काठमाडौं, कात्तिक ९ (नागरिक) - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले माधवकुमार नेपाल नेतृत्वको सरकारलाई २२ दलको समर्थन भएकाले एकिकृत माओवादीले ढाल्न नसक्ने दाबी गरेका छन् । 'माओवादीले सडकमा उफ्रिएको भरमा सरकार ढल्दैन,' अध्यक्ष राणाले सोमबार रिपोर्टर्स क्लबमा भने,'माओवादीसंग सामर्थ्य छ भने अविश्वासको प्रस्ताव ल्याएर देखाओस् ।' सडक र सदन अवरुद्ध पारेर माओवादीले जनतालाई दुःख दिइरहेको टिप्पणी पनि उनले गरे । लोकतान्त्रिक पद्धति विपरित माओवादी गतिविधि निर्देशित रहेको आरोप राणाले लगाए । बहुमत पुर्याउन नसक्ने देखेपछि माओवादीले जताततै अवरोध सृजना गरेको बताए ।