नयाँ पत्रिका - झापा
भुटानी शरणार्थी बनेर अमेरिका जाने तयारीमा रहेका तीन नेपालीसहित पाँचजनाविरुद्ध प्रहरीले ठगी तथा किर्ते जालसाझी मुद्दा दायर गरेको छ । काठमाडौंका उत्तम गुरुङ, धनकुटाका दीपेन मानन्धर र सोही ठाउँका जुबु गुरुङसहित अन्य दुई भुटानी शरणार्थीविरुद्ध जिल्ला अदालत झापामा मुद्दा दायर गरिएको हो । शरणार्थी बनाएर तीन नेपालीलाई अमेरिका पठाउन खोज्ने शरणार्थी शिविर बेलडाँगी-२ का पूर्वसचिव देवराज प्रधान र सोही शिविरको छाप्रा नम्बर ७८ का भुटानी शरणार्थी मकरबहादुर गुरुङलाई पनि सोही महलअन्तर्गत मुद्दा चलाइएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक नवीन कार्कीले बताए ।