ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर
Showing posts with label Environment. Show all posts
Showing posts with label Environment. Show all posts

Saturday, January 2, 2010

राजधानीमा टायर जुलुस

काठमाडौं, पुस १८- 

जुलुस र बन्दका बेला बाल्न प्रयोग हुँदै आएको टायर शनिबार विरोधका प्रतीकका रुपमा गुडाउन प्रयोग भयो। निर्धारित मितिमै संविधान लेख्नुपर्ने माग गर्दै 'संविधान निर्माणका लागि राष्ट्रव्यापी युवा दबाब' अभियानले शनिबार टायर जुलुस निकालेको छ। अभियानले नयाँ बानेश्वरदेखि बबरमहलसम्म टायर सडकमा गुडाएर विरोध प्रदर्शन गरेको हो। अभियानका संयोजक दीपक भट्टराईले टायरबाट गुड्ने सवारी साधनलाई बन्दका नाममा गुड्न नदिने र टायर बाल्ने परम्पराको साङ्केतिक विरोध गर्नका लागि आफूहरुले टायर जुलुस निकालेको बताए। अभियानका सदस्यहरुले निर्धारित समयमै संविधान लेख्नुपर्ने, शान्ति प्रक्रिया निष्कर्षमा पुर्‍याउनुपर्नेलगायतका प्लेकार्ड बोकेका थिए।

Thursday, December 17, 2009

प्रधानमन्त्री भेटघाटमा ब्यस्त/ओबामा र मनमोहन आज आउने

अब्दुल्लाह मियाँ/कोपनहेगन (कान्तिपुर)- 

प्रधामन्त्री माधवकुमार नेपाल र नर्वेका अन्तराष्ट्रिय विकास र वातावरणमन्त्री इरिक सोल्हेमवीच बिहीबार यहाँ भेटवार्ता भएको छ । प्रधानमन्त्री बसेको होटल कोङ अर्थरमा भएको भेट वार्तामा शान्ति प्रक्रियालाई निष्कर्षम पुर्‍याउन नर्वेले सक्दो सहयोग गर्ने बताएको प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार राजन भट्टराईले जानकारी दिए । इरिकले नेपालको वर्तमान राजनीतिक परिस्थितिबारे चासो राखेका थिए । उनले नर्वे नेपालमा दिगो शान्ति स्थापना भएको हेर्न चाहेको प्रधानमन्त्रीलाई बताएका थिए ।  आजै बेलुकी पौने ६ बजे प्रधानमन्त्री नेपाल र अमेरीकी परराष्ट्रमन्त्री हिलारी क्लिन्टनबीच पनि भेटवार्ता हुँदैछ । त्यस्तै, मलेशियाली र भियतनामका प्रधानमन्त्रीका साथै डेनमार्कका विकास सहयोगमन्त्रीसँग पनि आजै छलफल हुने सल्लाहकार भट्टराईले जानकारी दिए । आजै बेलुकी डेनमार्ककी रानीले आयोजना गर्ने रात्रीभोजमा प्रधानमन्त्री सहभागी हुने कार्यक्रम छ । 

Monday, December 14, 2009

प्रधानमन्त्री कोपनहेगन प्रस्थान

काठमाडौ (नागरिक)- 
 
प्रधानमन्त्री माधवकुमार नेपाल डेनमार्कको कोपनहेगनमा भइरहेको संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी शिखर सम्मेलनमा भाग लिन सामेबार त्यसतर्फ प्रस्थान गरेका छन् ।  थाइ एयरवेजको विमानबाट दिउँसो साँढे २ बजे त्यसतर्फ गएका हुन् । उनले मुलुकको राजनीतिक गतिरोध सहमतिबाट अन्त्य हुने विश्वास व्यक्त गरे ।  'जलवायु परिवर्तनले विकाशशील राष्ट्रहरुलाई पारेको प्रभावका बारे विश्वको ध्यानाकर्षण गराउनेछु' विमानस्थलमा संवाददाताहरुसंगको संक्षिप्त कुराकानीमा उनले भने । उनको विधाइका लागि सभामुख सुभाष नेम्वाङ, मन्त्रीहरु र उच्च पदस्थ अधिकारीहरु आएका थिए ।  प्रधानमन्त्री नेपालले बुधबार शिखर सम्मेलनमा सम्बोधन गर्नेछन् । उनको भ्रमण टोलीमा ३८ जना छन् । टोलीमा प्रधानमन्त्री पत्नी गायत्री नेपाल, प्रधानमन्त्रीका सल्लाहकारहरु रघुजी पन्त, राजन भट्टराई, विष्णु रिजाल,बिज्ञान तथा प्रविधि राज्यमन्त्री इन्द्रप्रसाद ढुंगेल, ८ सभासद, ९ पत्रकार, मुख्य सचिव र परराष्ट्र मन्त्रालयका अधिकारीहरू र दुई अंगरक्षक छन् । 

Tuesday, October 27, 2009

सगरमाथा आधारशिविरमा अन्तराष्ट्रिय वातावरण सम्मेलन गर्ने

कालोझण्डा देखाउने क्रममा प्रहरीसहित ३ घाईते
पवन पौडेल, १० कार्तिक (दैनिकी)

आफ्नो देशको अस्तित्व नै खतरामा परेको भन्दै मालदिभ्सले समुन्द्रमुनि मन्त्रीपरिषदको बैठक भएको केही समय नबित्दै नेपाल सरकारका एक मन्त्रिले जलवायु परिवर्तनका कारण नेपालको हिमालय क्षेत्रमा वातावरणीय समस्या देखा परेको भन्दै सगरमाथाको आधारशिविरमा विश्व वातावरण सम्मेलन गरिने बताएका छन् । वातावरण मन्त्री ठाकुर शर्माले तनहुको सदरमुकाम दमौलीमा आज आयोजित एक अन्र्तक्रिया कार्यक्रममा सम्मेलनको प्रस्ताव कोपेनहेगनमा हुन लागेको वातावरण सम्मेलनमा नेपालले गर्न लागेको समेत खुलाशा गर्नुभयो ।

Sunday, October 18, 2009

चीन र नेपालका वैज्ञानिकद्वारा जलवायु परिवर्तन असर अध्ययन


केदार ओझा-काठमाडौ, २०६६ कार्तिक १ - 
नेपाल र चीनको संयुक्त वैज्ञानिकहरूको टोलीले रसुवा जिल्लाको लाङटाङ हिमालय अन्तर्गतका विभिन्न हिमशृंखलामा जलवायु परिवर्तनले पारेको असरबारे स्थलगत अध्ययन थालेको छ । नेपालको त्रिभुवन विश्व विद्यालयअन्तर्गत रहेको जल तथा मौसम विज्ञान केन्द्रीय विभाग र इन्स्िटच्युट अफ तिब्बतियन प्लेटो रिसर्च, चाइनिज एकेडेमी अफ साइन्सको संयुक्त प्रयासमा यो आध्ययन थालिएको हो । 

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by