काठमाडौ, असोज १५ -
नेपालमा पहिलोपटक परिकल्पना गरिएको खाद्य बैङ्क र हवाई एम्बुलेन्सको व्यवस्थापनका लागि आर्थिक स्रोत जुटाउन बिहीबारदेखि नयाँ बानेश्वरमा श्रीमद्भागवत् सप्ताह महायज्ञ सुरु भएको छ। गरिबी र भोकमरीका साथै मुलुकको जटिल भौगोलिक अवस्थाको कारण हवाई एम्बुलेन्सको आवश्यकता महसुस गरी युवा समूहले सो कार्यको परिकल्पना गरी अभियान आरम्भ गरेका हुन् ।