ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Tuesday, November 3, 2009

राजदूत सुदले भने- भारतको समर्थन माधव नेपाललाई


मोहन भट्टराई- नयाँ पत्रिका/ विराटनगर

भारतीय राजदूत राकेश सुदले माधव नेपाल नेतृत्वको सरकारले नै संविधान बनाउने दाबी गरेका छन् । उनले वर्तमान सरकारकै नेतृत्वमा संविधान बनोस् भन्ने भारतको चाहना रहेको पनि प्रस्ट पारेका छन् ।
भारतीय सहयोगमा विराटगरमा निर्र्मित पोलिटेक्निक कलेजको उद्घाटनमा भारतीय राजदूत

'हिम्मत भए जनविद्रोह गरेर सत्ता कव्जा गर'


विराटनगर-
नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले हिम्मत भए जनविद्रोह गरेर सत्ता कब्जा गर्न माओवादीलाई चुनौति दिएका छन् । प्रेस चौतारी मोरङ्गले मंगलवार आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले भने 'भनेर मात्र हुदैन,यदी हिमत छ भने माओवादीलाई सत्ता कव्जा गरेर देखाउन म चुनौती दिन्छु ।' विधिसम्मत बाटोबाट सरकारको नेतृत्व पनि परिवर्तन नगर्ने अनि जनविद्रोहबाट सत्ता कब्जा गर्न पनि नसक्ने माओवादीले आन्दोलनको घुर्कि लगाएर बालहठ देखाएको उनको भनाइ थियो ।
काठमाडौं-

'हिजो भर्खर आएको ५० घटी हुँदैन,' मूल्य नघटाउने अडान लिँदै बसेका व्यापारीको हातमा एक साताअघिमात्र अन्तर्राष्ट्रिय बजारमा सार्वजनिक भएको कम्प्युटर अपरेटिङ सिस्टम 'विन्डोज ७' छ, जसको मूल्य १६ हजार ५ सय रुपैयाँ (एक डलर बराबर ७५ रुपैयाँका आधारमा) हो। माइक्रोसफ्ट कम्पनीले सोचेभन्दा बढी बजार लिएको यो अपरेटिङ सिस्टमको नक्कली (पाइरेटेड) डिभिडी नेपाली बजारमा खुलेआम बिक्री भइरहेको छ। नेपालमा भारत तथा चीन दुबै मुलुकबाट यस्ता पाइरेटेड सिनेमा, गीत र सफ्टवेयर आयात हुँदै आएको छ। प्रतिलिपि अधिकार नियमावलीले यस्तो आयातलाई प्रतिवन्ध लगाएको छ। नियमावलीले अनाधिकार प्रतिलिपिको पैठारी भए भन्सार अधिकृतले कारबाही गर्न सक्ने व्यवस्था गरेको छ।

इन्टरनेट शुल्क घटाउन मन्त्रीको चासो

काठमाडौ- 

सूचना तथा सञ्चार मन्त्रालयले ब्रोडब्यान्ड इन्टरनेट सेवा विस्तार र शुल्क घटाउने विषयमा सरोकारवालासँग छलफल सुरु गरेको छ । सञ्चारमन्त्री शंकर पोखरेलले यससँग सम्बन्धित व्यक्तिलाई शुक्रबार बोलाई शुल्क घटाउन र सेवा विस्तार गर्ने संभावित उपायबारे छलफल गरेका हुन् । यसअघि मन्त्री पोखरेलले एक कार्यक्रममा इन्टरनेटको शुल्क कम गरी ग्रामीण क्षेत्र र शैक्षिक संस्थामा प्रयोग बढाउन आवश्यक भएको र आफूले त्यसका लागि काम गर्ने बताएका थिए । 

Monday, November 2, 2009

आजको कार्टुन !


एक पटक हेर्नै पर्ने सूचिमा सगरमाथा निकुञ्ज


विजय घिमिरे, लसएन्जलस

विश्व प्रसिद्ध पत्रिका नेसनल जोग्राफी ट्राभलको पछिल्लो अंकमा प्रकाशित 'जीवनमा हेर्नैपर्ने ५० उत्कृष्ट स्थान' मा नेपालको सगरमाथा राष्ट्रिय निकुञ्ज पनि परेको छ। ट्राभलको अक्टोबरमा प्रकाशित २५ औं वार्षिक उत्सव अंकमा वाइल्ड प्लेस (प्राकृतिक स्थान) शीर्षकअन्तर्गत उक्त निकुञ्जलाई राखिएको हो। सगरमाथा आरोही पिटर हिलाले सगरमाथा निकुञ्जको प्राकृतिक सौर्न्दयबारे वर्णानात्मक अनुभव लेखेका छन्। पहिलो सगरमाथा आरोही एड्मन्ड हिलाका छोरा पिटरले दुई पटक सगरमाथाको सफल आरोहण गरेका छन्। 

