टीका भट्ट/फुलासी (रामेछाप)- , २०६६ कार्तिक ६ -
फुलासीको पोखरीडाडा चौकीका प्रहरीलाई आफुसंग जिम्मा रहेको हतियारको सुरक्षाको हरपल चिन्ता छ । प्रहरी चौकी पुनस्थार्पना भए पछि पोखरीडाडाको एउटा गाईगोठ भाडामा लिएर राखिएको चौकीको छिडिमा उनीहरुले पाएका हतियार भान्छा र कार्यालय सवै एकै स्थानमा राखेका छन् । जुन गोठ सुरक्षाको दृष्टिले उपयुक्त छैन् । 'हाम्रो कार्यालय देखि निवास स्थान र हतियार राख्ने सवै यहि गोठ हो' प्रहरी चौकीका ईन्चार्ज प्रहरी सहायक निरीक्षक बमबहादुर तामाङ्गले देखाए । कुचुमुच्च परेको सानो स्थानमा जोडिएका खाट र असरल्ल सामान राख्नु प्रहरीको रहर नभई वाध्यता भएको उनले दावि गरे । 'ठाउँनै पाईदैन, सरकारले वनाइदिएको छैन' वमबहादुरले भने - 'जसो तसो बसेका छौं तर हरपल चिन्ता हुन्छ ।'