कपिल भट्ट/कैलाली, ७ असोज
उपभोक्ता संरक्षण ऐन २०५४ अनुसार जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकिय अधिकृत बसन्तकुमार कनौजियाको संयोजकत्वमा गठित बजार अनुगमन समितिले अनुगमनका क्रममा धनगढी बजारबाट बरामद गरेका अखाद्य वस्तु नष्ट गरेको हो।
अनुगमनका क्रममा बहुराष्ट्रिय कम्पनीका उत्पादन समेत उपभोग अवधि सकिएको अवस्थामा भेटिएका छन्।