'ह्विलचेयर डिप्लोम्याट'


पूर्ण बस्नेत, हङकङ

शीष्ट, सक्रिय र तार्किक- उदीयमान डिप्लोम्याट- कार्यवाहक महावाणिज्यदूत सुशील लम्साल (३२) बारे यस्तो टिप्पणी प्रायः सुनिन्छ हङकङका नेपालीमाझ। महावाणिज्यदूत केशव भट्टराई सचिवमा बढुवा भएर काठमाडौं फर्किएपछि दुई महिनादेखि कार्यवाहकका रूपमा लम्सालले हङकङका कुटनीतिक मञ्चहरूमा देशको कुशल प्रतिनिधित्व गरिरहेका छन्। बेइजिङस्थित चिनियाँ परराष्ट्र मन्त्रालयको स्वीकृतिपछि

अखाद्य कालो नुन आयात; भारतमै फिर्ता पठाइने



महेश चौरसिया/बाँके,

साल्ट ट्रेडिङ कर्पोरेसनको नेपालगन्जस्थित कार्यालयले करिब चार हजार बोरा २ सय ५० टन कालो नुन आयातित कम्पनीलाई फिर्ता पठाउने भएको छ ।  भारतको गुजरातस्थित बिडी साल्ट कम्पनीबाट मगाइएको नुन साउनमा नेपालगन्ज आइपुगेको थियो । 'कालो टुक्रा मिसिएको नुन खान नमिल्ने भएकाले कम्पनीलाई फिर्ता पठाउने तयारी भइरहेको छ,' साल्ट ट्रेडिङका निमित्त प्रमुख मनोज चौधरीले भने, 'त्यसका लागि कम्पनीसँग केन्द्रबाटै कुराकानी जारी छ ।' 

पोखराका होर्डिङ बोर्ड हटाइने

मनोज अधिकारी- 

सहर कुरुप बनाउने गरी मुख्य चोक र सडक छेउमा जथाभावी राखिएका होर्डिङ बोर्डहरु पोखरा उपमहानगरपालिकाले एक सातामा हटाउने भएको छ। यसका लागि आइतबारसम्मको म्याद दिइसकिएको छ। 'स्वीकृति नलिई सहरको सुन्दरता बिगार्ने गरी राखिएका होर्डिङ बोर्ड हटाउने अभियान थाल्दै छौं,' उपमहानगर सुरक्षा शाखाका प्रमुख बसन्त चालिसेले भने,'यस्ता होर्डिङ बोर्डहरु हटाउन सम्बन्धित व्यक्ति र संस्थालाई भनिसकेका छौं।' उनले आइतबारसम्म सम्बन्धित व्यक्तिले नहटाए नगरपालिकाले झिक्ने जानकारी दिए। चालिसेकाअनुसार ठूला आकारका धेरैजसो होर्डिङ बोर्ड स्वीकृति नलिई व्यवसायीले आफूखुशी राखेका छन्। उपमहानगरभित्र ठूला आकारका होर्डिङ बोर्ड करिब २ सयको हाराहारीमा छन्। साना आकारका विज्ञापन बोर्ड करिब २ हजारको संख्यामा रहेको नगरपालिकाको अनुमान छ।

'डराएर राजीनामा दिन्न'- परमानन्द झा



श्यामसुन्दर शशि/जनकपुर 

पद निष्क्रिय रहेका उपराष्ट्रपति परमानन्द झाले सरकार,अदालत वा बम, गोलाबाट डराएर राजीनामा नदिने बताएका छन् । सोमबार अपरान्ह जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपराष्ट्रपति झाले भने-'सर्वोच्चले मलाई निष्कृय बनाएको छ । सरकार र राजनीतिकदलहरु ले कुनै वास्ता गरेका छैनन । मेरो निवासको वरिपरी बम फालिन्छ तर म डराएर राजिनामा दिने वाला छैन ।' संचारकर्मीहरुको जिज्ञासामा उनले भने घर र निवास वरिपरी वम फालिएको घटनाले मेरा परिवारका सदस्यहरु चिन्तित हुन्छन् तर म अलिकति पनि डराएको छैन । 'म माथि पहाडे र मधेसी दुबै जनताको समान सद्भाव छ'-उनले भने ।

