ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर
Showing posts with label Drugs. Show all posts
Showing posts with label Drugs. Show all posts

Monday, September 7, 2009

हिरोइन तस्करीका लागि नेपाल ट्रान्जिट

काठमाडौं, २२ भदौ (दैनिकी)

लागू औषध तस्करीका लागि नेपाल पछिल्लो समयमा ट्रान्जिट रुट (विश्राम विन्दू) भएको प्रहरीको अनुसन्धानले खुलासा गरेको छ।
अफगानिस्तानमा तयार भएको सेतो हेरोइनलाई पाकिस्तान र भारतको बाटो हुँदै नेपालको स्थलमार्गबाट भित्राउने गरेको र नेपाललाई विश्राम बिन्दुको रुपमा प्रयोग गरी नेपालबाट चीन र अफ्रिकाको अन्य देशहरुमा लुकाई–छिपाई पठाउने गरेको लागूऔषध नियन्त्रण कानून कार्यान्वयन इकाई नयाँ बानेश्वरको अनुसन्धानले देखाएको छ।
यसमा नेपाली …भरिया'को प्रयोग भए पनि ठूलै अन्तर्राष्ट्रिय गिरोहको संलग्नता रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
सो इकाईले भदौ ५ देखि २१ गतेसम्म चलाएको अप्रेसन “डिस्क” अन्तर्गत ५ पाँच हजार ६ सय ५५ ग्राम सेतो हेरोइन बरामद गरेपछि पक्राउ परेका व्यक्तिहरुको बयानका आधारमा यो निष्कर्ष निकालिएको हो।।
सो अप्रेसनअन्तर्गत भदौ ५ गते नेपालबाट स्वीजिल्याण्ड पठाउन तयार गरेको १ थान फलामको गियर डिस्क भित्र लुकाई–छिपाई राखिएको सेतो हेरोईन ८ सय १६ ग्राम बरामद गरेको थियो।
अप्रेसन गियर डिस्कअन्तर्गत भदौ १६ गते उस्तै आकार र प्रकारको गियर डिस्क १ थान बरामद भएको र सो गियर डिस्कमा लुकाएर राखिएको सेतो हेरोइन ८ सय ३० ग्राम सहित कञ्चनपुर जिल्ला श्रीपुर गाविस–४ बस्ने २८ बर्षीय महेन्द्र गिरीलाई काठमाडौंको कलंङ्कीबाट प्रहरीले पक्राउ गरेको थियो।
पक्राउ परेका गिरी लागू औषध सेतो हेरोइनको ओसार–पसारमा संलग्न रहेको अन्तर्राष्ट्रिय गिरोहमा सम्मिलित भई नेपालबाट हुने लागू औषधको ओसार–पसारको कार्यहरु गर्दै आएको खुलेको छ।
भारतबाट विभिन्न मेशिनरी पार्टस पुर्जाहरु खुद्रा आयत गर्ने गरिएको देखिए तापनि मोटरसाइकल र मेशिनरी पार्टस पुर्जाहरु भित्र विभिन्न उच्च प्रविधिबाट लुकाएर गरी बाहिरबाट हेर्दा शंका गर्न नसकिने गरी लागू औषध सेतो हेरोइन नेपाल भित्राउने गरेको पाइएको कुरा सो कार्यालयले जनाएको छ।
पक्राउ परेका अभियुक्तहरुले हालै आयत गरेका केही मेशिनरी पार्टस पुर्जाहरु राजस्व अनुसन्धान विभागको राजस्व गस्तीले भंसार नतिरी राजस्व छलेको अभियोगमा कोहलपुरबाट बरामद गरेको थियो।
ती मेशिनरी पार्टसहरुबाट समेत राजश्व अनुसान्धान कार्यालयले भदौ १७ गते ४ हजार ९ ग्राम सेतो हेरोइन बरामद गरेपछि प्रहरीले यसको अनुसन्धान तीब्र बनाएको हो । ती मेशिनरी पार्टसमध्ये ४ थान गियर डिस्क भित्रबाट ३ हजार ३ सय २८ ग्राम सेतो हेरोइन र फुटरेष्टको फलामे पाता भित्रबाट ६ सय ८१ ग्राम सेतो हेरोइन बरामद भएको थियो।
पक्राउ परेका गिरीले लागू औषध ओसार–पसारको अन्तर्राष्ट्रिय सञ्जालमा संलग्न रहेको पत्ता लागेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएकोे छ। गिरीले अफगानिस्तान, पाकिस्तान र भारत हुँदै ल्याएको लागू औषधलाई विभिन्न सामानहरुमा लुकाई–छिपाई गरी विदेश पठाउने गरेको पाइएको र हाल सम्मको अनुसन्धानमा उनले चीन, स्वाजिल्याण्डमा ९ वटा यस्तो डिस्क गियर पठाई सकेको पत्ता लागेको छ।


यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by