ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर
Showing posts with label Pashupatinaath. Show all posts
Showing posts with label Pashupatinaath. Show all posts

Saturday, September 5, 2009

पुजारी सुरक्षामा भारतको चासो, भारतीय राजदूत पशुपतिमा


भारतीय राजदूत राकेश सुद पशुपतिनाथको मन्दिर पुगेका छन्। सरकारले पशुपतिनाथको पुजारीमा नियुक्त गरेका भारतीय नागरिक गिरिश भट्ट र राघवेन्द्र भट्टलाई माओवादी कार्यकर्ताले आक्रमण गरेपछि उनीहरुको सुरक्षाप्रति भारतले चासो देखाएको हो।
भारतीय राजदूत सुद मन्दिरमा पुग्दा संस्कृतिमन्त्री मिनेन्द्र रिजाल पनि त्यहीँ थिए। राजदूत सुदले सो विषयमा माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग कुरा गरेको टाइम्सअफइन्डियाडटकमले जनाएको छ।

बिबिसी हिन्दी सेवाले भारतीय पुजारीमाथि हातपात भएकोमा भारतले नेपाल सरकारसँग वार्ता गरेको जनाएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता विष्णु प्रकाशका अनुसार नेपाल सरकारले दुबै पुजारीको सुरक्षा दिने विश्वास दिलाएको छ।

कडा सुरक्षाबीच भारतीय भट्टहरुले शनिबारदेखि काम पनि सुरु गरिसकेका छन्।

भारतीय राजदूत सुद र मन्त्री रिजाल पशुपति मन्दिर परिसर पुग्दा त्यहाँ भेला भएका प्रदर्शनकारीले राष्ट्रियता सम्बन्धी नारा लगाएका थिए। भारतीय पुजारीलाई शुक्रबार प्रदर्शनकारीले कुटपिट गरेपछि पशुपति वरपरको क्षेत्रलाई सरकारले निषेधित क्षेत्र घोषणा गरेको छ।

मन्त्री रिजालले त्यहाँ संवाददाताहरुसँग कुरा गर्दै पशुपतिमा परम्परमा अनुसार नै भारतीय पुजारी नियुक्त गरिएको भन्दै त्यसलाई अनावश्यक राजनीतिक विषयमा नपार्न अनुरोध गरेका थिए।

रिजालले पुजारीहरुलाई भेटी शुक्रबार भएको घटनाप्रति दुःख व्यक्त गरेका थिए। उनले सुरक्षाको व्यवस्थामा सरकारले कुनै कसर बाँकी नराख्ने भन्दै मन्दिरमा बिना अवरोध पाठ पूजा गर्न अनुरोध गरेका थिए।

भारतीय दूत सुदले पनि भारतीय पुजारीहरुसँग भेटी उनीहरुको स्थितिका विषयमा जानकारी लिएका थिए। नेपाल सरकारले पुजारीहरुको सुरक्षाका लागि प्रतिवद्धता व्यक्त गरेको भन्दै सञ्चारकर्मीमाझ उनले सरकारलाई धन्यवाद समेत दिए। सुदले भारतको बद्री केदारमा सदियौं देखि नेपाली पुजारीहरु रहेको उदाहरण दिदैं पुजारी नियुक्तमा विरोध हुन नपर्नेमा जोड दिए।

Friday, September 4, 2009

पशुपतिका नयाँ पुजारीहरुमाथि आक्रमण

काठमाडौ‌, भदौ १९ (नागरिक)- पशुपतिनाथ मन्दिरमा भारतीय पुजारी नियुक्त भएपछि त्यसको विरोधमा बनेको स‌ंघर्ष समितिले गुफामा बसेका भट्टहरुलाई शुक्रबार आक्रमण गरेको छ। भट्टहरु गुफामा बसेकै स्थानमा गएर संघर्ष समितिका व्यक्तिहरुले दुर्ब्यवहार गरेको प्रहरीले जनाएको छ।
शुक्रबार पनि दिनभर प्रदर्शनका कारण गौशाला क्षेत्र वरपर तनाव भएको छ। दुबै भट्टलाई बाहिर निकालेर जनै चुँडाल्न लागेपछि प्रहरी लगाएर प्रदर्शनकारीलाई त्यहाँबाट धपाइएको पशुपति विकास कोषका पदाधिकारीले जनाएका छन्।
प्रत्यक्षदर्शीहरुले भने भट्टलाई बाहिर निकालेर जनै चुँडाइएको बताएका छन्।

चार दिनको गुफापछि भट्टहरुले शनिबारदेखि पशुपतिनाथमा पुजा गर्ने कार्यक्रम छ।

नवनियुक्त भट्टहरु गिरीशले मन्दिरको उत्तर मुहार र राघवेन्द्रले बासुकी मन्दिरमा पूजाको जिम्मेवारी सम्हाल्ने बताइएको छ। पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नरोत्तम वैद्यकाअनुसार शनिबार बिहान आठ बजेदेखि साइतस्वरुप पूजाको प्रारम्भ हुने भएको छ।

भारतबाट नयाँ भट्ट नियुक्ति भएकोमा आइतबारदेखि तालाबन्दी सुरु गरेको पशुपति भट्ट नियुक्ति संघर्ष समितिले आफ्ना विरोधका कार्यक्रमलाई झनै तीव्र बनाउने क्रममा भट्टहरूलाई गुफाबाट निकाल्न खोजिएको संघर्ष समिति परमानन्द शाक्यले बताए।

समितिले रिक्त स्थानमा प्रतिस्पर्धाका आधारमा नेपाली नागरिकलाई नै भर्ना गरिनु पर्ने भन्दै पूजारी नियुक्ति प्रक्रिया तत्काल रोक्न माग गरेको थियो।

पशुपतिमा पुजारी प्रवेशको विषयलाई लिएर त्यस क्षेत्रमा हुने गतिविधिलाई नियन्त्रणका लागि व्यापक सुरक्षा तयारी भैरहेको छ।


यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by