ऋषिकेश दाहाल/काठमाडौं (नागरिक)-
बैंकमा नोट अभावले एटिएमबाट समेत पैसा झिक्न नसकेका उपभोक्ताले अब अभौतिक (भर्चुअल) रुपैयाँबाट किनमेल गर्न सक्ने भएका छन्। अहिले नेपाल बैंकको डेबिट कार्ड लिएका उपभोक्ताले यो सेवा पाउन थालिसकेका छन् भने लक्ष्मी बैंक र सिद्धार्थ डेभलपमेन्ट बैंकका खातावालाले पनि छिट्टै भर्चुअल नोटबाट कारोबार गर्न सक्नेछन्।'नेपाल बैंकपछि सिद्धार्थ डेभलोपमेन्ट बैंकको पक्षण सफल भएको छ,' स्मार्ट च्वाइस टेक्नोलोजी (एससीटी) का प्रमुख प्राविधिक अधिकृत समीर बज्राचार्यले भने, 'सिद्धार्थले केही दिनमै यो सेवा दिनेछ। लक्ष्मी बैंकमा पक्षण थालिसकेका छौं।'