काठमाडौँ, कातिक २ (नागरिक)-
सयौँ वर्षदेखि प्रचलनमा रहेको नेपालको राष्ट्रिय झण्डा परिवर्तन गर्न नहुने नेपाली कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले बताएका छन्। 'यो नेपालको पहिचान समाप्त पार्ने खेल हो, यसको प्रतिकारमा सबै नेपाली लाग्नुपर्छ', पौडेलले सोमबार भक्तपुरमा आयोजित कार्यक्रममा बताए। पौडेल राष्ट्रिय विभूति शंखधर साख्वा प्रतिष्ठानले थिमिमा आयोजना गरेको नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाःको प्रतिमामा मार्ल्यापण कार्यक्रममा बोल्दै थिए।