काठमाडौं, असोज ७ (नागरिक)- अमेरिकाले आगामी पाँच वर्षका लागि झण्डै १५ अर्ब ७३ करोड ४० लाख रुपैयाँ आर्थिक सहयोग दिने भएको छ। अमेरिकी सहयोग नियोग (युएसएड) मार्फत् उपलब्ध गराउने सहयोगसम्बन्धी सम्झौतामा मंगलबार अर्थ मन्त्रालयका सहसचिव कपिलदेव घिमिरे र युएसएडका निर्देशक केभिन ए रसिङले हस्ताक्षर गरेका छन्।