर्माण राज्य मन्त्री संजय साहले एकिकृत नेकपा माओवादीले मुलुकमा अधिनायकवाद लाद्न खोजेको आरोप लगाउनु भएको छ। जनकपुरमा आयोजित चियापान समारोहमा राज्यमन्त्री साहले अधिनायकवाद लाद्न खोजेकै कारण माओवादी नेतृत्वको सरकार ढलेको बताए। हतियारको बलमा राजनीति गर्ने माओवादीले नागरिक सर्वोच्चताको कुरा गर्न सुहाउदैन। उनले भने माओवादी सँग अहिले पनि हतियार रहेको छ। राष्ट्रपतिको कदम असंवैधानिक रहेको भन्दै माओवादीले गरिरहेको नाटकलाई विराम नदिए देशमा गम्भीर संकट उत्पन्न हुने राज्यमन्त्री साहले उल्लेख गरे।
ऋषि धमलाको मुद्दा फिर्ता लिन नमिल्ने
हरिहर योगी, काठमाडौं कात्तिक ६- काठमाडौं जिल्ला अदालतले सरकारले ऋषि धमलाको मुद्दा फिर्ता लिन नमिल्ने आदेश सुनाएको छ। चार जनाविरुद्ध ज्यान मार्ने उद्योग र अपहरण तथा शरीर बन्धक मुद्दा लगाइएको थियो । तर सरकारले तीन जनाको मात्र फिर्ता लिएको भन्दै अदालतले यसरी आंशिकरुपमा मुद्दा फिर्ता लिन नपाइने निर्णय सुनाएको हो। यस्तो मुद्दा धमलाबाहेक वीरेन्द्र केएम, रामशुभक महतो र मनोज महतोलाई लगाइएको थियो तर फिर्ता भने मनोजबाहेक अरुको मात्र लिइएको थियो। न्यायाधीश शेखरप्रसाद पौडेलको इजलासले यो निर्णय सुनाएको हो।
स्याङजामा बिना बिद्युतिय रोपवे सन्चालन कृषकहरु उत्साहित
प्रकाश डोटेल स्याङ्जा, ५ कार्तिक
ब्यावसायिक रुपबाट तरकारी खेती गर्दै आएका स्याङ्जा छाङ्छाङ्दी मन्साङकोटका कृषकहरु द्धारा उत्पादन गरिएको कृर्षि उपज बजार सम्म ढुवानि गर्न रोपवे सन्चालनमा ल्याइएको छ । नेपाल सरकारको लगानिमा उपभोक्ता समितीबाट निर्माण गरि सन्चालनमा ल्याइएको यो सेवा नेपालकै पहिलो हो। राजमार्ग क्षेत्र ब्याबसायिक कृर्षि कार्यक्रम अन्तरगत पश्चिमान्चल क्षेत्रको पांच ठाउमा रोपवे सन्चालन गर्ने उद्येस्यले निर्माण गरिएको रोपवे सन्चालन पछि छाङछाङदी गाबिसको मंसाङकोट आसपासका कृषकहरु कृषि पेशामा उत्साहित भएका छन। कृषकहरु वाटै सहकारी दर्ता गरि एक घर एक तरकारी उत्पादन गरि कृषकहरुको जिबनस्तर उकास्ने उद्यस्यले निर्माण गरिएको रोपवे सन्चालन पछि मंसाङकोटका सयौ कृषक लाभान्वित भएका छन।
गिरिजाबाबुले सुजातालाई उपप्रधानमन्त्री बनाएर गल्ती गरे - देउवा
काठमाडौं, कात्तिक ६ (नागरिक) - कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले माओवादीले सत्ता प्राप्तिलाई लक्ष्य बनाएर सहमति गर्न खोजेकोले साझा संकल्प प्रस्तावमा सहमति हुन नसकेको बताएका छन्। नेपाली कांग्रेस सम्वद्ध मुस्लिम संघ नेपालले दशै, तिहार, छट र इदुल फित्रको अवसर पारेर राजधानीमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै पौडेलले भने,'सत्ता प्राप्तिलाई लक्ष्य बनाएर माओवादीले सहमति गर्न खोजेको छ त्यसैले साझा संकल्प प्रस्तावमा सहमति हुन नसकेको हो।' माओवादीको अन्तिम लक्ष्य सत्ता प्राप्ति गर्ने भएको प्रतिक्रिया जनाउदै सडक आन्दोलनले सत्तामा जान नसकिने जिकिर पौडेलको थियो। 'सडक आन्दोलनको चेतावनीले सत्ता प्राप्ति हुदैन, संसदमा बहुमत पुर्याएर सरकार हट्छ' पौडेलले माओवादी तर्फ आक्रोशित हुदै भने।
