ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर
Showing posts with label Sugauli Treaty. Show all posts
Showing posts with label Sugauli Treaty. Show all posts

Friday, January 8, 2010

सुगौली सन्धीपछि विधिवत उपनीवेशः गुरुङ

पोखरा , २०६६ पुस २४ - 

माओवादीका पोलिटब्यूरो सदस्य देब गुरुङले सुगौली सन्धीपछि नेपाल विधिवत रुपमा उपनीबेश बनेको र भारतसंगको सन् १९५० सन्धी पंचशीलको मान्यता तथा राष्ट्रसंघको बडापत्र विरुद्ध भएको बताएका छन ।  माओवादीको चौथो चरणको आन्दोलन अन्तर्गत शुक्रबार पोखरामा आयोजित नेपालको राष्ट्रिय स्वाधिनता विषयक अन्तरक्रियामा बोल्दै गुरुङले राणा शासनकालदेखि नै सार्वभौमसत्ता कुण्ठित हुदै आएको बताएका हुन ।  गुरुङले नेपाललाई एक प्रान्त बनाउने योजनामा भारत रहेको दावी गरे । त्यही भएर उसले भूपरिबेष्ठित राष्ट्रले पाउने सुविधा तथा अधिकारमाथि ब्यापार तथा पारवाहन सन्धीमार्फत कुण्ठित बनाउदै लगेको भन्दै गुरुङले सुगौलीसन्धी देखि राष्ट्रपतिको कदमसम्मका सबै गतिविधिमा भारतले हस्तक्षेप गर्दै आएको बताए ।  भारतले अहिले नेपालको जलस्रोतलगायत अन्य प्राकृतिक स्रोतसाधनमाथिको प्रभाव बढाउदै लैजान खोजिरहेको गुरुङले बताए । भारतीय विस्तारबादसामु नेपाली शासक तथा सामन्तवादीहरुले घुडा टेकीसकेकाले भारतको आशिर्वादविना पृथक ढंगले हिड्न नसक्ने अवस्था भएको गुरुङको भनाई थियो । 

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by