एउटा जर्नेलका लागि अन्तर्राष्ट्रिय जगतलाई कसरी चिढाउनेः प्रधानमन्त्री
बढुवा निर्णय नभए रक्षा मन्त्री मन्त्रिपरिषद् बैठकमा नजाने
किरण भण्डारी, काठमाडौं असोज २८- नेपाली सेनाको दोस्रो दर्जामा पदोन्नतिको विषयमा मानवअधिकार सम्बन्धी अन्तर्राष्ट्रिय निकायका साथै अमेरिकी र बेलायती दूतावासका कर्मचारीले दबाब दिइरहेकाले मन्त्रिपरिषद्ले तीन महिनादेखि निर्णय गर्न नसकेको खुलासा भएको छ। सेनाको रिक्त रथी पदमा उपरथी तोरणजंगबहादुर सिंहलाई बढुवा गर्न रक्षाले सिफारिस गरेको तीन महिनासम्म पनि मन्त्रिपरिषद्ले निर्णय लिएको छैन। एमाले, कांग्रेस र फोरमका मन्त्रीहरू सैनिक मुख्यालयको सिफारिसअनुसार रक्षाले पठाएको प्रस्तावमा सहमत छन्।