ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर
Showing posts with label Chatramansingh Gurung. Show all posts
Showing posts with label Chatramansingh Gurung. Show all posts

Tuesday, December 15, 2009

भारतीय मन्त्रीहरुसंग सेनापति गुरुङको भेट


नयाँ दिल्ली (कान्तिपुर)

भ्रमणमा रहेका सेनापति छत्रमान सिंह गुरुङ्ले मंगलवार दुई भारतीय मन्त्रीलाई भेटेका छन् । भारतीय राष्ट्रपतिबाट यहाँको सेनाको मानार्थ महारथीको उपाधी पाएका गुरुङ्ले दिल्लीमा विदेश मन्त्री एसएम कृष्णा र रक्षा मन्त्री एके एन्थोनीसँग शिष्टाचार भेट गरेका हुन् । उनले दुबै मन्त्रालयका सचिव र भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार एमके नारायणनलाई पनि भेटेका छन् । सबै भेटहरूमा दुई देशबीचको सैनिक र जनस्तरीय सम्बन्धबारे कुरा भएको बताइएको छ । 'दुई देशका सेनाहरुको सम्बन्ध कुनै पनि राजनीतिक हस्तक्षेप विना सूचारु रहनुपर्छ भन्ने कुरा भयो,' दिल्लीस्थित नेपाली दूतावासका सैनिक सहचारी कर्णेल अशोक नरसिंह राणाले इकान्तिपुरसँग भने- 'नेपाल र भारतका सेनाहरुबीचको सम्बन्ध व्यवसायिक मात्र नभएर पारिवारिक तहमा समेत भएको र जनस्तरको सम्बन्ध पनि उत्तिकै घनिष्ट भएको बारे कुरा भयो ।' आठदिने भ्रमणमा आएका गुरूङ बुधबार दक्षिण भारतमा जाने कार्यक्रम छ ।

Thursday, October 22, 2009

सेनापति अमेरिका जाने/कामु सिंहलाई



कातिक ९ देखि १२ गतेसम्म हुने सम्मेलन क्षेत्रिय सुरक्षालगायतका विषयमा छलफल हुने 
काठमाडौ, २०६६ कार्तिक ५ - प्रधानसेनापति छत्रमानसिं गुरुङले प्रधानमन्त्री माधवकुमार नेपाललाई आफ्नो अमेरिका भ्रमणका बारेमा जानकारी गराएका छन् । १२ औं अन्तरराष्ट्रिय सेना प्रमुखहरुको सम्मेलनमा भाग लिन सेनापति गुरुङ शनिबार अमेरिका जाँदैछन् । उनको अनुपस्थितीमा बरिष्ठ उपरथी तोरणजंगबहादुर सिंहले कायम मुकायम सेनापति जिम्मेवारी संहाल्ने छन् । उपरथी सिंहलाई माओवादीसंगको युद्धका बेला भैरवनाथ गणबाट ४३ बन्दी बेपत्ता बनाउने क्रममा कमाण्ड जिम्मेवारीको आरोप लागेको छ । 

Wednesday, September 9, 2009

कस्ता छन् सेनापति ?


पर्शुराम काफ्ले/नयाँ पत्रिका

काठमाडौँ, २३ भदौ

नेपाली सेनाको इतिहासमा पहिलोपटक जनजाति जर्नेल छत्रमान सिं गुरुङ आजदेखि प्रधानसेनापति बन्ने भएका छन् । प्रधानसेनापति रुक्मांगद कटवालको सेवाअवधि सकिएपछि गुरुङले करिब ९५ हजार सेनाको चेन अफ कमान्ड सम्हाल्दै छन् ।

२५ साउनमा कामु सेनापति भएका गुरुङले बुधबार अपराह्न राष्ट्रपति डा. रामवरण यादवबाट फुली लगाउने र त्यसपछि जंगीअड्डा गएर पद बहाली गर्ने कार्यक्रम छ ।

०२८ सालमा सेनामा प्रवेश गरेका गुरुङले सुरुवातको तालिम भारतको देहरादुनस्थित सैनिक शिक्षालयमा लिएका हुन् । सैन्य सेवाका क्रममा उनले बेलायतमा सैनिक सहचारी -मिलिटरी एटाची) को समेत भूमिका निर्वाह गरिसकेका छन् । पृतनापतिलगायत सेनाका महत्त्वपूर्ण जिम्मेवारी सम्हालिसकेका उनले अमेरिका र चीनमा डिफेन्स कोर्स गरेका छन् ।

कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल र उपसभापति गोपालमान श्रेष्ठसँग निकट सम्बन्ध रहेका उनी एमाले अध्यक्ष्ा झलनाथ खनालका पनि आइएस्सी पढ्दाका क्लासमेट हुन् । पछिल्ल्ाोपटक तत्कालीन रक्षामन्त्री रामबहादुर थापा बादलसँग उनी चीन-भ्रमण गएका थिए । उनलाई बादल रक्षामन्त्री भएकै पालामा उपरथीबाट रथीमा बढुवा गरिएको थियो । कटवाल बिदामा बस्नुअघि उनी बलाधिकृत रथीका रूपमा कार्यरत थिए ।

प्रधानसेनापति गुरुङका विश्वासप्राप्त सैन्य अधिकारीहरू अधिकांश जनजाति पृष्ठभूमिका छन् । उपरथीहरू अनन्त थेबे, दमनबहादुर घले, रामबहादुर गुरुङ र डम्बरबहादुर गुरुङ अहिले उनका सबैभन्दा निकट मानिन्छन् । थेबे राष्ट्रिय सुरक्षापरिषद्का सहसंयोजक हुन् भने घले सैनिक तालिम महानिर्देशनालयका प्रमुख छन् । दमनबहादुर घले उनका बहिनी-ज्वाइँ पनि हुन् । माथिल्ला अधिकारीमध्ये गुरुङका सबैभन्दा विश्वासिला घले मानिन्छन् । उपरथी डम्बरबहादुर हाल दिपायलमा छन् भने उपरथी रामबहादुर गुरुङ पूर्वी पृतनापति हुन् । डम्बरबहादुर एमाले अध्यक्ष खनालका इलामे छिमेकीसमेत हुन् ।

प्राड विभागका उपरथी बिएकुमार शर्मा, जनसम्पर्क निर्देश्ानालयका निर्देश्ाक सहायकरथी रमिन्द्र क्षेत्री, वन्यजन्तु तथा राष्ट्रिय निकुञ्ज हेर्ने जर्नेल भिक्टर राणा र डिएमआईका निर्देशक पवनबहादुर पाण्डे पनि गुरुङका निकट र विश्वासप्राप्त मानिन्छन् । पूर्वजर्नेलहरू सिबी गुरुङ र गोविन्द गुरुङ पनि प्रधानसेनापति गुरुङका शुभेच्छुक हुन् । तत्कालीन प्रधानसेनापति प्यारजंग थापापछि प्रधानसेनापति बन्न कटवाल र गोविन्द गुरुङबीच प्रतिस्पर्धा चल्दा छत्रमान गोविन्दका पक्षमा थिए । 'लामो समयसम्म कटवाल र गुरुङबीच निकट सम्बन्ध थिएन,' एक वरिष्ठ सैनिक अधिकारीले भने, 'तर, माओवादीले कटवाललाई कारबाही गरेपछि उनी कटवालका पक्षमा उभिए ।'

तेक्वान्दोका नामुद खेलाडी सेनाभित्र व्यावसायिक कमान्डर मानिन्छन् । 'उनी कटवालजस्ता बोलक्कड छैन्ान्, तर बढी खट्छन्,' उनी निकटस्थ एक अधिकारीले भने, 'तर, कटवालभन्दा बढी व्यावसायिक छन् ।'


राष्ट्रपतिद्वारा प्रधान सेनापतिलाई दर्ज्यानी चिह्न प्रदान


माओवादी लडाकुलाई दुई वटा विकल्प-

भोजराज भाट, काठमाडौं भदौ २४- राष्ट्रपति रामवरण यादवले प्रधानसेनापति छत्रमानसि‌ह गुरुङलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन्। राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा राष्ट्रपति यादवले गुरुङलाई प्रधानसेनापतिको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।
समारोहमा प्रधानमन्त्री माधवकुमार नेपालले माओवादी लडाकुलाई समायोजन र पुन स्थापनाको दुई वटा विकल्प दिइने बताए।
प्रधानमन्त्री नेपालले राजनीतिमा जान चाहने लडाकु समाजमा पुन स्थापना हुने र अन्यलाई सुरक्षा संयन्त्रमा समायोजन गर्न सकिने बताए।

