महेश चौरसिया/बाँके,
साल्ट ट्रेडिङ कर्पोरेसनको नेपालगन्जस्थित कार्यालयले करिब चार हजार बोरा २ सय ५० टन कालो नुन आयातित कम्पनीलाई फिर्ता पठाउने भएको छ । भारतको गुजरातस्थित बिडी साल्ट कम्पनीबाट मगाइएको नुन साउनमा नेपालगन्ज आइपुगेको थियो । 'कालो टुक्रा मिसिएको नुन खान नमिल्ने भएकाले कम्पनीलाई फिर्ता पठाउने तयारी भइरहेको छ,' साल्ट ट्रेडिङका निमित्त प्रमुख मनोज चौधरीले भने, 'त्यसका लागि कम्पनीसँग केन्द्रबाटै कुराकानी जारी छ ।'