भारतमा तीन नेपाली लुटिए, एक बेपत्ता

नेपालगन्ज/ 

भारतबाट मजदुरी गरी घर फर्किरहेका तीनजना नेपाली आइतबार बिहान भारतको चन्डीगढमा लुटिएका छन् । तीमध्ये एकजनालाई लुटेराले बेपत्ता पारेका छन् । भारतको कार्गिलबाट मजदुरी गरी घर फर्किने क्रममा उनीहरूलाई नशालुपदार्थ मिसाइएको जुस खुवाएर लुटेका थिए । बेहोस बनाएर आफूहरूबाट ९१ हजार भारतीय रुपैयाँ लुटेको पीडितले बताएका छन् । राप्तीपारि बैजापुर-६ का खैरेनीका रामफिरन चौधरीबाट ३५, सुन्दर चौधरीबाट ३० र कचनापुर-६ का कविराम थारूबाट २६ हजार भारतीय रुपैयाँ लुटपाट भएको हो । थारू आइतबार नेपालगन्ज आइपुगेपछि घटनाबारे सार्वजनिक भएको हो । उनले लुटिएकामध्ये सुन्दर अझै बेपत्ता रहेको जानकारी दिएका छन् ।

Sunday, November 1, 2009

आजको कार्टून !


सिलाइमा जनशक्ति अभाव



• ज्यालामा वाषिर्क पौने २ अर्ब विदेसियो

सुजित महत, शिला पाण्डे/काठमाडौ

ऋण काढेर वैदेशिक रोजगारीमा गएका लाखौं नेपाली औसत कमाइका लागि कडा शारीरिक परिश्रम गर्न बाध्य छन् । मुलुकमै बसेर आकर्षक कमाइ गर्न सकिने सिलाइ पेसामा भने दक्ष जनशक्ति अभाव छ । महिनामा १५ देखि ३० हजार रुपैयाँसम्म कमाइ हुने टेलिरिङ व्यवसायको श्रम बजार भारतीय जनशक्तिको कब्जामा छ । खाडी मुलुकका साथै मलेसियामा मासिक १० हजार रुपैयाँका लागि कठोर परिश्रम गरिरहेका छन् ।

चीन–भारत बढ्दो तनावको गम्भीर संकेत


चीनले भारतमाथि सीमा विवादका सम्बन्धमा दवाव बढाउँदै लगेको समयमा भारतले दलाई लामालाई प्रयोग गरी चीनलाई चुनौति दिनु र त्यसको जवाफमा चिनियाँ पक्षवाट अझ कठोर प्रतिक्रिया आउनुलाई सामान्य मान्न सकिन्न।


दीपक गजुरेल

लामो समयदेखि सीमाका बारेमा विवाद गरिराखेका चीन र भारतबीच अहिले तनाव बढेको छ। केही महिनादेखि दुबै देशका सञ्चार माध्यम मार्फत आरोप प्रत्यारोप भैराखेकोमा अहिले सरकारी तथा आधिकारिक स्तरमै एक अर्काप्रति आक्षेप लगाउन थालिएको छ।

बाबु पहिचान नभए अंगीकृत नागरिकता

काठमाडौ

बाबुको पहिचान नभएका सन्तानलाई अंगीकृत नागरिकता दिने प्रावधान नयाँ संविधानमा राख्ने प्रस्ताव गरिएको छ । संविधानसभाको मौलिक हक समितिले बाबुको पहिचान नभएको अवस्थामा नागरिकतै नपाउने स्थितिको अन्त्यका लागि यो प्रावधान राख्ने सहमति जुटाएको हो ।  यसबाट बाबुको पहिचान नभएका, बलात्कारलगायत घटनाबाट जन्मिएकाले सहज रूपमा नागरिकता पाउनेछन् । परम्परागत रूपमा वादी र देउकी प्रथाबाट जन्मेका सन्तानले पनि सहजै पाउन सक्नेछन् । अहिले बाबुको पहिचान नभएकालाई नागरिकता लिन निकै समस्या छ । आमाको नामबाट पाउने व्यवस्था भए पनि निकै कानुनी झन्झट बेहोर्नुपर्छ । बाबुको नागरिकताको प्रतिलिपि पनि पेस गर्नुपर्नेलगायत कारणबाट धेरैले सहज रूपमा प्राप्त गर्न सकेका छ्रैनन् ।

एकीकृत माओवादीको आन्दोलन आजबाट सुरु हुने

अनलाईन खबरबाट साभार
काठमाडौं, १५ कार्त्तिक

नागरिक सर्बोच्चताको लागि भन्दै एकीकृत नेकपा माओवादीले घोषणा गरेको दोस्रो चरणको आन्दोलन आजबाट शुरु हुने भएको छ। आन्दोलनको पहिलो दिन आज देशभर मशाल जुलुश कार्यक्रम राखिएको छ।काठमाडौं उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरमा साँझ पौने ६ बजे एकैसाथ माओवादीले विशाल मशाल जुलुश निकाल्ने कार्यक्रम तय गरेको छ । यसका लागि जनवर्गिय सङ्गठनहरुलाई मशाल जुलुश निकाल्न निश्चित स्थान तोकिएको छ ।

