ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर
Showing posts with label Rishi Dhamala. Show all posts
Showing posts with label Rishi Dhamala. Show all posts

Friday, October 23, 2009

ऋषि धमलाको मुद्दा फिर्ता लिन नमिल्ने

हरिहर योगी, काठमाडौं कात्तिक ६- काठमाडौं जिल्ला अदालतले सरकारले ऋषि धमलाको मुद्दा फिर्ता लिन नमिल्ने आदेश सुनाएको छ। चार जनाविरुद्ध ज्यान मार्ने उद्योग र अपहरण तथा शरीर बन्धक मुद्दा लगाइएको थियो । तर सरकारले तीन जनाको मात्र फिर्ता लिएको भन्दै अदालतले यसरी आंशिकरुपमा मुद्दा फिर्ता लिन नपाइने निर्णय सुनाएको हो। यस्तो मुद्दा धमलाबाहेक वीरेन्द्र केएम, रामशुभक महतो र मनोज महतोलाई लगाइएको थियो तर फिर्ता भने मनोजबाहेक अरुको मात्र लिइएको थियो। न्यायाधीश शेखरप्रसाद पौडेलको इजलासले यो निर्णय सुनाएको हो। 

Sunday, September 20, 2009

द्वन्द्वपीडितका लागि क्षतिपूर्ति निर्धारण गर्न समिति; ऋषि धमलाको मुद्दा फिर्ता

काठमाडौं, असोज ४ (नागरिक)-


 सरकारले द्वन्द्वपीडितका लागि क्षतिपूर्ति निर्धारण गर्न शान्ति मन्त्री रकम चेम्जोङको संयोजकत्वमा ६ सदस्यीय अध्ययन समिति गठन गरेको छ । मन्त्रिपरिषदको आइतबार बसेको बैठकले समिति गठन गरेको हो । समितिले द्वन्द्वका बेला भएको क्षति र घर जग्गा कब्जाबारे अध्ययन गरी क्षतिपूर्ति निर्धारण गर्नेछ ।

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by