Saturday, December 12, 2009
राष्ट्रपति ओबामाको पत्र नेपाललाई (पत्र र तस्वीरसहित)
Wednesday, September 23, 2009
ओबामा भेट्दैछन् प्रधानमन्त्री
Sunday, September 20, 2009
ओबामाले बैठकमा बोलाउन गर्वको कुराः प्रम
Sunday, September 6, 2009
ओबामाले प्रधानमन्त्री नेपाललाई भेट्ने

भेटवार्तामा राष्ट्रसंघीय शान्ति मिसनलगायत विषयमा कुराकानी हुने उनले बताए । 'राष्ट्रसंघीय शान्ति मिसनलगायत त्यससँग सम्बन्धित सबै विषयमा कुराकानी हुन्छ, 'भट्टराईले भने, 'त्यसमा हाम्रो चासो र आवश्यकताका विषयमा प्र्रधानमन्त्रीले कुराकानी राख्नुहुनेछ ।' नेपाली सेनाले सन् १९५८ देखि शान्ति सेनामा सहभागिता जनाउँदै आएको छ जसमा हालसम्म ७१ हजारभन्दा बढी नेपाली सेना सहभागी भइसकेका छन् ।
संयुक्त राष्ट्रसंघको ६३ औं महासभामा भाग लिन प्रधानमन्त्री नेपालले नेतृत्व गर्ने एउटा टोली असोज ४ मा न्युयोर्क जाँदैछ । सोही अवसरमा अमेरिकी राष्ट्रपति ओबामाले राष्ट्रसंघीय शान्ति मिसनमा योेगदान पुर्याउने १० राष्ट्रका राष्ट्रप्रमुख र सरकार प्रमुखसँग भेटघाट गर्दैछन् जसमध्ये एक प्रधानमन्त्री नेपाल पनि छन् । नेपालले भेटवार्तामा ओबामालाई नेपालको शान्ति प्रक्रियाबारे पनि जानकारी गराउनेछन् ।
राष्ट्रसंघीय शान्ति मिसनमा नेपाललगायत १ सय ३० राष्ट्रको आर्थिक सैन्य तथा प्रहरी सहयोग गरी सहभागिता जनाउँदै आएका छन् । त्यसमध्ये सबैभन्दा ठूलो सहयोगी अमेरिका हो ।