गुणराज लुइँटेल/मणि दाहाल, काठमाडौं असोज २७- अर्थशास्त्रतर्फको नोबेल पुरस्कार घोषणासँगै नेपालीमाझ खुशी जोडिएको छ। त्यसको कारण हो : अमेरिकाको इन्डियाना विश्वविद्यालयकी राजनीतिशास्त्रकी प्राध्यापक एलिनोर ओस्ट्रोमले नेपालमा रहेर गरेको साझा प्राकृतिक स्रोत व्यवस्थापनसम्बन्धी अध्ययन। पुरस्कारको घोषणासँगै अमेरिकाको न्यू मेक्सिको युनिभर्सिटीका प्राध्यापक आलोक बोहोराले 'नेपालमा गरिएको अध्ययनले अर्थशास्त्रतर्फको नोबेल प्राप्त गर्यो' शीर्षकमा इमेल पठाएका छन्।