नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले हिम्मत भए जनविद्रोह गरेर सत्ता कब्जा गर्न माओवादीलाई चुनौति दिएका छन् । प्रेस चौतारी मोरङ्गले मंगलवार आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले भने 'भनेर मात्र हुदैन,यदी हिमत छ भने माओवादीलाई सत्ता कव्जा गरेर देखाउन म चुनौती दिन्छु ।' विधिसम्मत बाटोबाट सरकारको नेतृत्व पनि परिवर्तन नगर्ने अनि जनविद्रोहबाट सत्ता कब्जा गर्न पनि नसक्ने माओवादीले आन्दोलनको घुर्कि लगाएर बालहठ देखाएको उनको भनाइ थियो ।
Showing posts with label Ishwor Pokhrel. Show all posts
Showing posts with label Ishwor Pokhrel. Show all posts
Tuesday, November 3, 2009
Monday, October 12, 2009
माओवादीको अतिवाद र अराजकताविरुद्ध प्रतिकारमा उत्रन आग्रह
बनेपा, असोज २६ (नागरिक)-
नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माओवादीलाई वर्तमान राजनीतिक गतिरोधको कारक भएको आरोप लगाएका छन्। 'माओवादीको अतिवाद र अराजकताकै कारण देशमा राजनीतिक गतिरोध देखापरेको हो'- नेता पोखरेलले भने। सहमतिको राजनीतिको प्रमुख वाधक माओवादी भएको बताउँदै उनले दलहरुसँग बन्द कोठामा माओवादीले सहमतिका कुरा गर्ने तर सार्वजनिकरुपमा त्यसविपरित बोल्ने गर्नाले गतिरोध अन्त्य हुन नसकेको दाबी गरे। 'हामीबीच प्रशस्तै कुरा भए तर माओवादी दुईखाले कुरा गर्छन्। उनीहरुको व्यवहार नसच्चिएसम्म सहमति हुन गाह्रो छ।'
Thursday, September 24, 2009
एमालेद्वारा माओवादीलाई चार विकल्प; 'माओवादी मात्तिएको साँढे'
गजेन्द्र बोहरा, दाङ असोज ८- एमालेका महासचिव ईश्वर पोख्रेलले 'सरकार ढाल्ने' चेतावनी दिइरहेको माओवादीलाई चारवटा विकल्प दिएका छन्। उनले माओवादीका लागि अघि सारेको पहिलो विकल्पअनुसार ऊ सहमतिमा आउन नमाने 'विद्रोह गरेरै सत्ता कब्जा गर्नुपर्नेछ।' तर माओवादीले भनेजस्तो विद्रोहको परिणाम थेग्न सक्छ कि सक्दैन भन्नेबारे भने अघि नै विचार गर्न उनले माओवादीलाई सुझाव दिए।
Subscribe to:
Posts (Atom)