कार्यक्रममा कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले त्रिदलिय साझा सहमतिको प्रस्तावमा राष्ट्रपतिको कदमलाई असंवैधानीक भन्ने किसिमको कुनै पनि भाषा राख्न नहुने बताएका छन्। '१८ दलको सिफारीसका आधारमा तत्कालिन प्रधानसेनापतिका विषयमा राष्ट्रपतिले कदम चालेको कुरालाई असंवैधानिक भन्न मिल्छ?' देउवाले प्रश्न गरे।
उनले उपप्रधानमन्त्रीमा सुजाता कोइरालालाई वढुवा गरेको विषयमा पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिदै भने, 'पार्टी भित्र छलफलै नगरी गिरिजावावुले सुजातालाई उपप्रधानमन्त्री बनाएर गल्ती गरे।' देउवाले पार्टीलाई जानकारीनै नदिए भएका यस्ता निर्णयले सुजाताको राजनीतिक छवी थप घट्ने टिप्पणी गरे।
कांग्रेस कार्यवहाक सभापति सुसिल कोइरालाले नयाँ संविधान निर्माण गर्न सबै दलहरु सहमतिमा आउनु पर्ने बताए। सहमति विना संविधान लेखन र शान्ति प्रक्रिया निष्कर्षमा पुग्न सक्दैन त्यसको लागि सबै दल सहमतिमा आउनै पर्छ' कोइरालाले भने।
प्रहरीलाई हतियार जोगाउनै गाह्रो
टीका भट्ट/फुलासी (रामेछाप)- , २०६६ कार्तिक ६ -
फुलासीको पोखरीडाडा चौकीका प्रहरीलाई आफुसंग जिम्मा रहेको हतियारको सुरक्षाको हरपल चिन्ता छ । प्रहरी चौकी पुनस्थार्पना भए पछि पोखरीडाडाको एउटा गाईगोठ भाडामा लिएर राखिएको चौकीको छिडिमा उनीहरुले पाएका हतियार भान्छा र कार्यालय सवै एकै स्थानमा राखेका छन् । जुन गोठ सुरक्षाको दृष्टिले उपयुक्त छैन् । 'हाम्रो कार्यालय देखि निवास स्थान र हतियार राख्ने सवै यहि गोठ हो' प्रहरी चौकीका ईन्चार्ज प्रहरी सहायक निरीक्षक बमबहादुर तामाङ्गले देखाए । कुचुमुच्च परेको सानो स्थानमा जोडिएका खाट र असरल्ल सामान राख्नु प्रहरीको रहर नभई वाध्यता भएको उनले दावि गरे । 'ठाउँनै पाईदैन, सरकारले वनाइदिएको छैन' वमबहादुरले भने - 'जसो तसो बसेका छौं तर हरपल चिन्ता हुन्छ ।'
Thursday, October 22, 2009
गगन थापा भन्छनः सुजाता फिर्ता बोलाउनु पर्छ
कोइरालालाई उपप्रधानमन्त्री बनाएपछी कार्यकर्ताको शिर निहूरिएको छ
सञ्जीव चापापाई झापा , ५ कार्त्तीक
नेपाली कांग्रेसका युवा नेता एवं सभासद गगन थापाले सुजाता कोइरालालाई उपप्रधानमन्त्रिबाट तत्काल फिर्ता बोलाउनु पर्ने बताएका छन । नेपाल प्रेस युनियनद्वारा झापाको विर्तामोडमा आयोजना गरिएको पत्रकार भेटघाटमा थापाले पार्टी भित्र निर्णय गरी कोइरालालाई उपप्रधानमन्त्रीबाट फिर्ता बोलाउनु पर्ने धारणा राखे । उनले कोइरालालाई फिर्ता नबोलाए पार्टी भित्रको गलत प्रवृतिलाई संरक्षण गर्ने प्रमुख नेता विरुद्ध भण्डाफोर अभियान चलाउने घोषणा गरे ।
Subscribe to:
Posts (Atom)