ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर
Showing posts with label Duty free Export. Show all posts
Showing posts with label Duty free Export. Show all posts

Sunday, December 27, 2009

नेपाली उत्पादनलाई भन्सार छुट दिन चीन तयार

लेखनाथ पाण्डे/काठमाडौँ (नागरिक)- 

चीनले नेपालबाट निर्यात हुने झन्डै ५ सय उत्पादन सामग्रीमा भन्सार छुट दिने भएको छ। प्रधानमन्त्री माधवकुमार नेपालसँगको भेटमा तिब्बत जनसरकार प्रमुख र कम्युनिष्ट पार्टी सचिवले नेपाली उत्पादनलाई शून्य भन्सारमा चिनियाँ बजारमा पहुँच दिने बताएका हुन्। प्रधानमन्त्री नेपालसँग तिब्बत जनसरकारका प्रमुख बा फुन्चो र तिब्बतस्थित कम्युनिष्ट पार्टीका सचिव चाङ क्विग्लीले छुट्टा-छुट्टै भेटेका थिए। उनीहरू दुवैले नेपाली उत्पादनलाई बिनाभन्सार चिनियाँ बजारमा पहुँच उपलब्ध गराउन तिब्बत प्रशासन र केन्द्र सरकार सरकार सकारात्मक भएको जानकारी गराएका थिए। 'नेपालबाट चीन निर्यात हुने ४ सय ९७ उत्पादनमा भन्सार छुट दिन हामी तयार छौं' भेटवार्तामा सहभागी ल्हासास्थित नेपाली महावाणिज्यदूत नईन्द्र उपाध्यायले फुन्सो र क्विग्लीलाई उद्यृत गर्दै नागरिकसँग टेलिफोनमा भने, 'हामी यो निर्णयमा पुग्न केन्द्र सरकार (बेइजिङ) सँग कडा परिश्रम गरिरहेका छौं। छिट्टै टुङ्गोमा पुग्नेछौ।' नेपालले उत्तरी छिमेकसँग बढ्दो ब्यापार घाटा न्यूनिकरणका लागि यहाँबाट निर्यात हुने तेल, गहुँ, मैदा, चाउचाउ, बियर, हस्तकला, निर्माण सामग्रीसहित ४ सय ९७ किसिमका उत्पादनमा भन्सार नलगाउन चीनसँग पटक-पटक आग्रह गर्दै आएको छ। यी सामग्री विशेषगरी तिब्बत हुँदै चिनियाँ बजारमा पुग्छन्।

Thursday, October 22, 2009

वंगलादेश संगको निर्यात व्यापारमा ठुलो मात्रामा गिरावट

सञ्जीव चापागाई ,झापा ५ कार्तिक

सरकारले नेपालवाट गँहु र दालको निकासीमा रोक लगाएपछी वंगलादेश संगको निर्यात व्यापारमा ठुलो मात्रामा गिरावट आएको छ । झापाको काकरभिट्टा स्थित पारवहन तथा गोदाम व्यवस्थापन कम्पनिका अनुसार वंगलादेश संगको निर्यात व्यापारमा तिब्र रुपमा गीरावट आउनेक्रम जारी रहेपनि आयात व्यपारमा भने वुद्धि भएको छ । गत श्रावण महिनामा बंगलादेश संगको निर्यात व्यापार ९१ करोड २० लाख ६५ हजार १२ रुपैया रहेकोमा भदौ महिनामा ३४ करोड ४ लाख ९६ हजार ६ सय २७ रुपैयामा सीमित रहेको र असोजको तेस्रो साता सम्ममा ८७ लाख २७ हजार ८ सय ४९ रुपैया मात्र निर्यात व्यापार भएको झापाको काकरभिट्टा स्थित नेपाल पारवहन तथा गोदाम व्यवस्थापन कम्पनीका प्रमुख प्रेम राज भन्डारीले जानकारी दीनुभयो ।

Tuesday, September 22, 2009

भन्साररहित प्रवेशका लागि पहल गर्न सुझाव

काठमाडौ, २०६६ आश्विन ५ - प्रधानमन्त्री माधवकुमार नेपालको अमेरिका भ्रमणका क्रममा सिनेटमा पेस भएको तयारी पोसाकको भन्साररहित प्रवेशलाई पारित गर्न पहल हुने अपेक्षा गरिएको छ । भ्रमण दलमा रहेकी परराष्ट्रमन्त्री सुजाता कोइरालाले यसबारे पहल गरिने जानकारी दिइन् । 'भन्सार रहित सुविधाका लागि हामी सक्दो प्रयास

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by