सरोजराज अधिकारी/काठमाडौ, २०६६ कार्तिक ९ - शान्ति प्रक्रिया लम्बिँदै जाँदा नेपाली सेनाले आफ्नो शस्त्र भण्डारबाट गोलीगठ्ठा रित्तिँदै गएको जनाएको छ । वाषिर्क चाँदमारी भनिने अभ्यासका क्रममा मात्रै एक सिपाहीले एक सय राउन्ड गोली 'फायर' गर्छन् । यस हिसाबले प्राविधिकबाहेक ८० हजार सैनिकका लागि वर्षको एकपटक हुने उक्त अभ्यासमा मात्रै ८० लाख गोली खर्च हुन्छ । सबैखाले हतियारको नियमित 'फायरिङ' अभ्यासमा वाषिर्क ३० लाखभन्दा बढी गोली खर्च हुन्छ । अर्थात् बितेका पाँच वर्षमा सेनाको नियमित अभ्यासमा पाँच करोडभन्दा बढी गोली खपत भइसकेको छ तर गोली बन्ने कच्चा पदार्थको आयात भने शून्य छ ।