ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर
Showing posts with label TU. Show all posts
Showing posts with label TU. Show all posts

Friday, January 8, 2010

नक्कली कार्ड बढेपछि इलेक्टा्रेनिक्स बनाउन त्रिविको निर्देशन


भवानीश्वर गौतम (नयाँ पत्रिका) /काठमाडौं, २३ पुस

नक्कली कार्डको प्रयोग बढेको गुनासो आउन थालेपछि त्रिभुवन विश्वविद्यालयले आफ्ना मातहतका क्याम्पसलाई विद्यार्थीको कार्ड इलेक्ट्रोनिक्स बनाउन निर्देशन दिएको छ । यातायात व्यवसायी, यातायात व्यवस्था विभाग र विद्यार्थी प्रतिनिधिसँगको छलफलपछि त्रिविले इलेक्ट्रोनिक्स कार्डको प्रयोग गर्न सबै क्याम्पसलाई निर्देशन दिएको हो । विद्यार्थीको अध्यधिक चाप हुने क्याम्पसले भने इलेक्ट्रोनिक्स कार्डको प्रयोग गर्न असम्भव भएको बताएका छन् । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद शाखा प्रमुख गंगा थापाका अनुसार उपत्यकाका क्याम्पसलाई फागुन मसान्तभित्रमा कार्ड बनाएर १ चैतबाट लागू गर्न र उपत्यकाबाहिरका क्याम्पसलाई चैत मसान्तभित्रमा कार्ड बनाइसकेर १ वैशाखबाट लागू गर्न लिखित निर्देशन दिइएको छ । त्रिविका देशभरमा ६ सय १६ सम्बन्धनप्राप्त र ६० आंगिक क्याम्पस छन् । रत्नराज्य लक्ष्मी -नेपाल मानविकी) क्याम्पसप्रमुख गोपालचन्द्र पोखरेलले भने इलेक्ट्रोनिक्स कार्ड लागू गर्न असम्भव रहेको बताए । क्याम्पसप्रमुख पोखरेलले नयाँ पत्रिकासँग भने, 'कार्डमा होलोग्राम त बल्लबल्ल टाँस्यौँ, अब इलेक्ट्रोनिक्स कार्ड बनाउन असम्भव छ ।'

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by