"अन्य राजनीतिक दलसँग सहकार्य गरेर सेना समायोजन हुने छ," प्रधानमन्त्री नेपालले भने, "केही दिन भित्रै माओवादी लडाकुका लागि आचार स‌हिता ल्याउने तयारी भइरहेको छ।" उनले नेपाली सेनालाई स‌वैधानिक तवरले अगाडि बढाउन नव नियुक्त प्रधानसेनापति गुरुङलाई शुभकामना दिए।

दर्ज्यानी चिन्ह पाएपछि गुरुङले नेपाली सेनालाई राम्रो ढंगले अगाडि बढाउने स‌क्षिप्त प्रतिक्रिया दिए। सेना समायोजनका विषयमा सोधिएको जिज्ञासामा गुरुङले सरकारको निर्देशनलाई नेपाली सेनाले सदैव मान्ने प्रतिक्रिया दिए। "सेना समायोजनका विषयमा सरकारको नीति अनुसार 'फलो' गर्छु," प्रधानसेनापति गुरुङले भने।

समारोहमा प्रधानसेनापति गुरुङले राष्ट्रपतिबाट पद तथा गोपनियताको सपथ पनि लिए। नेपाल गणतन्त्रमा आएपछि राष्ट्रपतिबाट दर्ज्यानी चिन्ह पाउने गुरुङ पहिलो सेनापति हुन्।

यसअघिका प्रधानसेनापति रुकमाङगत कटवाललाई कार्यकारी राष्ट्रप्रमुखका हैसियतले प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले दर्ज्यानी चिन्ह प्रदान गरेका थिए।

समारोहमा प्रधानमन्त्री, रक्षामन्त्री, संवैधानिक अंगका प्रमुख, सेनाका उच्च पदाधिकारी लगायतको सहभागीता रहेको थियो । यसअगाडि रक्षा सचिव नवीनकुमार घिमिरेको हस्ताक्षरसहित महारथीमा बढुवा गरिएको पत्र गुरुङले मंगलबार अपराह्न बुझेका थिए।

सेनामा एक मात्र चार तारे जर्नेल रहन्छन्। गुरुङले महारथीमा बढुवाको पत्र बुझेपछि प्रधान सेनापति रुक्मांगत कटवालको स्वतः अवकाश भएको छ। उनको तीन वर्षे कार्यकाल मंगलबार राति १२ बजे सिद्धिएको हो।

अन्तरिम संविधानको धारा १४४ '२' मा प्रधानसेनापतिको नियुक्ति मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले गर्ने उल्लेख छ ।

५७ वर्षीय गुरुङले बिहीबार जंगीअड्डामा सकल दर्जालाई भावी नीति तथा कार्ययोजनाबारे सम्बोधन गर्नेछन् । साथै भदौं २६ गते गुरुङले पृतनापति सम्मेलनको उद्घाटन गर्नेछन्। र त्यहाँ उनले आफ्ना योजना प्रस्तुत गर्ने तथा अन्य रथीहरुबाट सल्लाह लिनेछन्।

२००७ सालपछि जनजातिबाट सेनापति हुने पहिलो अवसर गुरुङले पाएका छन् ।२०२८ मंसिरमा सेनामा भर्ती भएका गुरुङले अमेरिकाबाट स्टाफ कलेज र चीनबाट नेसनल डिफेन्स कोस्र एनडीसी गरेका छन्। बेलायतस्थित नेपाली दूतावासको सैनिक सहचारीका रुपमा काम गरेको उनको अनुभव छ।

द्वन्द्वको समयमा मध्यपश्चिम पृतनापति त्यसपछि प्रबन्ध रथी हुँदै उनले सेनाको बलाधिकृत रथीको जिम्मेवारी सम्हाल्दै आएका थिए। गत असार ६ गते कुलबहादुर खड्काको अवकाशपछि उनको जिम्मेवारी गुरुङले नै हेरेका थिए ।

