ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर
Showing posts with label Nepali language. Show all posts
Showing posts with label Nepali language. Show all posts

Sunday, January 3, 2010

भारतीय विद्यालयमा नेपाली भाषा अनिवार्य

बेचु गौड/परासी (कान्तिपुर)- 

नेपालमा भाषा सम्बन्धी विवाद चर्किरहेको बेला सीमावर्ती भारतीय क्षेत्रका केही विद्यालयहरुले नेपाली भाषा अध्ययन अनिवार्य गर्ने भएका छन् । ति विद्यालयमा नेपाली विद्यार्थीहरु पनि पढ्ने गरेको र सिमावर्ती भारतीय विद्यार्थीलाई पनि नेपाली भाषाबारे जानकारी गराउने उदेश्यले विद्यालयहरुमा नेपाली भाषा अनिवार्य पढाईने भएको हो । भारतको राष्ट्रिय स्वम्सेवक संघ-आरएसएस) अन्तरगतका शिशु तथा माध्यमिक विद्यालयहरुमा नेपाली भाषा अनिवार्य गर्न लागिएको भारत ठूठीबारी स्थित शिशु विद्यालय तथा हाईस्कुलका प्रवन्धक सन्तप्रसाद गुप्तले जानकारी गराए । उनले महाराजगंज जनपद अन्तरगत रहेका ३६ वटा विद्यालयमा आउदो जुलाई महिना देखि नेपाली भाषा अनिवार्य गर्ने निर्णय आरएसएस शिक्षा परिषदले गरिसकेको बताए ।  सुरुमा प्राथमिक शिक्षाबाट सुरु गरिने र पछि हाईस्कुलसम्म पनि लागू गरिने उनको भनाई थियो । नेपाली पढाउनका लागि नेपालबाटै नेपाली शिक्षक झिकाएर पठन पाठन सुरु गरिने बताउदै उनले शिक्षकको अहिले देखि नै खोजी गर्ने काम भईरहेको छ । सिमावर्ती क्षेत्रबाट नेपाली श्ािक्षकको खोजी भईरहेको छ,तर पाउन गाह्रो भएको प्रवन्धक गुप्तले बताए । त्यसका लागि अधिकारिक रुपमा नेपालका शैक्षिक संस्थाहरुसंग माग गर्ने पहल पनि भईरहेको उनले बताए । 

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by