कांतिपुर/काठमाडौ-
बुद्ध एयरले पर्यटकीय नगरी पोखराबाट भारतको लखनउसम्म अन्तर्राष्ट्रिय उडान गर्ने भएको छ । नेपाल- भारतबीच भएको नयाँ हवाई सम्झौताबाट थप उदार भएको आकाशमा फाइदा लिन अग्रसर हुने यो पहिलो कम्पनी हो । हालै दुई देशबीच भएको सम्झौताले सीमापार उडान गर्ने बाटो खुला गरेको थियो । 'मार्च पहिलो सातादेखि उडान गर्ने योजनामा छौं,' बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले भने । यसका लागि पर्यटन मन्त्रालयमा निवेदन दिएको उनले बताए ।