अन्तर्मुखी स्वभावका गुरुङले प्राथमिकता सैनिक संगठनलाई संस्थागत विकासमा ध्यान दिने भएका छन्। 'सेना सरकारकै एउटा हिस्सा भएकाले ऊसँग प्रत्यक्ष समन्वय गरेर नयाँ सेनापति अगाडि बढ्नेछन्'- गुरुङनिकट एक उपरथीले नागरिकसित भने- 'जनसम्बन्धलाई मजबुत पार्दे सेनाप्रति जनताको विश्वास बढाउनेतिर उनको जोड हुनेछ।'

गुरुङ सेनामा राजनीतिकरण हुनुहुँदैन भन्ने मान्यता राख्छन्। उनले भन्दै आएका छन्- 'सेनाको काम भाषण गर्ने होइन मैले भाषण गर्दै हिँड्ने पनि छैन। सिंगो संगठनलाई आधुनिक तालिम दिलाउने प्रयास हुनेछ।'

गुरुङले कामु सेनापतिको जिम्मेवारी पाएको एक साताअघि मात्र रक्षासचिव भएका घिमिरेले मन्त्रालयको पुर्नसंरचना गर्ने योजनाका साथ सेनासँग सहजकर्ताको दायित्व निर्वाह गर्ने बताएका छन्।

'सेना र सरकारलाई जोड्ने पुलको काम मन्त्रालयले गर्नेछु घिमिरेले नागरिकसित भने- 'समयसापेक्ष अनुसारको कार्यशैली लागू गरेर सहमतिका साथ अघि बढ्नेछौं।'


Saturday, September 5, 2009

सेनामा राजनीति रोक्न कटवालको प्रधानसेनापति गुरुङलाई सुझाव


दीपक भट्टराई, काठमाडौं भदौ १९-

प्रधानसेनापति रुक्माङ्द कटवालले आफ्नो कार्यकलभर नेपाली सेनालाई राजनीतिबाट अछुतो राख्न सफल भएको भन्दै त्यसलाई सदाकालका राजनीतिक विचारबाट चोखो राख्न सफल हुन कायममुकायम प्रधानसेनापति छत्रमानसिह गुरुङलाई सुझाव दिएका छन्।
सेना समावेशीकरण, सेना समायोजन, सेनाको लोकतान्त्रिकरण र सैनिक सख्षा घटाउने बहानामा नेपाली सेनाभित्र राजनीति गर्न लागिएकोमा प्रधानसेनापति कटवाटलले कडा प्रतिवाद गरे। आफ्नो बिदाईमा सैनिक मुख्यालयमा आयोजित विशेष समारोहमा तीन वर्ष सेनाको उच्च नेतृत्व सम्हालेका कटवालले आफ्नो एक घन्टा लामो भाषणमा माओवादीको नाम त लिएनन् तर पुरै अवधिभर माओवादीले सेनामा गर्न खोजेको राजनीति रोक्न आफूले प्रयास गरेको र त्यसलाई आगामी दिनमा पनि जारी राख्नुपर्ने बताए। सेना समायोजनका नाममा हतियारधारी जत्थालाई सेनामा घुसाउन खोजिएको भन्दै कटवालले भने, "एक सय ९ वटा हतियारधारी समूह रहेको सरकारले नै स्वीकार गरेको छ। कस कसलाई मात्र सेनामा समायोजन गर्दै जाने ?" उनले थपे, "राष्ट्रिय सेनालाई अस्थायी हतियारधारी लडाकुहरुसँग दाज्न मिल्दैन।"

माओवादी लडाकुलाई सेनामा समायोजन गर्ने भन्ने शान्ति सम्झौतामा कतै उल्लेख नभएको तर्फ इंगित गर्दै कटवालले भने, "हरेक नेपालीलाई सेनामा आउने छुट छ। तर निश्चत मापदण्ड पुरा गर्नुपर्छ भन्ने सम्झौतामा नै उल्लेख भएकाले त्यसमा कुनै विबाद नै छैन।"
उनले पटक पटक राजनीतिक विचारबाट र कुनै 'बाद'बाट अभिप्रेरितलाई आफूले सेनामा प्रवेशमा रोक लगाएको र त्यसलाई अब पनि रोक्नुपर्ने दोहोर्याइरहे।

