राजेन्द्र फुयाल/काठमाडौं (कांतिपुर) -
सरकारले चितवन राष्ट्रिय निकुञ्जभित्र तीन बर्ष होटल चलाउन दिने निर्णय गरेको छ । मंगलबार बिहान बसेको मन्त्रिपरिषद बैठकले तिर्न बाँकी कर तिरेर तीन बर्ष होटल चलाउन दिने निर्णय गरेको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले राजस्व र संरक्षण शुल्क समयमा भुक्तानी नगरेको भन्दै असार मसान्तदेखि चितवन राष्ट्रिय निकुञ्जभित्रका सात वटा होटल रिसोर्टलाई चल्न दिएको थिएन । होटल संचालन अनुमति दिनेबारे वन मन्त्रालयका अधिकारी र वन मन्त्री दीपक बोहोराबीच पनि एकमत हुन सकेको थिएन । मन्त्रिपरिषद बैठकले गौरीशंकरलगायतका आरक्षण क्षेत्र विस्तार गर्ने निर्णय गरेको छ ।