ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर
Showing posts with label Manoj Gajurel. Show all posts
Showing posts with label Manoj Gajurel. Show all posts

Thursday, December 10, 2009

नक्कली प्रधानमन्त्री

इटहरी (नागरिक)-

मंगलबार साँझ इटहरीमा मनोरञ्जन कार्यक्रम भइरहेका बेला उद्‍घोषिका लता कार्कीले अचानक प्रधानमन्त्री माधव नेपाल कार्यक्रममा आएको जानकारी दिइन्। हास्य प्रस्तुति हेर्न बसेका दर्शक तब छक्क परे, जब अंगरक्षकसहित प्रधानमन्त्री मञ्चमा देखिए।दर्शकको स्वागत र फूलमाला लिँदै मञ्चमा आएका नेपाललाई केही सुरक्षाकर्मीले सलाम पनि गरे। उनी मञ्चमा पुगेपछि सुरु भयो अर्न्तवार्ता। प्रश्न र उत्तर सुनेपछि बल्ल दर्शकले थाहा पाए, यी त नक्कली प्रधानमन्त्री रहेछन्। कहिले पूर्व राजा ज्ञानेन्द्र त कहिले माओवादी अध्यक्ष प्रचण्ड बनेर हसाउने तिनै मनोज गजुरेल यहाँ उपस्थित थिए। 'म जनताभन्दा नेतालाई ठुलो मान्दछु किनभने म नेताले जिताएर नै प्रधानमन्त्री भएको हुँ, जनताले जिताएर हैन,' नक्कली प्रधानमन्त्रीका यस्ता जवाफले दर्शकलाई खुब हँसायो।

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by