माओवादीप्रति लक्षित गर्दै सेनाप्रमुख कटवालले भने, "सर्वसत्ताबाद नेपाली सेनालाई स्वीकार्य हुन सक्दैन। विगतमा पनि सर्वसत्तावादविरुद्ध नेपाली सेनाले लडेको हो र यसलाई जारी राख्नुपर्छ।"

नेपाली सेनालाई माओवादीसहितका दलले सामन्तवादीको आरोप लगाएको तर्फ पनि कटवाल चुप रहन सकेनन्। "के लुट्ने, काट्ने, मार्ने, अपहरण गर्ने र आफ्नो विचारसँग समहत हुन नसक्ने जति सबैलाई प्रतिगमनकारी भन्नु नै सामन्तवाद विरोधी हो ?" नेपाली सेनाका सबै उच्च पदस्थ अधिकारी र केही आमन्तित्र अतिथिमाझ कटवालले प्रश्न गरे।

"नागरिक सर्वोच्चताका नाममा सेनामा राजनीति घुसाउने प्रयास भइरहेको छ," कटवालले थपे, " नागरिक सर्वोच्चताका नाममा सेनालाई कुनै एक पार्टीका क्याडर बनाउन नखोजियोस्।"

गत वर्ष खुलामञ्च आफ्ना कार्यकर्तामाझ माओवादी अध्यक्ष पुष्पकमल दाहालले "को हो कटवाल ?" भन्ने शैलीमा प्रश्न सोध्दै प्रधानसेनापति कटवालले भने, के हो सेनामा समायोजन भनेको, के हो सेनामा समावेशीकरण भनेको र के हो सेनामा लोकतान्त्रिककरण भनेको र किन सैनिक संख्या घटाउन खोजेको ?"

उनले सेनामा सामुहिक प्रवेश गराउने मधेशी दलहरुसँग गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले गरेको सहमतिको पनि विरोध गरे।

"सेनामा राई, गुरुङ, मगर, मधेशी सबैका गण छन्। यसमा कसैलाई रोकिएको छैन," प्रधानसेनापति कटवालले थपे, "फलानो जातिको यति प्रतिशत, फलानो धर्मको यति प्रतिशत, फलानो क्षेत्रको यति प्रतिशत भनेर सेनाको निर्माण कहि पनि हुँदैन र त्यसरी बनाउन खोजिएमा एक दुई प्रतिशत यताउता पर्दा हुने विरोधका सामना कसले गर्न सक्छ ?"

उनले हिमालय आरोहण गर्न शेर्पा नै खोजिने तर्फ सचेत पार्दै भने, "समावेशीका नाममा सेनाको चरित्र विगार्न मिल्दैन।"
सेनामा समायोजन र समावेशीकरण पछि कटवाल नेपाली सेनाको लोकतान्त्रिकरण भन्नेहरु तर्फ खनिए। "मैले धेरै विदेशका मेरा समकक्षीहरुसँग सेनाको लोकतान्त्रिकरण विषयमा सोधें कसैले त्यस विषयमा बताउन सकेनन्" सेनापति कटवालले सोधे, "सेनाको जर्नेल, कर्नेल हुन पार्टीका नेताको घर घरमा जानुपर्ने नीति नै लोकतान्त्रिकरण हो ?"

उनले संसारमै नेपाली सेनाजस्तो लोकतान्त्रिककरण सगठन कुनै नभएको जिकिर गरे। सेनाका हरेक अधिकारी आफ्ना मातहतका सैनिकबाट सोधिने प्रश्नको जवाफ दिन सक्ने अवस्थामा हुनुपर्छ। "हाम्रा रोलक्रम र दरबार परेडमा सबै सैनिकहरुले आफ्ना सम्पूर्ण जिज्ञासा व्यक्त गर्छन र त्यसमा सन्तुष्ट हुन्छन्," प्रधानसेनापति कटवालले भने।

