बारा, २०६६ कार्तिक २ - बाराका पत्रकार वीरेन्द्र साहका हत्याका अभियुक्त हरेराम पटेललाई प्रहरीले शनिबार राति पक्राउ गरी छाडेको विरोधमा पत्रकारहरुले विरोध -याली निकालेका छन् । नेपाल पत्रकार महासंघ बाराको अगुवाईमा दण्डहीनताको अन्त्य पे्रस स्वतन्त्रताको रक्षा एवम पत्रकार सुरक्षा लगायतकाको माग गर्दै बारा सदरमुकाम कलैयामा मौन विरोध -याली निकालिएको हो । -याली पश्चात बाराका प्रमुख जिल्ला अधिकारी तारानाथ गौतमलाई भेटी संचारकर्मीहरुले घटनाको छानवीन एवम दोषीमाथि कारवाही लगायतकाको माग राखेका थिए ।
Showing posts with label News Reporters. Show all posts
Showing posts with label News Reporters. Show all posts
Monday, October 19, 2009
Sunday, October 18, 2009
वीरेन्द्र साहको हत्याका आरोपी मुक्त
काठमाडौँ, कात्तिक १ (नागरिक)-
दुई वर्षअघि पत्रकार वीरेन्द्र साहको हत्यामा संलग्न भएको आरोप लागेका हरेराम पटेललाई जिल्ला प्रहरी कार्यालय बाराले पक्राउ गरेको एक घण्टामै रिहा गरेको एभिन्युज टेलिभिजनले जनाएको छ। टेलिभिजनका अनुसार चार जना प्रहरीको टोलीले उनलाई गएराति बाह्र बजे सुतिरहेको अवस्थामा पक्राउ गरे पनि प्रहरी निरीक्षक डासीराम ढुंगानाले प्रहरी कार्यालय ल्याएको एक घण्टामै मुक्त गरेका हुन्।
Subscribe to:
Posts (Atom)