कैलाली,२८ असोज (दैनिकी)
प्रथम आमन्त्रीत दक्षिण एसियाली कराँते प्रतियोगिता २०६६ कैलालीको धनगढीमा हुने भएको छ। नेपाल गोजुरीयो कराँते दो संघ कैलालीको आयोजनामा आँउदो कार्तिक आठ र नौ गते प्रतियोगितामा धनगढीमा हुन लागेको हो। कार्यक्रमबारे जानकारी दिँदै गोजुरियो कराँते दो संघका महासचिव प्रकाशकुमार चन्दले प्रतियोगिताका नेपाल सहित ६ देशको सहभागिता रहने बताए । उनले खेल नक आउट सिष्टममा हुने र ३० स्वर्ण, ३० रजत तथा ७० कास्य पदककालागि प्रतिष्पर्धा हुने बताए। प्रतियोगितामा श्रीलङ्काबाट १३ जना, बङ्गलादेशबाट १०, भारतबाट एक सय ७०, पाकिस्तानबाट १२ र नेपालका एक सय ५० जनाको सहभागिता रहने र प्रतियोगिता सम्पन्न गर्न सात लाख ८३ हजार खर्च लाग्ने अनुमान गरिएको छ।