ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर
Showing posts with label Women's Right. Show all posts
Showing posts with label Women's Right. Show all posts

Wednesday, September 9, 2009

पूर्व स्पाइस गर्ल नेपालमा - नेपाल सन् २०१० मा लैङ्गिक हिंसामुक्त हुने

करिश्मा र निखिलले दिए साथ

काठमाडौं २४ भदौ (दैनिकी)

चर्चित बेलायती ब्यान्ड स्पाइस गर्लकी पूर्व सदस्य गेरी ह्यालिबेलले नेपालसहित विश्वका सबै भागबाट महिला हिंसा अन्त्य गर्नु पर्ने बताएकी छिन।
'महिला हिंसा अन्त्य गरौं' राष्ट्रिय अभियानको थालनी गर्न बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा २१ औं शताब्दीमा पनि महिलाहरु हिंसाको शिकार भइरहेको भन्दै यसको अन्त्यका लागि सामुहिक प्रयास गर्नुपर्ने बताइन।
स्पाइस गर्लबाट सन् १९९८ मा अलग भएकी गेरी संयुक्त राष्ट्र संघीय जनसंख्या कोष (यूएनएफपीए)को सदभावना राजदूत हुन।
सो कार्यक्रममा नेपाली चलचित्र जगतका करिष्मा मानन्धर र निखिल उप्रेतीले पनि महिला हिंसाविरुद्ध आवाज उठाउन चलचित्रका क्षेत्रमा आफूहरुले पहल गर्ने बताए ।
कार्यक्रममा प्रधानमन्त्री माधव नेपालले नेपाललाई महिला हिंसामुक्त गर्न सरकारले राष्ट्रिय अभियान चालेको बताए । उनले सन २०१० लाई सबै किसिमका विभेद अन्त्य गर्दै महिला हिंसा अन्त्य वर्षका रुपमा मनाउने घोषणा गरे ।


यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by