पर्वत- पूर्ण विके
स्थानीय जुठीमाया गुरुङ्गले 'रोप वे' वनेपछि आफूहरुको उत्पादन सजिलै बजार पुर्याउन सकिने भएकोले व्यावसायीक रुपमा तरकारी खेतीतर्फ लागेको वताइन् । 'पहिला तरकारी उत्पादन गरेपनि वजार पुर्याउन गाह्रो थियो,' उनले भनिन्, 'अहिले गाउँमा तरकारी लगाउनेको होड नै चलेको छ ।' 
आफ्नै पहलमा 'रोप वे' निर्माण हुने भएपछि छिम्केश्वरी १ वरालुङ्गका महिलाहरु ब्यावसायीक तरकारी खेतीमा आकषिर्त भएका छन् । आफूहरुले उत्पादन गरेको तरकारी चितवनको पाँचकिलोसम्म पुर्याउन दुई घण्टा भन्दा बढी समय लाग्ने गरेपनि 'रोप वे' ले सहज बनाउने भएपछि महिलाहरु तरकारी खेतीतर्फ आकषिर्त भएका हुन् ।