"सेनामा प्रजातान्त्रिककरण भनेको सेनाले हतियार बाहिर निकालेर जे मन लाग्छ गर्दै हिड्ने हो, कि सेनाले पनि टायर बाल्दै हिड्ने हो वा ट्राफिक जाम गर्दै हिड्ने कि अपहरण गर्दै हिड्ने ?" भन्दै कटवाल नेपाली सेनामा लोकतान्त्रिकरण गर्नुपर्ने तर्क गर्नेहरुविरुद्ध खनिए।
उनले सैनिक अधिकारीहरु पनि हरेक घटनाक्रमलाई नियालेर हेरिरहेको तर्फ ध्यान दिनुपर्ने बताए।
नेपाली सेनाको संख्या घटाउने भन्ने अहिले चलेको बहसतर्फ पनि सैनिक प्रमुखले कडा शव्दमा असहमति जनाए। "सेनाको संख्या कति चाहिन्छ भनेर अहिले निर्क्यौल गर्न मिल्दैन," प्रधानसेनापति कटवालले थपे, "सेना के केमा परिचालित हुन्छ भन्ने कुराको जानकारी हुनुपर्छ। संघीयतामा देश जाँदैछ। हरेक सघमा कति सैनिक चाहिन्छ भन्ने तर्फ अध्ययन छ ?"

सेनाले विदेशमा शान्ति स्थापना गर्ने, वन्यजन्तु संरक्षण गर्ने, प्राकृतिक प्रकोपमा उद्दार गर्नेदेखि विकास निर्माणका काममा खटिने सम्म गरेको कार्यको लेखाजोखा नगरी सैनिक संख्या घटाउन नहुने तर्फ कटवालले जोड दिए।

"सेना अहिले काम भएन भनेर पशुपतिमा गएर डमरु बजाएर बस्दैन, टुँडिखेलमा योगा गर्दैन" प्रधानसेनापति कटवालले थपे, "सेनाको जुन दिन काम आउँछ। त्यही दिन सेना बनाउँछु भनेर बन्दैन।"

प्रधानसेनापति कटवालले नेपाली सेनाको संख्याका विषयमा संविधानसभाले संविधान बनाएपछि निर्वाचित सरकारले मात्र टुङ्गो लगाउनुपर्नेमा जोड दिए। उनले अहिले नै सैनिक संख्या तोकिए भविष्यमा पछुताउनुपर्ने तर्फ ध्यान दिन सबैलाई आग्रह गरे।
यसअगाडि प्रधानसेनापतिलाई धन्यवाद दिंदै कायममुकायम प्रधानसेनापति गुरुङले द्वन्द्व समाप्तिपछि संक्रमणकालीन अवस्थामा नेपाली सेनालाई कुशल नेतृत्व दिएको भन्दै कटवालको प्रशंसा गरेका थिए।

"सेनाको चेन अफ कमान्डमा आएको मुश्किललाई उच्च साहसका साथ सामना गर्नुभयो," कामु गुरुङले माओवादी नेतृत्को सरकारले कटवाललाई हटाएर तत्कालीन वलाध्यक्ष रथी कुलबहादुर खड्कालाई नेतृत्वमा ल्याएको घटनालाई सम्झिए। चार दिनपछि प्रधानसेनापति हुने गुरुङले भने,"गणतन्त्र कार्यान्यवन गर्न र शान्ति प्रकियालाई निश्कर्षमा पुर्याउन प्रधानसेनापतिका रुपमा कटवालले खेलेको भुमिका अवस्मरणीय छ।"

सैनिक जनरल अवकाश हुँदैन
प्रधानसेनापति कटवालले देशको सेवामा आफू कुनै न कुनै रुपमा सक्रिय भइरहने जानकारी बिदाई समारोहमा दिए। "सैनिक रथीहरु कहिल्यै सेवा निवृत हुँदैनन्," कटवालले थपे, चार दशक सेवा गरेपछि थोरै विश्राम त चाहिन्छ नै।"
सैनिक प्रमुखका रुपमा आफ्नो अन्तिलम संवोधनमा कटवालले आफ्नी श्रीमतीको प्रशंशा गर्न पनि छोडेनन्। " पाँच छ महिना जसो उनलाई हरेक दिन सेतो साडी तयार पार्न र पशुपति आर्यघाट 'बुक' गर्न फोनमा धम्की आइरह्यो। तर उनले कहिल्यै हरेश खाइनन्," कटवाले थपे, "मरेको खवर कसैले भन्दा पनि उनले त्यसलाई समेत सहज रुपमा लिएर बसिन्।"

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by