काठमाडौं, ४ असोज
नेपाल राष्ट्र बैंकबाट हालै सञ्चालन अनुमति पाएको इन्टरनेसनल डेभलपमेन्ट बैंकले आइतबारदेखि औपचारिक कारोबार सुरु गरेको छ । राजधानीको टेकुस्थित अम्बे कम्लेक्समा प्रधान कार्यालय रहेको बैंक राष्ट्रिय स्तरको बाह्रौं विकास बैंक हो । दुई अर्ब अधिकृत पुँजी र ६४ करोड जारी पुँजी भएको बैंकको चुक्ता पुँजी ४४ करोड ८० लाख रुपैयाँ छ ।