ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर
Showing posts with label Mobile Handset. Show all posts
Showing posts with label Mobile Handset. Show all posts

Wednesday, January 6, 2010

गुगलको मोबाइल प्रतीक्षा सकिँदै

सान फ्रान्सिस्को, पुस २२ (एजेन्सी) - 

मंगलबार साँझ गुगलले नयाँ व्यापारिक क्षेत्रमा कदम राख्दैछ, नेक्सस वानबाट। इन्टरनेट सर्च इन्जिनमा सबैलाई पछार्दै शीर्षस्थान कब्जा गरिरहेको कम्पनीले स्मार्टफोनमा कतिलाई धक्का दिने हो, सबैको नजर कम्पनीको हेर्डक्वाटतर एकत्रित भइरहेको छ। अहिलेसम्म मोबाइल प्रयोगकर्ताले गुगल एप्लिकेसन्स एप्पलको आइफोन, रिम व्ल्याकवे र केही अन्य मोबाइल सेटमा पाउँदै आएका छन्। कम्पनीको हेर्डक्वाटर सिलिकन भ्यालीले मंगलबार आफ्नै एप्लिकेसन्ससहितको सेट सार्वजनिक गर्दैछ। गुगलले यसलाई वायरलेस बजारको सम्भावनामात्र सुरु भएको,' बताएको छ। एन्ड्रोइड अपरेटिङ सिस्टम समावेश भएको नेक्सस वान इन्टरनेट ब्राउजिङका लागि अहिलेसम्मकै पछिल्लो प्रविधि हुनेछ। गुगलसँग नजिक रहेको एचटीसी कम्पनीसँग मिलेर गुगलका इन्जिनियरहरुले तयार पारेको यो बहुप्रतिक्षित मोबाइल ३ दशमलब ७ इन्च स्क्रिनको रहने बताइएको छ।

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by