ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर
Showing posts with label Annapurna. Show all posts
Showing posts with label Annapurna. Show all posts

Sunday, October 25, 2009

अन्नपूर्ण पदमार्गमा पर्यटक बढे


नवीन तिमिल्सिना/ नयां पत्रिका -
विश्वकै लामो तथा मनमोहक पदमार्ग अन्नपूर्ण क्षेत्रको पदयात्रामा आउने पर्यटक संख्या बढेको छ । सेप्टेम्बर महिनामा पर्यटक आगमनमा देखिएको सकारात्मक परिणामले यो वर्षको पर्यटकीय मौसममा अघिल्लो वर्षभन्दा बढी पदयात्री नेपाल भित्रिने सम्भावना देखिएको छ । यो वर्षको सेप्टेम्बर महिनामा ८ हजार एक सय ७४ विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्र पदयात्राको अनुमति लिएको राष्ट्रिय प्रकृति संरक्षणको कोषअन्तर्गतको अन्नपूर्ण क्षेत्र समितिले जनाएको छ । गत वर्ष ६ हजार ६ सय ५० पर्यटकले सो क्षेत्रमा पदयात्रा गरेका थिए । अन्नपूर्णमा पदयात्रा गर्ने सार्क मुलुकका पर्यटक गत वर्ष सेप्टेम्बरको तुलनामा झन्डै तीन गुणाले बढी ३ सय ८० बाट ९ सय ४ पुगेका छन् ।

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by