ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर
Showing posts with label Mantri. Show all posts
Showing posts with label Mantri. Show all posts

Tuesday, December 8, 2009

प्रधानमन्त्रीसँग दिक्क छन् यी मन्त्री


'यो त अति भयो, मलाई किन काम नदिएको होला, तपाईंले एकपटक प्रधानमन्त्रीलाई सोधिदिनुहोला है,' मन्त्री लक्ष्मीलाल कर्णले आशावादी हुदै भने
सागर पण्डित/काठमाडौं (नयाँ पत्रिका)

जनताका धेरै गुनासा छन् । तर, नेपाल न हो, मन्त्रीका गुनासा झन् ठूला छन् । मन्त्री भएको तीन महिनासम्ममा कुनै पनि जिम्मेवारी नपाएपछि लक्ष्मीलाल कर्ण आफँ दिक्क छन् । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो आपूर्तिमन्त्री छन् । दलहरूबीच मात्र होइन, दलहरूभित्रको समीकरण पनि मिलाउन प्रधानमन्त्री माधवकुमार नेपालले सद्भावनाका लक्ष्मीलाल कर्णलाई विनाविभागीय मन्त्री बनाइदिएका छन् । तर, तीन महिनासम्म पनि भूमिका नपाएपछि उनी आफैँ कुण्ठित भएका छन् । 

Saturday, October 24, 2009

मन्त्रीले फुटाइन् आफ्नै गाडीको सिसा

काठमाडौं, कात्तिक ७ (नागरिक)- खेलकूद सहायक मन्त्री चन्दा चौधरीले आफूले चढ्ने गरेको सरकारी गाडीको सिसा फुटाएकी छन्। शनिबार साँझ उनलाई लिएर मन्त्री क्वाटर पुल्चोकतिर हुइँकिएको बा १ झ ४६३४ को झन्डावाला गाडी कुपन्डोल पुगेपछि बिग्रिएर रोकियो। त्यसपछि आक्रोसित बनेको सहायकमन्त्री चौधरीले गाडीको सिसामा मुक्का प्रहार गरिन्।  मन्त्री चौधरीको मुक्का लागेर गाडीको पछाडिको सिसा फुट्यो। गाडीको सिसा फुटेपछि उनी कुपन्डोलबाट हिँड्दै मन्त्रीक्वार्टरतिर लागेकी थिइन्।

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by