फाँटवाला नसुधि्रए प्रमुख जिम्मेवारः आयोग

काठमाडौ

'कार्यालयका फाँटवालाहरूले के गर्दैछन् भन्ने बारेमा या त तपाइहरूलाई कुनै सूचना छैन या तपाइहरूको पनि मिलोमतो छ ? म अहिल्यै नै तपाइहरूको मिलोमतो छ भन्दिन तर फाँटवालाहरूले के गर्दैछन् भन्ने बारेमा गहिरिएर अनुगमन गर्नुहोस् ।' जनताले दैनिक प्रत्यक्ष सरोकार राख्ने मन्त्रालयका सचिव, विभाग र कार्यालयका प्रमुखहरूको भेलालाई सम्बोधन गर्दै शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यवाहक प्रमुख ललितबहादुर लिम्बूले उक्त कुरा भनेका हुन् । 'दैनिक उजुरी परेको छन्, सेवाग्राहीलाई दुःख दिने र रकम लिने कार्य रोकिएको छैन, अख्तियारका कर्मचारी सेवाग्राहीका रूपमा जाँदा विगतमाझंै झमेला दिने कार्य भइरहेकै छन्' लिम्बूले सबै मन्त्रालयका सचिव, महानिर्देशक र कार्यालय प्रमुखको दुई घन्टा लामो भनाइ सुनेपछि भने, 'फाँटवालाको काम अनुगमन गर्नुभएन भने दोष तपाईंहरूलाई नै लाग्छ ।'

फोरम पनि आन्दोलनको तयारीमा

काठमाडौ

विगतमा भएका सम्झौताहरुकोको कार्यान्वयनको माग गर्दै मधेशी जनअधिकार फोरमले आइतबार प्रधानमन्त्री माधवकुमार नेपाललाई ज्ञापन पत्र बुझाएको छ । माओवादीले आन्दोलन सुरु गरेकै दिन फोरमले पनि आन्दोलनको चेतावनी सहित ज्ञापन पत्र बुझाएको हो । फोरमले उपराष्ट्रपतिको क्रियाशिलताको माग पनि गरेको छ । ज्ञापनपत्रमा हिन्दी भाषालाई सरकारी कामकाजको भाषा घोषित गरी उपराष्ट्रपतिको क्रियाशिलताको माग गरिएको छ । नौ बुंदे ज्ञापन पत्रमा आफ्नो पार्टीसंग भएको २२ बुंदे र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासंग भएको ८ बुंदै सम्झौता पूर्ण रुपमा कार्यान्वयन गर्न तथा मधेश आन्दोलनका बेला आफ्ना कार्यकर्ता माथि लगाइएका मुद्दा फिर्ता लिन पनि माग गरिएको छ । 

तीन दलका प्रमुख 'सहमतिको सरकारका लागि तयार'

उजिर मगर, काठमाडौं

माओवादी नेतृत्वमा सहमतीको सरकार गठनका लागि माओवादी, कांग्रेस र एमालेका प्रमुखहरूबीच समझदारी भएको केही जानकार स्रोतले दाबी गरेका छन्। अन्तरिम संविधानको अर्को संशोधनद्धारा 'राष्ट्रपतिको कार्यक्षेत्र प्रष्ट उल्लेख गर्ने' सहमति तीन नेताबीच भएको पनि तिनको दाबी छ। स्रोतका अनुसार, त्यही समझदारी बढेपछि राष्ट्रपति रामवरण यादवले कानुन व्यवसायीहरूसँग आफूलाई दलहरूले आक्षेप लगाउन खोजेको असन्तुष्टी व्यक्त गरेका थिए। कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला र एमाले अधयक्ष झलनाथ खनालसँग एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालको केही चरणमा छलफल भइसकेको र त्यसले 'वातावरण परिपक्व भएपछि' साकार रूप लिने तिनले दाबी गरेका छन्।

माओवादीलाई सहमतिमा ल्याएरै छाड्छुः कोइराला

काठमाडौँ/(नागरिक)- 

नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले माओवादीलाई सहमतिमा ल्याएरै छाड्ने बताएका छन्। राजधानीको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा भएको पार्टी महासमिति बैठकको उदघाटन गर्दै कोइरालाले माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई सहमतिमा आउन आग्रह पनि गरे। बैठकलाई सम्बोधन गर्दै कोइरालाले विधान संशोधन नगरी अहिले कै संरचनामा पार्टीलाई चलाउन आफूले महासमिति सदस्यहरुको सहयोग पाउने आशा व्यक्त गरे। 

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by