नयँा पत्रिका
काठमाडौं, १९ पुस
पर्यटन वर्ष-२०११ लाई सफलतापूर्वक सम्पन्न गर्नका लागि आवश्यक सुझावका लागि नेपाल पर्यटन बोर्डले उद्यमी तथा व्यवसायीसँग आइतबारदेखि छलफल सुरु गरेको छ । १० लाख पर्यटक ल्याउने लक्ष्य राखिएको पर्यटन वर्ष-२०११ लाई सफल पार्नका लागि सरोकारवाला सबै पक्षलाई सहभागी गराउन छलफल थालेको हो । पूर्वघोषित कार्यक्रमअनुसार बोर्डले सोमबार सरकारी निकायहरू सेना, प्रहरी तथा सरकारी कर्मचारी, २१ पुसमा राजनीतिक दल तथा तिनका भ्रातृसंगठनसँग छलफल आयोजना गर्नेछ भने २२ पुुसमा पर्यटनविज्ञ, कलाकार तथा सञ्चारमाध्यका प्रतिनिधिसँग छलफल गर्ने बताएको छ ।