काठमाडौँ, कात्तिक ५ (नागरिक)-
१० लाख अमेरिकी डलर ठगेर फरार भएको आशंकामा एक २५ वर्षीय नेपाली युवकलाई अमेरिकी अधिकारीहरुले खोजी गरिरहेका छन्। आर्लिङटनको टेक्सस विश्वविद्यालयमा अध्ययनरत पंकज जोशीले १० लाख अमेरिकी डलर चिठ्ठा जितेको टिकट चोरेको आरोप छ। स्थानीय पत्रिका स्टार टेलिग्रामका अनुसार जोशीविरुद्ध अदालतमा अभियोग दर्ता गरिएको छ। अभियोग प्रमाणित भएमा उनलाई २० वर्षसम्म कैद सजाय हुनसक्छ। अनुसन्धानकर्ताहरुले भने उनी आफ्नो देश नेपाल वा दक्षिण एसियाको कुनै देशमा हुनसक्ने शंका गरेको सो पत्रिकाले जनाएको छ।