लिलानाथ घिमिरे/काठमाडौ, २०६६ पुस २० - जधानीमा राम्रा घर बन्ने क्रमसागै घरभित्रको सजावटमा पनि प्रतिस्पर्धा हुन थालेको छ । अरूको भन्दा राम्रो कार्यालय बनाउने, छिमेकीको भन्दा राम्रो डाइनिङ वा लिभिङ रुम बनाउने होडले फर्निचर व्यवसायलाई निकै फाइदा भएको छ ।
पछिल्लो समय विलासी फर्निचरको बजार नेपालमा निकै बढेको छ । अरूको भन्दा फरक देखिने होड र देख्दा आकर्षक फर्निचरप्रति मध्यम र उच्च वर्ग आकषिर्त भएको छ । केही वर्षअघिसम्म करोडमा सीमित मुलुकको फर्निचर बजार झन्डै ६ अर्बको हाराहारीमा पुगेको नेपाल फर्निचर तथा फर्निसिङ संघका अध्यक्ष कृष्णलाल प्रधानको अनुमान छ ।