सागर पण्डित/काठमाडौं (नयाँ पत्रिका)
संवेदनशील ठहर्याइएका २५ जिल्लामध्ये नौ जिल्लामा गृहमन्त्री भीम रावलले कनिष्ठ अधिकृतलाई पठाएर मापदण्ड मिचेगृहमन्त्री भीमबहादुर रावलको ठाडो आदेशमा संवेदनशील मानिएका २५ जिल्लामध्ये नौ जिल्लामा मापदण्डविपरीत कनिष्ठ अधिकृतलाई प्रमुख जिल्ला अधिकारी (प्रजिअ) बनाएर पठाइएको छ । सरकार स्वयंले नै संवेदनशील ठहर्याएका सप्तरी, महोत्तरी, धनुषा, रौतहट, कपिलवस्तु, नवलपरासी, दाङ, बाँके र बर्दियामा प्रथम श्रेणीका अधिकृतलाई पठाउनुपर्नेमा द्वितीय श्रेणीका अधिकृतलाई पठाइएको छ ।